पर्यटन

पोखराको पहिलो आकासे पुलको आकर्षण

यात्रुको चाप बढेपछि पोखराको सृजनाचोकमा निर्माण भएकाे आकासे पुल हालै सम्पन्न भएको छ । सडक दुर्घटना कम गराउन निर्माण गरिएको पोखराकै पहिलो आकासे पुल यति बेला युवा माझ आकर्षक गन्तब्य बनेको छ । पुल निर्माण सम्पन्न भएसँगै पैदलयात्रु आकासे पुलबाट आउजाउ गर्न थालेका छन् । युवायुवती आकासे पुलमा गएर सेल्फी खिच्ने, टिकटक बनाउनेको पनि उस्तै आकर्षण बढेको छ । विशेष गरी साँझपख युवायुवतिको आकासे पुलमा भिड देखिन थालेको हो । आकासे पुल निर्माण भएपछि अस्पताल र व्यस्त बजार समेत रहेको… पुरा पढौ

अन्नपूर्ण पदयात्रामार्गमा कोभिडपछिको पर्यटनका लागि नयाँ गन्तव्य पहिचान

पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवद्र्धनमा जोड दिएका छौँ । ” अन्नपूर्ण आधार शिविर जोड्ने “मौरिज हर्गोज”, खयर–खोपारा, नारच्याङ… पुरा पढौ

सेती खोंचमा साहसिक गतिविधि! यस्तो छ प्रारम्भिक सम्झौता

पोखरा सहासिक खेलका लागि प्रख्यात सहर हो । यहाँ हुने प्याराग्लाइडिङ, बञ्जीजंप, जीपलाइन, अल्ट्रालाइट, सेती नदीमा हुने कायकीङ, राफ्टिङ लगायतका खेलका कारण पोखरा विश्व पर्यटन बजारमा सहासिक खेल गतिधिकालागि प्रख्यात छ । पोखराको मध्य भागबाट सेती नदी गहिरीएर बगेको छ । सेतीको गहिराई पोखरा आउने पर्यटककालागि निकै कौतूहलको विषय हुँदै आएको छ।   अव त्यही कौतूहलको विषय हुँदै आएको सेतीको खोंचमै पसेर अवलोकन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने गरी पोखरा महानगरपालिकाले सेती खोंच पर्यटन पूर्वाधार विकास आयोजनाको सञ्चालन गरी पर्यटन… पुरा पढौ

फिनल्यान्डको तालमा सानो डुङ्गाको यात्रा

उत्तरी युरोपमा रहेको फिनल्यान्ड देशको एउटा सानो सहर हो योन्सु । चारैतिर तालै-तालले भरिएको कोही हेर्दा कालो, कोही नीलो र कोही एकदमै सङ्लो ।  जब मे को महिना सुरु भयो, एकाएक यहाँ पनि ताल होला र भनेर कल्पना नै नगरेका ठाउँमा हिउँ पग्लिएर तालै-ताल देखिन थाले । यिनै तालका छेउछाउ समर कटेज र डुङ्गा भरिभराउ देखिन्थे ।  मैले पोखराको फेवा र मुगुको रारा ताल सम्झिएँ । यी डुङ्गाहरू देखेसँगै मलाई पनि यी सुन्दर तालमाथि डुङ्गामा डुल्ने रहर जागेको थियो ।… पुरा पढौ

कोरोनाबाट अति प्रभावित उद्योगी व्यवसायीले बैंकमा बुझाउनुपर्ने साँवा, ब्याजको समयावधि थप

कोरोनाबाट अति प्रभावित उद्योगी व्यवसायीले बैंकमा बुझाउनुपर्ने साँवा, ब्याजको समयावधि थप गरिएकाे छ । मौद्रिक नीतिमार्फत शुक्रबार राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये पर्यटन व्यवसाय, हाेटल, रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरेकाे हाे। यो व्यवस्था कोभिड–१९ महामारीका कारण नगद प्रवाह अवरूद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने छ। कोभिड–१९ बाट अति… पुरा पढौ

पर्यटन व्यवसायी र मजुदरकालागि खोप अभियान सुरु

पोखराका पर्यटन व्यवसायी र मजदुरकालागि छुट्टै कोभिड विरुद्धको खोप अभियान सुरु भएको छ । पोखरामा बिहीबार देखि अभियान सुरु भएको हो । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् । पर्यटन व्यवसायी र मजदुर लक्षित खोप अभियान प्रदेशका सबै जिल्लामा लगतै सुरु हुने पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताए । खोपको कारणले कोही… पुरा पढौ

सुनसान पोखराको पर्यटन क्षेत्र

पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा (कास्की) यतिखेर सुनसान प्रायः देखिन्छ।        राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ । पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक (खैरे) देखिन्छन् न त नेपाली नागरिकहरुको हूल भेटिन्छ।        कोभिड-१९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी… पुरा पढौ

मर्दी हिमाल पुग्न नयाँ पदयात्रा मार्ग

विश्व प्रसिद्ध मर्दी हिमाल जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी नयाँ पदयात्रा मार्ग विकास गरिएको छ । पोखरा महानगरपालिका–२५ मेलबोटबाट अस्तामसम्मका विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माण गरी मर्दी हिमाल पुग्ने पदयात्रामार्गका रूपमा विकास गरिएको हो । मेलबोटबाट पदयात्रा शुरु भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालिमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षमा रु १० लाख बजेट र जर्मनस्थित एक विदेशी संस्थाको… पुरा पढौ

खाेप पर्यटन उकास्ने अस्त्र : पर्यटन क्षेत्रलाई आश्वासन मात्र खोपको सुनिश्चितता भएन-हाेटल संघ

होटल तथा पर्यटन क्षेत्रलाई प्राथमिकताको आधारमा अविलम्ब खोप प्रदान गर्न पश्चिमान्चल होटल संघ पोखराले माग गरेको छ ।संघका अध्यक्ष विकल तुलाचनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना महामारीले सबै भन्दा बढी प्रभावित र मर्माहत पर्यटन व्यवसाय भएको र यसलाई शिघ्र पुनरउत्थान गर्न सर्वप्रथम खोप नै प्रमुख आधार रहेको बताएका हुन् । राज्यको हरेक नागरिकलाई खोप सुनिश्चिता हुनु पर्दछ भन्ने मान्यता रहेको पनि संघले जनाएको छ । होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरु अग्रपंक्तिमा रही सेवा प्रदान गर्ने भएकोले खोप विना… पुरा पढौ

पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु

पोखरा–नेपालगञ्ज, नेपालगञ्ज–पाेखरा सिधा हवाई उडान आइतबारदेखि सुरु भएकाे छ । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध इयरले हप्ताको तीन दिन नियमित उडान सुरु गरेको हो ।  पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूयल अनुसार सुरु भएको हो । बुद्ध एयरले पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन पोखरा–नेपालगञ्ज उडान सुरु गरेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । १८ सिट क्षमताको बीचक्राप्ट १९०० डी सिरिजको जहाजबाट उडान सुरु भएको बरालले बताए ।… पुरा पढौ