हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोही टिमका लिडर निर्मल पुर्जाले ग्लोबल वार्मिङकाे कारण हिमालको हिउँ पग्लन थालेको बताएका छन् । पोखरामा आयोजित नागरिक सम्मान कार्यक्रममा बोल्दै पुर्जाले ग्लोबल वार्मिङले मानव जीवन अप्ठ्यारोमा पर्ने पनि बताए । बेलैमा सचेत भएर तापक्रम कम गर्न ध्यान नदिए मानव जीवन समस्या पर्ने उनले बताए । डायनासोर समय अनुसार एड्जस्ट हुन नसक्दा पृथ्वीबाट लाेप भएकाे पनि उनले सुनाए । ग्लोबल वार्मिङले भोलि मानव जीवन पनि उस्तै गरी सङ्कटमा…
पुरा पढौ