पर्यटनको राजधानी पोखरामा कोरोना सङ्क्रमणकै बिच नयाँ दुई पर्यटकीय गन्तव्य तयार भएका छन् । पोखराको पुम्दीकोटमा ५१ फिट उचाइको विशाल महादेवको मूर्ति जडान भइसकेको छ । यसै गरी पोखराको फेवाताल किनार सदीबेगरबाट ताल, हिमाल र पोखरा बजारको अवलोकन गर्दै सराङकोट जाने केवल कार पनि तयार भइसकेको छ । महादेवको मूर्ति जडान भए पनि रंगरोगन र बाँकी संरचना तयार हुँदै गर्दा आन्तरिक पर्यटकको घुइँचो लाग्न सुरु भइसकेको छ । महादेवको मूर्ति रहेको पुम्दीकोट परिसरबाट अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे सहित विभिन्न हिमाली दृश्य,…
पुरा पढौ