
पोखरा : कास्कीमा जारी लकडाउन असाेज १ गते देखि हट्ने भएकाे छ । कोरोना सङ्क्रमण नियन्त्रण गर्न दोस्रो पटक वैशाख १५ देखि लगाइएको निषेधाज्ञा असोज १ गते देखि हट्ने भएकाे हो । लकडाउन खुले सँगै अब शैक्षिक संस्था देखि सबै खाले व्यवसाय खुला हुने छन् । यस अघि लकडाउन खुले पनि स्कुल, रात्रीकालिन व्यवसाय क्लब, दोहोरी साँझ, डान्सबार भने खुलेका थिएनन् ।
असोज १ गते देखि सबै खाले व्यवसाय खुलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । लामो समय लकडाउनको मारमा परेको पर्यटन व्यवसाय लकडाउन खुले सँगै पर्यटन व्यवसाय लयमा फर्कने विश्वासमा छन् । पछिल्लो दिनमा कोरोना सङ्क्रमण र मृत्युदर घटेको कारण लकडाउन खुला गर्ने निर्णय गरिएको कास्की प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार साँझ जारी गरेको आदेशमा स्वास्थ्य सतर्कता अपनाएर सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसअघि साँझ ८ बजेसम्म मात्र खुला गरिएको बजार र पर्यटकीय स्थलको समय बढाइएको छ । पोखराका होटेल तथा रेष्टुरेण्ट राति साढे ११ बजेसम्म खोल्न पाइने उल्लेख गरिएको छ । डान्सबार, क्लब, दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसाय राति साढे १ बजे सम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । लकडाउन खुला गरिएपनि सङ्क्रमण दर बढ्दै गएमा जुनसुकै बेला थप आदेश जारी गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
लामो समय भएको लकडाउनको कारण सबैभन्दा धेरै मारमा परेको पर्यटन उद्योग लकडाउन हटे सँगै लयमा फर्कने विश्वास व्यवसायीमा छ । लकडाउन खुले सँगै अव आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम सुरु गर्दै छुटका कार्यक्रम घोषणा गर्ने तयारीमा पोखराका पर्यटन व्यवसायीले बताएका छन् । आन्तरिक पर्यटकलाई लक्षित गर्दै छुटका प्याकेज घोषणको तयारीमा पोखराका पर्यटन व्यवसायी रहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…