पर्यटन

हिमालय पथप्रदर्शले पाएनन प्रमाणपत्र: आरोहणमा सास्ती

आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो । उहाँसँग विश्वको अग्लो हिमाल सगरमाथा १० पटक चढिसकेको अनुभव छ । शेर्पा हालै विश्वको दोस्रो हिमाल केटु हिमालको सफल आरोहणपछि पोखराको लेकसाइडस्थित स्नो ल्याण्ड होटलमा भेटिनुभयो । साथमा १० जना आरोही पनि थिए । उहाँ आरोहण दलको नेता । १९ वर्षको उमेरमा पहिलोपल्ट सगरमाथा हिमाल चढ्नुभएका शेर्पाले अहिलेसम्म आठ हजार मिटर अग्ला पाँच वटासहित दर्जन बढी हिमाल आरोहण गरिसक्नुभएको छ । हिमालय पथप्रदर्शकको परिचय पत्र भने अझै पाउन… पुरा पढौ

प्रादेशिक उडान विस्तारमा बुद्ध एयर :पोखरा- सिमरा सिधा उडान भदाै १६ देखि

बुद्ध एयरले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडिदेखि नेपालगञ्ज - पाेखरा सिधा उडान भइरहेकाे छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्ध एयरले जनाएकाे छ । देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार… पुरा पढौ

पर्यटन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना : पाँच हजार मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना

कोभिड–१९ महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिएको छ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरेको हो । उक्त परियोजनाबाट विशेषगरी पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई राहत पुग्ने छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि बोर्डले रु १० लाख डलर तथा युएनडिपिका तर्फबाट रु १० लाख ५० हजार सह लगानी गरी कूल रु २० लाख ५० हजार अमेरिकी डलर… पुरा पढौ

पोखराको पहिलो आकासे पुलको आकर्षण

यात्रुको चाप बढेपछि पोखराको सृजनाचोकमा निर्माण भएकाे आकासे पुल हालै सम्पन्न भएको छ । सडक दुर्घटना कम गराउन निर्माण गरिएको पोखराकै पहिलो आकासे पुल यति बेला युवा माझ आकर्षक गन्तब्य बनेको छ । पुल निर्माण सम्पन्न भएसँगै पैदलयात्रु आकासे पुलबाट आउजाउ गर्न थालेका छन् । युवायुवती आकासे पुलमा गएर सेल्फी खिच्ने, टिकटक बनाउनेको पनि उस्तै आकर्षण बढेको छ । विशेष गरी साँझपख युवायुवतिको आकासे पुलमा भिड देखिन थालेको हो । आकासे पुल निर्माण भएपछि अस्पताल र व्यस्त बजार समेत रहेको… पुरा पढौ

अन्नपूर्ण पदयात्रामार्गमा कोभिडपछिको पर्यटनका लागि नयाँ गन्तव्य पहिचान

पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “कोभिडपछिको पर्यटनका लागि भर्जिन गन्तव्य पहिचान गरेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ गन्तव्यमा पूर्वाधार निर्माणसँगै प्रवद्र्धनमा जोड दिएका छौँ । ” अन्नपूर्ण आधार शिविर जोड्ने “मौरिज हर्गोज”, खयर–खोपारा, नारच्याङ… पुरा पढौ

सेती खोंचमा साहसिक गतिविधि! यस्तो छ प्रारम्भिक सम्झौता

पोखरा सहासिक खेलका लागि प्रख्यात सहर हो । यहाँ हुने प्याराग्लाइडिङ, बञ्जीजंप, जीपलाइन, अल्ट्रालाइट, सेती नदीमा हुने कायकीङ, राफ्टिङ लगायतका खेलका कारण पोखरा विश्व पर्यटन बजारमा सहासिक खेल गतिधिकालागि प्रख्यात छ । पोखराको मध्य भागबाट सेती नदी गहिरीएर बगेको छ । सेतीको गहिराई पोखरा आउने पर्यटककालागि निकै कौतूहलको विषय हुँदै आएको छ।   अव त्यही कौतूहलको विषय हुँदै आएको सेतीको खोंचमै पसेर अवलोकन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने गरी पोखरा महानगरपालिकाले सेती खोंच पर्यटन पूर्वाधार विकास आयोजनाको सञ्चालन गरी पर्यटन… पुरा पढौ

फिनल्यान्डको तालमा सानो डुङ्गाको यात्रा

उत्तरी युरोपमा रहेको फिनल्यान्ड देशको एउटा सानो सहर हो योन्सु । चारैतिर तालै-तालले भरिएको कोही हेर्दा कालो, कोही नीलो र कोही एकदमै सङ्लो ।  जब मे को महिना सुरु भयो, एकाएक यहाँ पनि ताल होला र भनेर कल्पना नै नगरेका ठाउँमा हिउँ पग्लिएर तालै-ताल देखिन थाले । यिनै तालका छेउछाउ समर कटेज र डुङ्गा भरिभराउ देखिन्थे ।  मैले पोखराको फेवा र मुगुको रारा ताल सम्झिएँ । यी डुङ्गाहरू देखेसँगै मलाई पनि यी सुन्दर तालमाथि डुङ्गामा डुल्ने रहर जागेको थियो ।… पुरा पढौ

कोरोनाबाट अति प्रभावित उद्योगी व्यवसायीले बैंकमा बुझाउनुपर्ने साँवा, ब्याजको समयावधि थप

कोरोनाबाट अति प्रभावित उद्योगी व्यवसायीले बैंकमा बुझाउनुपर्ने साँवा, ब्याजको समयावधि थप गरिएकाे छ । मौद्रिक नीतिमार्फत शुक्रबार राष्ट्र बैंकले कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये पर्यटन व्यवसाय, हाेटल, रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरेकाे हाे। यो व्यवस्था कोभिड–१९ महामारीका कारण नगद प्रवाह अवरूद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने छ। कोभिड–१९ बाट अति… पुरा पढौ

पर्यटन व्यवसायी र मजुदरकालागि खोप अभियान सुरु

पोखराका पर्यटन व्यवसायी र मजदुरकालागि छुट्टै कोभिड विरुद्धको खोप अभियान सुरु भएको छ । पोखरामा बिहीबार देखि अभियान सुरु भएको हो । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायीलाई खोप कार्ड हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् । पर्यटन व्यवसायी र मजदुर लक्षित खोप अभियान प्रदेशका सबै जिल्लामा लगतै सुरु हुने पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताए । खोपको कारणले कोही… पुरा पढौ

सुनसान पोखराको पर्यटन क्षेत्र

पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा (कास्की) यतिखेर सुनसान प्रायः देखिन्छ।        राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ । पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक (खैरे) देखिन्छन् न त नेपाली नागरिकहरुको हूल भेटिन्छ।        कोभिड-१९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी… पुरा पढौ