
नेपालका लागि फिनल्याण्डका राजदूत प्रेट्टी जुहानी एन्टिनेन प्रकृतिमा रमाउने घुमघाममा रुची राख्ने राजदूतमा गनिन्छन् । कोभिड—१९ का कारण थलापरेको पर्यटन उद्योगलाई उठाउन पोखरा र गण्डकी प्रदेश खुला छ भन्ने सन्देश दिन गण्डकी प्रदेश सरकारको निमन्त्रर्णामा पोखरा आउने विभिन्न देशका राजदूत, कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुखहरु आउँदा फिनल्याण्डका राजदूत प्रेट्टी पनि आएका थिए ।
राजदूत पे्रट्टी यस अघि नै ६ पटक पोखरा आएका थिए । अन्नपूर्ण पदयात्रा क्षेत्र लगायत धेरै स्थानका भ्रमण गरिसकेका उनि सोमबार टान पोखराको संयोजनमा देउरालीबाट तीन किलोमीटर अपाङ्ग मैत्री पदयात्रा र त्यसपछि कास्कीकोट हुँदै ठूलीपोखरी सम्मको ५ किलोमीटर हाइकिङमा उनि पनि सहभागी थिए । हाइकिङ सकेर सराङकोट पुगेपछि पत्रकारको जिज्ञासामा प्रेट्टीले नेपालको प्रकृति, नेपालीको आतिथ्य सत्कार र हाँसोले पर्यटकलाई खुसी दिने बताए ।
पर्यटककालागि प्रमुख आकर्षण सुन्दर प्रकृति र स्वच्छ वातावरण भएको उनले सुनाए । पर्यटक प्रकृति र स्वच्छ वातावरणमा रमाउन आउने बताउदै उनले प्रकृति र वातावरण जोगाउन उनले अनुरोध गरे । फोहोरको व्यवस्थापन उचित रूपमा गर्न पनि राजदूत प्रेट्टीले सुझाए । राजदूत प्रेट्टी पदयात्रा मार्गमा डोजर चलेकोमा पनि चिन्तित देखिए । अन्नपूर्ण पदयात्रा मार्गमा पछिल्लो समयमा बस्ती नै नभएको ठाउँमा पनि बाटो लग्ने होडबाजी चलेको छ ।

बस्ती नै नभएको मनाङको तिलिचो ताल देखि अन्नपूर्ण पदयात्रा मार्गमै पर्ने मादी गाउँपालिकाको करपु सम्म डोजर चलाएर बाटो लगिएको छ । पर्यटकको आकर्षण पदयात्रा क्षेत्र जोगाउन पनि उनले सुझाए । कोरोना महामारीले शिथिल पारेको नेपालको पर्यटन छिट्टै पुरानो लयमा फर्कने उनले विश्वास गरे । स्वास्थ्य सतर्कतामा भने ध्यान दिन उनले अनुरोध गरे । खोप लगाए पनि मास्क लगाउन नछोड्नोस्, साबुन पानीले बेलाबेलामा हात धोइरहन उनले अनुराेध पनि गरे ।
संयुक्त राष्टसंका आवासीय प्रमुख सारा बेसोलो नान्ती पनि नेपालको प्राकृतिक सुन्दरता र नेपालीको आतिथ्य सत्कारबाट प्रभावित भएकी रहिछन् । नान्ती हिमाल खुलेका बिहान सोमबार सराङकोट पुगेर अन्नपूर्ण हिमश्रृङ्खलालाई पृष्ठभूमिमा राखेर नेपाल खुला रहेको र सबैलाई नेपाल घुम्न आउन अनुरोध मात्र गरिनन् नेपालको सम्पदा जोगाउन पर्ने पनि बताइन ।
उनले टिकटकमा राखेको सो भिडीयो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । नान्तीले टिकटकमा राखेको भिडियोले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै पर्यटन व्यवसायी र सामाजिक सञ्जाल प्रयोग कर्ताले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा सेयर गरेका छन् ।






प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…