
पहिलोपटक विश्वको सातौ अग्लो धवलागिरि हिमालकाे चुचुराेमा पाइला टेक्ने नेपाली महिला पूर्णिमा श्रेष्ठलाई पोखरामा मंगलबार सम्मान गरिएको छ । टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराले धवलागिरि हिमाल आरोही श्रेष्ठलाई सम्मान गरेको हो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामू शेर्पा अकिताले ८ हजार १ सय ६७ मिटर अग्लो धावलागिरि हिमाल असोज १५ गते बिहान आरोहण गरेका थिए । श्रेष्ठ र शेर्पाले धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल अरोहण गरेको कृतिमान कायम गरेका हुन् । श्रेष्ठ संगै धवलागिरि हिमाल अरोहण गरेकी शेर्पा भने व्यस्तताको कारण सम्मान कार्यक्रमा उपस्थित हुन नसकेकाे टानले बताएकाे छ । हिमाल आरोही श्रेष्ठलाई सम्मान गर्दै टान पोखराका प्रथम उपाध्यक्ष धर्म पन्थीले विश्व पर्यटन नै कोभिडका कारण थला परेको अवस्थामा एकै वर्ष ६ महिना भित्र अन्नपूर्ण प्रथम र धवलागिरि हिमालको आरोहण गरेर विश्व पर्यटन बजारमा सकरात्मक सन्देश दिएको बताए । गण्डकी प्रदेशका ८ हजार भन्दा उच्च तीन वटै हिमाल आरोहण गरेर पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका खेलेको उनले सुनाए ।

गोर्खा आरुघाटकी पूर्णिमाले सन् २०१७ सेप्टेम्बर २६ मा पहिलो पटक ८ हजार १ सय ६३ मिटर उच्च मनास्लु हिमाल आरोहण गरेर हिमाल आरोहणको यात्रा सुरु गरेकी थिइन् । सन् २०१८ मे १९ मा उनले विश्वकै उच्च हिमाल सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सन् २०२१ को अप्रिल १६ मा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेकी श्रेष्ठले सन् २०२१ को अक्टोवर १ मा धवलागिरि हिमालको सफल आरोहण गरेकी हुन् ।
अन्नपूर्ण हिमाल पनि पहिलो पटक नेपाली महिला चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने टोलीमा उनि पनि थिइन् । पूर्णिमा श्रेष्ठ, दावा याङजुङ शेर्पा, दावा फुटी शेर्पा, शर्मिला तामाङ, माया शेर्पा र पासाङ ल्हामू शेर्पा अकितालले नेपाली महिला पहिलो पटक अन्नपूर्ण हिमालको चुचुरोमा पुगेको कीर्तिमान कायम गरेका थिए । काठमाण्डौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ र शेर्पाले धवलागिरि हिमालको सफल आरोहण गरेका हुन् । टान पाेखराका द्धितिय उपाध्यक्ष कृष्ण आचार्य र महासचिव मिलन तिवारीले कोरोना संक्रमणको कठीन समयमा हिमाल आरोहण गरेर विश्व पर्यटकलाई नेपाल तर्फ ध्यान आकर्षण गरेकोमा खुशी व्यक्त गरे । नेपालको हिमाल आरोहण खुला र सुरक्षित छ भन्ने सन्देश दिन सफल भएकोमा पदयात्रा क्षेत्रमा कार्यरत टानले सम्मान गरेको हो ।
सम्मान पछि बोल्दै हिमाल आरोही तथा पत्रकार श्रेष्ठले आप्नो प्रदेश गण्डकीका तीन वटै हिमाल आरोहण गर्न सफल भएकोमा खुसी लागेको बताइन् । गण्डकी प्रदेशमा हिमाल आरोहण र पदयात्रा पर्यटनबाटै प्रदेशको आर्थिक विकास हुन सक्ने भन्दै यही सन्देश दिनकालागि आप्नो प्रदेशका ८ हजार भन्दा उच्च तीन वटै हिमालको आरोहण गरेको उनले बताइन् । नेपालमा ८ हजार भन्दा उच्च ८ वटा हिमाल छन् । नेपालका ८ हजार भन्दा उच्च सबै हिमालको आरोहण गर्ने आप्नो लक्ष्य रहेको उनले सुनाइन् ।
काठमाण्डौंबाट हिडेको १५ दिनमै धवलागिरि हिमालको चुचुरोमा पुग्दाको रमाइलो र कठीन समय उनले सम्मान हुँदै गर्दा सम्झेकी थिइन् । यात्रामा जति कठीन भए पनि शिखर चुम्दा सबै दुःख र कष्ट बिर्सेर फेरि अर्को हिमालको चुचुरोमा पुगु पुगु हुने उनले बताइन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…