
पोखरा सहासिक खेलका लागि प्रख्यात सहर हो । यहाँ हुने प्याराग्लाइडिङ, बञ्जीजंप, जीपलाइन, अल्ट्रालाइट, सेती नदीमा हुने कायकीङ, राफ्टिङ लगायतका खेलका कारण पोखरा विश्व पर्यटन बजारमा सहासिक खेल गतिधिकालागि प्रख्यात छ । पोखराको मध्य भागबाट सेती नदी गहिरीएर बगेको छ । सेतीको गहिराई पोखरा आउने पर्यटककालागि निकै कौतूहलको विषय हुँदै आएको छ।
अव त्यही कौतूहलको विषय हुँदै आएको सेतीको खोंचमै पसेर अवलोकन गर्ने लगायतका गतिविधि सञ्चालन गर्ने गरी पोखरा महानगरपालिकाले सेती खोंच पर्यटन पूर्वाधार विकास आयोजनाको सञ्चालन गरी पर्यटन प्रवद्धन गर्ने उद्देश्यबाट सेवा उपलब्ध गराउने गरी सार्वजनिक निजी साझेदारी (सानीसा) कार्यक्रम अन्तर्गत निजी कम्पनीलाई दिने गरि प्रारम्भिक सम्झौता गरेको छ ।
यहाँको अर्को महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक महत्वको रामघाट क्षेत्र पनि पोखरा महानगरपालिकाले भाडामा दिने प्रक्रिया अघि बढाएपछि यति बेला पोखरामा यस विषयमा निकै बहस चलिरहेको छ। यस विषय अदालत र अख्तियारमा पनि अध्ययन र बहसको विषय बनिसकेको छ ।
प्राकृतिक स्रोत लामो समय निजी कम्पनीलाई दिने विषय केन्द्रमा राखेर एक थरी विरोध गरिरहेका छन् भने अर्काथरी अन्नपूर्ण हिमशृङ्खलाबाट करिब १२ हजार वर्षअघि र ८ सय वर्षअघि आएको भीषण बाढीले गेगर, ढुङ्गा, बालुवा र चुनयुक्त लेदो बलौटे माटो थुपारेर बनेको पोखराको भौगोलिक संवदेनसिलतालाई ध्यानमा राखेर विकास निर्माणको कामहरू गर्नु पर्नेमा जोड दिँदै आएका छन् । अर्काथरी भने पोखराको पर्यटन विकासकालागि प्राकृतिक श्रोतहरू संरक्षण गर्दै नयाँ नयाँ आकर्षक पर्यटकीय पूर्वाधार बनाउनुको विकल्प नरहेको भन्दै महानगरले निजी कम्पनीलाई प्राकृतिक स्रोत दिने विषयको बचाउ गरिरहेका छन् ।
यस्तो छ प्रारम्भिक सम्झौता ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…