
विश्व प्रसिद्ध मर्दी हिमाल जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी नयाँ पदयात्रा मार्ग विकास गरिएको छ । पोखरा महानगरपालिका–२५ मेलबोटबाट अस्तामसम्मका विभिन्न स्थानमा पर्यटकीय पूर्वाधार निर्माण गरी मर्दी हिमाल पुग्ने पदयात्रामार्गका रूपमा विकास गरिएको हो ।
मेलबोटबाट पदयात्रा शुरु भएर अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालिमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षमा रु १० लाख बजेट र जर्मनस्थित एक विदेशी संस्थाको रु चार लाख ५० हजार आर्थिक सहयोगमा मेलबोटबाट अस्तामसम्मका विभिन्न स्थानको अप्ठ्यारो ठाउँमा हालसम्म ५०० मिटर पैदलमार्ग निर्माण गरिएको हाे ।
पछिल्लो समय पदयात्रा पर्यटकको रोजाइमा परेको मर्दी हिमाल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकलार्ई लक्ष्य गरी पर्यटकीय पूर्वाधार निर्माण गरिएको मेलवोट–अस्ताम–धिताल–धम्पुस–मर्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक एवं अग्रज पर्यटन व्यवसायी विश्व अधिकारीले बताए ।
अव्यवस्थित सडक पूर्वाधार निर्माणबाट पदयात्रामार्ग हराउँदै गएको र पदयात्रा अवधिसमेत छोटिदै गएकाले मेलबोटबाट नै पदयात्रा शुरु गर्न सकिने गरी मर्दी हिमाल जाने नयाँ रुटको खोजी गरिएको उनले सुनाए । ढुङ्गाको छपनी बिछ्याएर दुई मिटर फराकिलो पैदलमार्ग निर्माण गरिएको छ ।
अहिले मेलबोटबाट विकास गरिएको पदयात्रामार्गलाई अस्तामसम्म मोटरबाटोले नछुने भएकाले रमणीय जङ्गलका बीचबाट पदयात्रा गर्दै पर्यटकले आनन्द लिने विश्वास गरिएको छ। मर्दी हिमाल जानका लागि हाल माछापुच्छे गाउँपालिकाको धम्पुस, कालिमाटी, सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको अस्ट्रेलियन क्याम्पसम्म गाडीमा पुगेर पदयात्रा शुरु गर्न सकिन्छ । समितिको अग्रसरतामा मेलबोटबाट नै पदयात्रा शुरु गर्ने गरी नयाँ पदयात्रामार्गको खोजी गरेर पैदलमार्ग निर्माण गरिएको हो ।
मेलबोटबाट शुरु गर्ने गरी हामीले नितान्त नयाँ पदयात्रामार्गको खोजी गरेर पूर्वाधार निर्माण गरिरहेकाे संयोजक अधिकारीले बताए । सुनझाँक्रीको थान, लालीगुराँसको जङ्गल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले यसमार्गमा पर्यटकलाई आनन्दित तुल्याउने विश्वास लिएकाे उनले सुनाए ।
नयाँ विकास गरिएको पदयात्रामार्गले बसाइ लम्ब्याउनाका साथै ग्रामीण संस्कृति, जीवनशैली र ध्यान (मेडिटेशन)मा पर्यटकलाई आकर्षित गर्ने बताइन्छ । मेलबोटबाट अस्तामसम्को सात किमी पदयात्रामार्गका अधिकांश स्थान समथर छन् । पदयात्रामार्गलाई साइकल चलाउन मिल्ने गरी बनाउने योजना रहेको समितिले जनाएको छ ।
हाल उपलब्ध बजेटबाट अप्ठ्यारो स्थानमा ढुङ्गाको छपनी राखेर सहज बनाइएको भए पनि धितालसम्म नै पैदलमार्गका लागि रु ५० लाख बजेट आवश्यक रहेको अध्यक्ष अधिकारीले बताए। बजेटका लागि सङ्घीय सरकार तथा प्रदेश सरकारसँग आग्रह गरिएको बताइन्छ ।
समितिले हालका लागि धितालसम्म मात्र पैदलमार्गको योजना अघि बढाए पनि सरकारले विस्तृत आयोजना प्रतिवेदन तयार गरी मर्दी हिमालसम्म नै साइकल चलाउन मिल्ने गरी पैदलमार्गको सम्भाव्यता अध्ययन गर्नुपर्ने समितिका सचिव कृष्णबहादुर कुँवर बताए । मर्दी हिमालसम्म साइकल चलाउन मिल्ने गरी पैदलमार्ग बनेको खण्डमा यसले पर्यटकलाई थप आकर्षित गर्ने विश्वास लिइएको उनले सुनाए । रासस



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…