पर्यटन

उपल्लो हुम्लाको सुन्दरतामा हराउँदा

नेपालका सबैभन्दा दुर्गम जिल्लाहरूमा पर्दछ, हुम्ला l तर दुर्गम भएकै कारणले हुनसक्छ यसको प्राकृतिक सुन्दरता अझै पनि कायमै छ। उपल्लो हुम्लाको लिमी उपत्यकाको कुरा गर्ने हो भने त कुरा गरी साध्यै छैन। अत्यन्त सुन्दर छ l उपल्लो मुस्ताङजस्तै हिमालभन्दा पारिपट्टी पर्दछ। कोही मान्छेहरू त्यहाँ पुगेर हिमाल दक्षिणतिर देख्दा आफ्नो आँखा मोड्न बाध्य हुन्छन त कोही यहाँका रुख नभएका उजाड  डाँडाहरू देख्दा अचम्म मान्छन्। लिमी पुग्न यतिखेर  नेपालगन्ज वा सुर्खेतबाट ४५ मिनेटको हवाई यात्रा गर्नु पर्छ l आजभोलि सदरमुकाम सिमिकोटदेखि करिब … पुरा पढौ

असार १५ र कृषि–पर्यटन

आज असार १५ धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराको साथ देशभर १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइँदै छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि मेला महोत्सव गरेर रोपाइँ भने हुने छैन । किसानले आफ्नो नियमित दैनिक जस्तै गरेर धान रोपेर धान दिवस मनाउँदै छन्। विश्वमा खाने मुख बढ्यो । उत्पादन पनि त्यही अनुसार बढाउन चुनौती छ । यसैले विश्वभर कृषिको नयाँ अध्ययन अनुसन्धान भइरहेको छ। विश्वका धेरै देशका विश्वविद्यालयका विद्यार्थी… पुरा पढौ

रेष्टुरेण्ट मजदुरलाई रेवान पाेखराले बाढ्याे राहत

रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले रेष्टुरेण्ट मजदुरहरुलाई राहत सामाग्री वितरण गरेकाे छ। रेवान पोखरामा आवद्ध रेष्टुरेण्टमा कार्यरत १०० मजदुरहरुलाई शनिबार प्रति व्यक्ति २५ किलो चामल, दाल, नुन, मसला लगायत खाद्य सामाग्री उपलब्ध गराएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । देशका बिभिन्न जिल्लाबाट पोखरा आएर यहाँका रेष्टुरेण्टमा कार्यरत मजदुरलाई रेवान पाेखराले राहत सामाग्री वितरण गरेको हाे । पर्यटन उद्योग कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित उद्योग हो । कोरोना संक्रमण रोक्न पहिलो लकडाउन हटेपछि र कोरोना संक्रमण कम हुँदे… पुरा पढौ

टान पाेखराबाट पर्यटन मजदुरलाई खाद्यान्न सहयाेग

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराले बुधबार पर्यटन मजदुरलाई खाद्यान्न बितरण गरेको छ । कोरोना सङ्क्रमणका कारण पर्यटन उद्दाेग ठप्प हुँदा बेरोजगार बनेका पदयात्रा पर्यटन क्षेत्रमा कार्यरत पर्यटन गाइड र सहयोगीहरूलाई राहतमा चामल, दाल, चना, केराउ, नुन, तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएको हो ।  टान पोखराको आयोजनामा भएको राहत सामाग्री बितरणकालागि कर्मा प्लाईट्स फाउन्डेसन नेपालको साझेदारी र नेपाल पर्यटन बोर्डको सहयोग रहेको टान पोखराका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । कोरोना सङ्क्रमण नियन्त्रण गर्न पहिलो… पुरा पढौ

फेवातालका डुंगा चालकलाई राहतमा खाद्यान्न

कोरोना संक्रमण नियन्त्रण गर्न लगाईएको लकडाउनको कारण हातमुख जोर्न समस्या झेल्दै आएका पोखराको फेवातालका डुंगा चालक मजदुरहरुलाई रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले संयुक्त रुपमा राहत सामाग्री वितरण गरेका छन् । पोखराको बाराही घाट पुगेर रेवान पाेखरा र आर्ट अफ लिभिङले ८५ जना डुंगा चालकलाई प्रति व्यक्ति २५ किलो चामल, दाल, नुन, मसला लगायत खाद्य सामाग्री उपलब्ध गराएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । लकडाउनका कारण बेरोजगार बनेपछि देशका बिभिन्न जिल्लाबाट पोखरा आएर यहाँ डुंगा… पुरा पढौ

तीन सरकारी अस्पताललाई पाेखरा पर्यटन परिषदबाट अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री सहयोग

पोखरा: पोखरा पर्यटन परिषदले पोखराका सरकारी अस्पताललाई कोभिडसँग जुध्न अक्सिजन आफै उत्पादन गर्ने दश लिटरको ६ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । परिषदले पोखराका तीन अस्पताललाई आइतवार झण्डै १५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परिषद पोखराका पर्यटन व्यवसायीहरूको छाता संगठन हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, नमस्ते फाउण्डेसनका अध्यक्ष भिष्मराज पौडेललगायतले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मातृशिसु मितेरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल… पुरा पढौ

पर्यटनको बजेट बढ्यो

सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । यतिबेला काेराेना कहरले विश्व पर्यटन नै थला परेकाे छ । नेपालकाे पर्यटन उद्दाेग पनि काेराेना कहरसगै थला परेकाे हाे । पर्यटन व्यवसायीले थला परेकाे पर्यटन उद्दाेग बचाउन राहातका प्याकेजकाे माग गरेका छन् । पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री विष्णुप्रसाद… पुरा पढौ

चेरीले मनमोहक बन्यो बोन

जर्मन । बोन सहरमा अहिले वसन्त मौसम छाएको छ। वसन्तसँगै यहाँको पुरानो सहर आल्डस्टाडको भित्री बाटोहरूमा मन लोभ्याउने तरिकाले चेरीका बोटहरूमा ढकमक्क फूलहरू फुलेका छन्। मे महिनाको पहिलो/दोस्रो साता मान्छेहरूको घुइँचो हुन्छ। चेरीका बोटहरू जर्मनीको रैथाने बिरुवा होइनन्। जिल्लाको नवनिर्माणको क्रममा बोनको पुरानो सहरमा सन १९८० को दशकमा जापानी चेरीका बोटहरू रोपिएका थिए। रोपिएका चेरीले सहरलाई अर्को परिचय दिएका छन् l यहाँ हुने ‘चेरी फुल्ने महोत्सव’ले अन्तर्राष्ट्रिय ख्याति कमाई सकेको छl अरू बेला भन्दा चेरी फुल्ने समयमा बोनमा अन्तर्राष्ट्रिय आगन्तुकहरूको वृद्धि… पुरा पढौ

अरब सागरमा शक्तिशाली चक्रवात, हिमाल आरोहण प्रभावित

पूर्वीमध्य अरब सागरमा शक्तिशाली चक्रवात टाउटेको चल्दा नेपालका हिमाल आरोहण प्रभावित भएको छ । चक्रवातको कारण मौसम बिग्रदा सगरमाथा हिमालसहित विभिन्न हिमालको आरोहण प्रभावित भएको हो । अरब सागरमा गएकाे चक्रवातका कारण मौषम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालय, पर्यटन विभागले हिमाल आरोहीलाई सजकता अपनाउँदे सुरक्षित रहन आग्रह गरेको हाे । विभागका निर्देशक मीरा आचार्यले हिमाल आरोहणमा रहेका हिमाल आरोहीलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गरेकी छन् । वैशाख २४ गते देखि सगरमाथाको आरोहण शुरु भएको… पुरा पढौ

पाेखराका पर्यटन व्यवसायीले सुरु गरे नि:शुल्क एम्बुलेन्स सेवा

पाेखराकाे लेकसाइडका पर्यटन व्यवसायीले कोरोना संक्रमित बिरामीका लागि लक्षित गरेर अस्पताल आउजाउमा सघाउन नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । काेराेना संक्रमण दर बढेपछि पर्याप्त एम्बुलेन्स अभावमा कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भइरहेकाे अवस्थामा पर्यटन व्यवसायीले एम्बुलेन्स सेवा सुरु गरेका हुन् । अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन एम्बुलेनस्स सेवाले बिरामी र आफन्तलाई आउजाउमा सहज हुने छ । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्षद्धाेय अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र टिकाराम सापकोटाकाे सक्रियतामा एम्बुलेन्स सेवा सुरु भएकाे हाे । निशुल्क… पुरा पढौ