
विभिन्न मुलुकका राजदूतहरुले कोभिड–१९ का कारण थलिएको नेपालको पर्यटनलाई उकास्न नयाँ रणनीतिक ‘प्रडक्ट’ र कार्यनीति आवश्यक रहेको सुझाएका छन् ।
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा विभिन्न मुलुकका राजदूतहरुले कोभिडको कारण थलिएको पर्यटनलाई चलायमान बनाउन नयाँ कार्यक्रम ल्याउन सुझाएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिए। राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भए पनि त्यसपछिका लागि अहिलेदेखि नै तयारी आवश्यक रहेको बताएका थिए ।
खोपको विकास र विस्तारसँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उहाँहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकाले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिएका छन् । यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकाले पर्यटक आगमनमा समस्या पर्ने गरेकाले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशिधर मिश्रले नेपालका लागि बङ्गलादेश ठूलो बजार रहे पनि सोहीअनुरूप काम हुन नसकेको धारणा राखे । बङ्गलादेशमा करिब डेढ करोड हिन्दू र ८० लाख बुद्धिष्ट जनसङ्ख्या भएकाले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बङ्गलादेशबाट ठूलो सङ्ख्यामा पर्यटक नेपाल लैजान सकिने बताए। यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राखे । उनले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भए पनि विश्वमा अङ्ग्रेजी नबुझ्नेको सङ्ख्या ठूलो रहेकाले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिए ।
यस्तै भारतस्थित नेपाली दूतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकाले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताइन् । श्रीलङ्कास्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलङ्काको लागि प्रमुख आर्कषण लुम्बिनी भए पनि साहसिक पर्यटनको लागि पनि श्रीलङ्कन पर्यटकलाई नेपाल लैजान सकिने बताए।
नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका कामका सम्बन्धमा जानकारी गराउँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समूहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको सुनाए । बोर्डले दूतावासहरुसँग सहकार्य गरी पर्यटन प्रवद्र्धनका काम गर्ने रेग्मीले बताए । विभिन्न देशका राजदूतसँग निरन्तर छलफल गरिरहेको बोर्डले आज भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भर्चुअल अन्तक्र्रिया गरेको हो ।
बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतसँग पनि अन्तक्र्रिया सम्पन्न गरिसकेको छ । बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकीय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्य सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका बजार व्यवस्थापक (मार्केटिङ म्यानेजर) लक्ष्मण गौतमले जानकारी दिए ।
रासस



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…