
हिमाल खुले सँगै फेवातालमा देखिने माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमालको छायाँको सुन्दर दृश्य विश्व पर्यटन बजारमा प्रसिद्ध छ । पोखरा आउने पर्यटक यो दृश्य हेर्न निकै लालायित हुन्छन्।
हिमाल नखुल्दा सम्म यो सुन्दर दृश्य हेर्न पर्यटक बसाई लम्ब्याउँछन् । फेवातालमा माछापुच्छ्रे हिमाल पौडिएको सुन्दर दृश्य क्यामेरामा कैद गर्छन् । सेल्फी खिच्छन् । रमाउँछन् । यही सुन्दर दृश्य सँगै अब फेवातालमा अङ्ग्रेजी अक्षरमा पोखरा लेखिएका शब्दहरू पनि तैरिने छ । फेवातालमा पर्ने माछापुच्छ्रे, अन्नपूर्ण हिमालको छायाँसँगै पोखरा पनि देखिने छ।

पोखरा ड्यामसाइडको सिचाई कार्यालय परिसरको फेवाताल किनारबाट यो दृश्य देखिने गरी पोखरा साइन नेपाल पर्यटन बोर्डको कार्यालय परिसर ताल किनारमा जडान गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले छुट्याएको २१ लाख बजेटबाट शिलबन्दी दरभाउपत्र आब्हान गर्दा पीएल कन्सट्रक्सनले ठेक्का पाइ पोखरा लेखिएको अङ्ग्रेजी अक्षर जडान गरिरहेको छ।
नेपाल पर्यटन बोर्डको कार्यालय परिसर फेवाताल किनारमा पोखरा लेखिएको अक्षर जडान भइरहेको पर्यटन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख पुरन गिरीले जानकारी दिए । पीएल कन्सट्रक्सनले १६ लाख ८५ हजार रुपैयाँमा काम गरिरहेको हो । रातमा पनि पोखरा देखिने गरी लाइट पनि जडान गरिने उनले सुनाए।
यसले पोखराको थप प्रवर्द्धन हुने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीनाथ भण्डारीले बताए । माछापुच्छ्रे हिमालसँगै फेवातालमा पोखरा साइन पनि तैरिएको दृश्यले पोखराको सुन्दरता विश्व पर्यटन बजारमा प्रचार प्रसारमा थप योगदान पुग्ने उनले सुनाए।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…