
विश्वकै अग्ला हिमाल, यहाँका प्राकृतिक विविधता र संस्कृति हेर्न कोरोना कहरमा पनि पर्यटक नेपाल आउन इच्छुक देखिएका छन् । नेपाल घुम्न आउन पर्यटकले अग्रिम बुकिङकालागि सम्पर्क गरिरहेका छन् । तर पर्यटन क्षेत्रमा कार्यरत मजदुर र व्यवसायीले कोरोना विरुद्धको खोप नलाएको कारण देखाएर आउदो पर्यटकीय सिजन सेप्टेम्बर, अक्टोबरमा नेपाल घुम्न आउनकालागि बुकिङ गरिसकेका पर्यटकले पनि बुकिङ रद्द गरेको व्यवसायीले बताएका छन् ।
कोरोनाको कहर व्यवसायीलाई भयो जहर, पर्यटन व्यवसाय बचाऔ अभियान नारा लेखिएको व्यानरमुनी पोखरा पर्यटन परिषदले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायीले कोरोना कहरले पर्यटन उद्योग थला परेको सुनाए । अरबाै लगानी रहेको पर्यटन उद्योग कोभिड १९ विरुद्धको खोप लगाउन नपाएसम्म पर्यटक नै आउने अवस्था नदेखिएकोले होटल, रेष्टुरेण्ट बाध्य भएर खोप लगाउन नपाएसम्म बन्द गर्ने पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीले घोषण गरेका छन् ।
मजदुर कर्मचारी र आफू सुरक्षित भएपछि मात्रै पाहुनालाई ढुक्कले सेवा दिन सकिने र पर्यटक पनि आउने भएकोले सरकारले खोपको छिटाे व्यवस्था मिलाउन र बन्द पर्यटन उद्योग सञ्चालन गर्ने अवस्था सृजना गर्न पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले पत्रकार सम्मेलनमा सरकारसंग अनुरोध गरे । ‘आजसम्म सरकारले नै कोरोना संक्रमण नियन्त्रण गर्न बन्द गर भनेर व्यवसाय बन्द गरेका छाै, परिषद अध्यक्ष भट्टराईले भने, ‘अब खोप नलगाएसम्म हामी पर्यटन उद्दाेग खोल्दैनौं । सुरक्षित नभएसम्म व्यवसाय चलाउनुको कुनै अर्थ हुँदैन ।’
पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटक घुम्नु अघि त्यस क्षेत्रको भ्रमणमा जाँदा सुरक्षित हुन्छ कि हुँदैन अध्ययन गरेर मात्र भ्रमणमा निस्कने भएकोले पर्यटन क्षेत्रका मजदुर र व्यवसायीले खोप नलगाएकाे कारण पर्यटक नेपाल नआउने अवस्था देखिनु चिन्ताको विषय भएको बताए । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा परिषदका पूर्वअध्यक्ष बासुदेव त्रिपाठीले देशभरका पर्यटन व्यवसायीलाई खोप दिनु पर्ने बताए । काठमाण्डौको ठमेलका व्यवसायीलाई खोप दिँदा पोखरालाई छुटाउन नहुने उनले सुनाए । सरकारले खोप उपलब्ध नगराए होटल रेष्टुरेण्टका तालाचाबी सरकारलाई बुझाउने परिषदका उपाध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
लकडाउनको अवधिको बैंक ब्याज सरकारले तिरिदिनु पर्छ : अध्यक्ष भट्टराई
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले लकडाउन अवधिको बैंक ब्याज सरकारले तिरिदिनु पर्ने माग गरे । बैंक ब्याज, पर्यटन शुल्क, जरिवना जे जति छन् संघ प्रदेश र स्थनीय सरकार सबैले आआप्नो क्षेत्रमा छुट दिन उनले अनुरोध गरे ।
कोभिडका कारण समस्यामा परेका पर्यटन उद्योगकालागि लक्षित गरि सरकारले ल्याएको ५० अर्बको व्यवसाय कर्जा पर्यटन क्षेत्रका व्यवसायीले लिन नसकेको पनि उनले बताए । सरकारले मौद्रिक नीति राम्रो ल्यायो भनेर स्वागत ग¥यौ तर ५० अर्बको १ प्रतिशत पनि वितरण नभएको उनले सुनाए । सरकारले गरेका प्रतिबद्धता अनुसार सुविधा दिन झन्झटिलो प्रक्रिया र मातहतका निकायले कार्यान्वयनमा चासो नदेखाएको उनले बताए ।
कोरोना कहरको मारमा पोखराका २५ प्रतिशत पर्यटन व्यवसायी पहिलो लकडाउनमा विस्थापित भएको अध्यक्ष भट्टराईले सुनाए । दोस्रो लकडाउनले पर्यटन उद्योग झन उठ्नै नसक्ने अवस्थमा पुगेका छन् । यस्तो अवस्थामा ५० प्रतिशत सम्म विस्थापित हुने अवस्था आएको उनले सुनाए ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…