
पोखरा–नेपालगञ्ज, नेपालगञ्ज–पाेखरा सिधा हवाई उडान आइतबारदेखि सुरु भएकाे छ । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध इयरले हप्ताको तीन दिन नियमित उडान सुरु गरेको हो ।
पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूयल अनुसार सुरु भएको हो । बुद्ध एयरले पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन पोखरा–नेपालगञ्ज उडान सुरु गरेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । १८ सिट क्षमताको बीचक्राप्ट १९०० डी सिरिजको जहाजबाट उडान सुरु भएको बरालले बताए । यात्रुको चाप बढ्दै गए दैनिक वा ठुलाआकारका जहाज समेत चलाउने गरी उडान सुरु भएको स्टेशन म्यानेजर बरालले बताए ।
पोखरा–नेपालगञ्ज हवाई उडान सुरु संगै आइतबार पोखराबाट नेपालगञ्ज जाने र नेपालगञ्जबाट पोखरा आउने दुबै उडानमा फुल क्यापसिटी १८ जना यात्रु आउ जाउँ गरेका छन् । बुधबारकालागि पनि अहिले नै ९ जनाले बुक गरिसकेको र बुकिङ गर्ने क्रम भइरहेको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
बुद्धले पोखरा–नेपालगञ्ज उडान सुरु गरे संगै गण्डकी र लुम्बीनी प्रदेशका दुई सहर संग सिधै पर्यटक आउजाउ गर्न सक्ने भएकोले गर्मी छल्न नेपाली र भारतीय पर्यटक सिधा पोखरा आउन सक्ने अवस्थाको सृजना भएको नाट्टा गण्डकीका एयर टिकटीङ संयोजक सन्दिप श्रेष्ठले बताए । उडान सुरु नहुँदै स्वदेशी र विदेशी पर्यटकले पोखराबाट नेपालगञ्ज जाने र नेपालगञ्जबाट पोखरा आउने विमान चल्ने नचल्ने बारे निकै सोधखोज गर्ने गरेको पनि उनले बताए ।
पोखराका पर्यटन व्यवसायीले पोखरा देखि सिमरा र विराटनगर पनि उडान गर्न वायुसेवा कम्पनी संग अनुरोध गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले पनि वायुसेवा कम्पनीलाई अनुरोध गर्दै आएको छ । पोखरा–सिमरा उडान पनि छिट्टै गर्ने गरी तयारी गरेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । पोखरा–बिराटनगर उडानका विषयमा पनि बुद्ध एयरले उडान संचालनका विषयमा छलफल चलाई रहेको उनले बताए ।
पोखराबाट बिहान ९ बजेर १० मिटेमा जहाज नेपालगञ्जका लागि उड्ने छ । यसै गरी नेपालगञ्जबाट १० बजे पोखराका लागि उडान हुने बरालले बताए । पोखरा–नेपालगञ्ज ३५ मिनेटको उडान हो । बुद्धले यो रुटमा तीनप्रकारका भाडादर तोकेको छ । सबैभन्दा महंगो भाडा फुल फेयर ७६ सय ३५ रुपौयाँ पर्ने छ । मध्यमस्तरको भाडादर ५५ सय ३५ रुापैयाँ र सस्तो भाडादर ४९ सय ३५ रुपौयाँ हो । यात्रुको चाप अनुसार भाडादर पनि तलमाथि हुने बरालले बताए ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…