
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पदभार ग्रहण गर्दै पर्यटन व्यवसायी र मजदुरलाई खोप र एक करोडको राहत प्याकेज घोषणा गरेका छन् ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी सरकारमा शुक्रबार ११ सदस्यीय मन्त्रिमण्डल बिस्तार भएपछि शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सपथ लिएका थिए ।
पदभार ग्रहणसँगै मन्त्री शर्माले यो निर्णय गरेका हुन् । कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसाय र त्यहाँ कार्यरत मजदुरलाई खोप लगाउन सहजीकरण गर्ने निर्णय गरेका हुन् । कोरोना संकटका कारण दुई वर्ष देखि बन्द रहँदा थला परेको पर्यटन व्यवसायलाई उठाउन एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय पनि मन्त्री शर्माले गरेका हुन् ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…