
किरा-फट्याङ्ग्राको तस्बिर खिच्न लागेको धेरै भएको छैन l यी साना संसारमा रमाउनेको तस्बिर खिच्दा पहिला-पहिला खासै चासो जागेन तर अहिले भने निकै रोचक लाग्न थालेको छ l एक पटक तस्बिर खिच्दा यिनले मुखबाट सेतो रङ्गको बेलुनजस्तो आकार निकालेको देखेँ l मैले रोगी किरा हो कि भनिठानेँ l अरूले पनि त्यस्तै गरेको देख्न थालेपछि, पानीको फोका फुलाउनुको कारण खोज्न थालेँ। गुगल गरेर एकपटक हेर्ने विचार गरेँ l
केही किराहरूले (जस्तै झिँगा, बारुला आदि) एउटा अचम्मको बानी थाहा पाइयो । उनीहरूले समय समयमा पानीको फोकाजस्तै फुलाउँदा रहेछन् । पेटमा रहेको लेसिलो पदार्थलाई मुखसम्म ल्याएर बेलुन फुकेजस्तो गोलो बनाउने¸ केही समय त्यत्तिको राख्ने र फेरि निल्ने गर्ने रहेछन् l
उनीहरूले आफ्नो शरीरलाई शीतल राख्नको लागि त्यसो गर्दा रहेछन् । उनीहरूले पहिला फोका फुलाउँदा रहेछन् र त्यो फोका चिसिएपछि आफ्नो शरीरभित्र लिँदा रहेछन्, जसले गर्दा उनीहरूलाई शीतलता मिलोस्। जति तापक्रम बढ्दै जान्छ त्यति नै पानीको फोका बनाउने क्रम पनि बढ्ने रहेछ l तर कुनैले चैँ केही खाएपछि आफ्नो मुख सफा गर्नलाई पनि यस्तो गर्दा रहेछन् । मेरो बिषय नमिल्ने हुनाले अरु कारणहरु त्यति खोतल्ने प्रयाश गरिन l
तिनै पानीका फोकाहरू निकालेको केही तस्बिरहरू यहाँ प्रस्तुत गरेको छु l






(समुन्द्र घिमिरे व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् l उनी फोटोग्राफीमा रूची राख्छन् । )




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…