
किरा-फट्याङ्ग्राको तस्बिर खिच्न लागेको धेरै भएको छैन l यी साना संसारमा रमाउनेको तस्बिर खिच्दा पहिला-पहिला खासै चासो जागेन तर अहिले भने निकै रोचक लाग्न थालेको छ l एक पटक तस्बिर खिच्दा यिनले मुखबाट सेतो रङ्गको बेलुनजस्तो आकार निकालेको देखेँ l मैले रोगी किरा हो कि भनिठानेँ l अरूले पनि त्यस्तै गरेको देख्न थालेपछि, पानीको फोका फुलाउनुको कारण खोज्न थालेँ। गुगल गरेर एकपटक हेर्ने विचार गरेँ l
केही किराहरूले (जस्तै झिँगा, बारुला आदि) एउटा अचम्मको बानी थाहा पाइयो । उनीहरूले समय समयमा पानीको फोकाजस्तै फुलाउँदा रहेछन् । पेटमा रहेको लेसिलो पदार्थलाई मुखसम्म ल्याएर बेलुन फुकेजस्तो गोलो बनाउने¸ केही समय त्यत्तिको राख्ने र फेरि निल्ने गर्ने रहेछन् l
उनीहरूले आफ्नो शरीरलाई शीतल राख्नको लागि त्यसो गर्दा रहेछन् । उनीहरूले पहिला फोका फुलाउँदा रहेछन् र त्यो फोका चिसिएपछि आफ्नो शरीरभित्र लिँदा रहेछन्, जसले गर्दा उनीहरूलाई शीतलता मिलोस्। जति तापक्रम बढ्दै जान्छ त्यति नै पानीको फोका बनाउने क्रम पनि बढ्ने रहेछ l तर कुनैले चैँ केही खाएपछि आफ्नो मुख सफा गर्नलाई पनि यस्तो गर्दा रहेछन् । मेरो बिषय नमिल्ने हुनाले अरु कारणहरु त्यति खोतल्ने प्रयाश गरिन l
तिनै पानीका फोकाहरू निकालेको केही तस्बिरहरू यहाँ प्रस्तुत गरेको छु l






(समुन्द्र घिमिरे व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् l उनी फोटोग्राफीमा रूची राख्छन् । )




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…