
सृष्टिको उद्भव र निरन्तरताको ब्रह्मसूत्र आफूभित्र समाहित गरेरपवित्रताको अमृतमय सुवास छर्दै गतिशीलताका औंलाहरुलेछङछङ र कलकलको अनुपम संगीत भर्दै बगिरहेकी प्रिय कालीगण्डकी
तिम्रै पानीका थोपाहरुसँग मेरा आँसुले लिएका हुन् रङको सापटी ओ प्रिय कालीगण्डकी तिम्रा तिनै गहिरा छालहरुबाटैसिकेर जिन्दगीको दर्शनशास्त्र मेरा खुसीहरुले हालेका हुन् पखेटा तिमीले सिँचेर नै हराभरा भएको हो
यो प्रकृतिको भूगोल चराहरुले गाइरहेका हुन् हर्षको चिरबिरर जलचरहरुले हानेका हुन् तृप्तिको बाँकटे तिम्रै बुई चढेर मुक्तिनाथ पुगीमैले देखेको हुँ परम मोक्षको सपना कागबेनीको किनारमा सुस्ताउँदैफेरेको हो मैले शान्तिको श्वासतिम्रै हत्केलाहरुले कुँदेका शालिग्राममापुजेको हो मेरो आस्थाको ईश्वर
अनि
तिम्रो दिलका अंशहरु जोडेरमानिसले बसाएको हो सभ्यताको घर ओ प्रिय कालीगण्डकी मेरो नसा-नसामा बगिरहेछौ तिमी फेरेपछि आाको अन्तिम श्वास आउनेछु म समाधिस्थ हुन् तिम्रै काखमाजबशत्रुले प्रहार गर्छ तिम्रो अस्तित्वको छातीमा क्रुर क्रसरको खुँडातिमीलाई बेचेर
कौडीको मूल्यमा भर्न खोज्छ आफ्नो स्वार्थको ढिकुटीआफ्नो नामजस्तै तिमीले धारण गर्नेछौ महाकालीको रौद्र रुप र पढाउनेछौ कि जिब्रोको स्वादको लागि आफ्नै मुटुलाई टुक्राटुक्रा पार्नु एक त्रासद आत्महत्या हो भन्ने अमूल्य पाठ !
-प्यूठान
कविता कालीगण्डकी बचाऔँ अभियान फेसबुक फेजबाट लिइएकाे हाे ।