
दाङ जिल्लाको लमहीमा भएको १३ औं लाटोकोसेरो संरक्षण उत्सवमा चार संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरिएको छ। यस वर्ष प्रकृति संरक्षण पुरस्कारबाट नर्वेजियन प्राणीशास्त्री र अन्तर्राष्ट्रिय रूपमा सम्मानित उल्लू अनुसन्धानकर्ता डा. रोअर सोलहेमलाई सम्मानित गरियो।

नेपालतर्फ संरक्षणविद् डा. हुमबहादुर गुरुङलाई प्रकृति संरक्षण पुरस्कार प्रदान गरियो। उनी बर्डलाइफ इन्टरनेसनलमा वरिष्ठ एसिया साझेदारी प्रबन्धकका रूपमा कार्यरत छन्।

यस्तै नेपालका अग्रणी ¥याप्टर वैज्ञानिकहरूमध्ये एक र हिमालयन ¥याप्टर्सका प्रमुख डा. तुलसीराम सुवेदीलाई पनि पुरस्कृत गरियो। साथै वन्यजन्तु संरक्षणका मुद्दाहरूलाई जनतामा ल्याउने लेखक र पत्रकार ददी सापकोटा पनि पुरस्कृत भएका छन्। लाटोकोसेरो संरक्षण जनचेतना जगाउँन १५ वर्ष अघिदेखि हुँदै आएको संरक्षण उत्सवमा प्रत्यक वर्ष यसरी पुरस्कृत गरिन्छ।

शुक्रबारदेखि सुरु उत्सवमा शनिवार पनि लाटोकोसेरो संरक्षणबारे जनचेतना कार्यक्रम गरिएको थियो। संरक्षण नाटक, संरक्षण संस्कृति कार्यक्रम, विज्ञबाट लाटोकोसेरो लगायत चरा, वन्यजन्तु संरक्षणका विषयमा प्रवचन कार्यक्रम पनि भएको थियो।
प्रकृतिका साथीहरू नामक संस्थाको आयोजना र अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा भएको नेपाल लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव १५ वर्ष अघिदेखि प्रत्येक वर्ष फरक फरक जिल्लामा हुँदै आएको छ। संरक्षण उत्सवलाई अर्को वर्ष पनि निरन्तरता दिने प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…