बाँकेमा लामो प्रयासापछि नरभक्षी बाघ नियन्त्रणमा आएको छ । राप्तीसोनारी गाउँपािलकामा नरभक्षी बाघ नियन्त्रणमा आएको अधिकारीले बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीले बुधबार बिहान साप्तीसोनारी स्थित सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिएको कोषले जनाएको छ ।
पाडा राखेर बाघलाई नियन्त्रणको प्रयास गरिएको थियो । राति बाघले पाडो खाएको थियो । त्यही पाडो फेरि बिहान खान आएको बेलामा नियन्त्रणमा लिन गरिएको डार्टकाे (बेहोस बनाउने) प्रयास असपल भएपछि दोस्रोपटकको प्रयास सफल भएको हो । राप्तीपारी मात्र एक वर्षको अवधिमा बाघको आक्रमणबाट अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ ।
यस्ता घट्ना दोहोरिन नदिन नरभक्षी बाघ नियन्त्रणमा लिन संरक्षण कोष लागेको थियो । नियन्त्रणमा लिइएको बाघ करिव १६ वर्षको भाले रहेको बताइएको छ । नियन्त्रणमा लिइएको बाघ अहिले बाँके राष्ट्रिय निकुञ्जको खैरो पोष्टमा राखिएको छ । बाघ नियन्त्रण गर्न झन्डै दुई हप्ताको प्रयासमा सफलता मिलेको हो । संरक्षण कोषका डा चित्रबहादुर खड्का सहितको टोली खटिएको थियो ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…