
नवलपरासीको कावासोती स्थित जटायु रेष्टुरेण्टमा सिनो खान अवतरण गर्दै गरेका डंगर गिद्ध । मरेका र कुहिएको जनावर खाने भएकाले प्राकृतिक कुचिकारको रुपमा चिनिएको गिद्ध जलवायु परिवर्तन, बासस्थानको समस्या, करेण्ट लागेर, औषधिको प्रयोग र आहाराको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । गिद्धको सुरक्षित वासस्थल मानिने अग्ला सिमलका रुखहरु काटिने क्रम बढ्दो छ ।


विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् भने दक्षिण एसिया र नेपालमा ९ प्रजातिका पाइन्छन् । चितवन निकुञ्जसंग जोडिएको नमुना मध्यवर्ती जंगल आसपासमा ८ प्रजातीका गिद्ध पाइन्छन् ।
तस्बिरहरु : राजेन्द्र गुरुङ
Facebook Notice for EU!
You need to login to view and post FB Comments!