
आज असार १५ धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराको साथ देशभर १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइँदै छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि मेला महोत्सव गरेर रोपाइँ भने हुने छैन । किसानले आफ्नो नियमित दैनिक जस्तै गरेर धान रोपेर धान दिवस मनाउँदै छन्।
विश्वमा खाने मुख बढ्यो । उत्पादन पनि त्यही अनुसार बढाउन चुनौती छ । यसैले विश्वभर कृषिको नयाँ अध्ययन अनुसन्धान भइरहेको छ। विश्वका धेरै देशका विश्वविद्यालयका विद्यार्थी विभिन्न देशको कृषि प्रणालीको अध्ययन अनुसन्धान गर्न जाने क्रम पछिल्लो समयमा बढेको छ । विश्वका अरू देशमा के कसरी कृषि कर्म हुँदै आएको छ भन्ने विषय युवाकालागि नयाँ अध्ययन र खोजको विषय बन्दै गएको छ । यसैले पोखरामा कोरोना सङ्क्रमण अघि हुँदै आएका रोपाई महोत्सवमा अमेरिका,जापान, जर्मन लगायत विभिन्न विश्वविद्यालयका विद्यार्थी सहभागी हुँदै आएका थिए।
कोरोना सङ्क्रमणसँगै असारे महोत्सव गत दुई वर्ष देखि रोकिएको छ । सामान्य अवस्थामा नेपालका गाउँ गाउँमा विभिन्न देशका युवा पर्यटक पुगेर होमस्टेमै बसेर नेपाली किसानसँगै खेती कर्ममा जुट्ने र अध्ययन गर्ने गर्दथे । पोखरा ३१ बेगनासका किसान सूर्य अधिकारीको कृषि फर्ममा पर्यटक अध्ययन गर्न पुग्थे । उनैको घरमा बसेर कफी लगायतका खेतीबारे अध्ययन गर्थे।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा पनि कफी खेतीको अध्ययन गर्न पर्यटक पुग्थे । यसै गरी व्यावसायिक रूपमा बनेका रिसोटमा पनि भैँसी पालेर , अर्ग्यानिक खेती गरेर पर्यटकलाई कृषि कर्मका बारेमा अध्ययन अनुसन्धान गर्न सिकाउने विद्यालय बन्ने क्रम सुरु भएको छ । पोखराको पामेबाट ४५ मिनेट हिँडेर पुगिने ब्याक टु नेचर रिसोटले यो सुविधा दिँदै आएको छ । त्यहाँ बस्ने पर्यटकले आफै घाँस काट्ने, भैँसी दुहुने देखि खेतीपाती समेत गर्थे । यसरी गाई फार्म, व्यावसायिक माछा पालन, मौरी, अर्ग्यानिक तरकारी तथा च्याउको पकेट क्षेत्र बिस्तारै कृषि –पर्यटनको रूपमा विकास हुँदै गएका छन् ।
यति बेला कोरोना सङ्कटका कारण पर्यटन उद्योग ठप्प छ । पर्यटन उद्योग सङ्कटमा छ । असार १५ मा पोखरामा पोखरा पर्यटन परिषद्ले बर्सेनि पर्यटकलाई लक्षित गर्दै रोपाई महोत्सव गर्दै आएको थियो । सन् २०१९ मा पोखराको बिरौटा फाँटमा १६ औँ असारे महोत्सव भएको थियो । त्यसपछि भने कोरोना सङ्क्रमणका कारण विश्व पर्यटन बजार नै ठप्प छ । मानिस एक अर्को नजिक जान पनि डराउने अवस्था छ । भेला जमघट हुन डराउने अवस्था छ ।
कोरोना सङ्क्रमणका दोस्रो लहर सँगै वैशाख १५ गते देखि सरकारले पूर्ण लकडाउन लगाएको छ । असार १५ आजकै दिन देखि लकडाउन थप खुकुलो भएको छ । सरकारले सार्वजनिक सवारी साधन पनि जोरबिजोर गरेर चलाउन पाउने व्यवस्था गरेको छ ।
१८ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७८ मा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १६ औँ रोपाई महोत्सवलाई फर्केर हेरौँ । यसरी पर्यटक रमाएका थिए ।





फाइल तस्बिरहरु : कृष्णमणि बराल



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…