
अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्तीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय कास्की र स्थानीयले घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरेका हुन् ।
करिब ५ वर्षको भाले चितुवा सख्त घाइते अवस्थामा भेटिएपछि उद्धार गरेर उपचार भइरहेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिए ।चितुवाको टाउकोमा चोट लागेको छ । के कसरी चितुवा घाइते भयो भन्ने अनुसन्धानकै विषय भएकाे पराजुलीले बताए ।
घाइते चितुवालाई पोखराको पचभैयामा रहेको प्राणी उद्धार केन्द्रमा राखेर उपचार भइरहेको हो । उद्धार केन्द्रमा पशु चिकित्सक सहितको सुविधा रहेको सूचना अधिकारी पराजुलीले बताए । कास्कीबाट चालु वर्षमा चारवटा चितुवाको उद्धार गरिएको छ । यस अघि सराङकोटमा सवारी साधनको ठक्करबाट सानो उमेरको चितुवा घाइते भएर मृत अवस्थामा फेला परेको थियो । यसै गरी पोखराको सृजनाचोकबाट पनि चितुवा उद्धार गरिएको थियो । बागलुङबाट उद्धार गरेर डिभिजन वन कार्यालय कास्कीमा ल्याइएको चितुवाको पनि डिभिजन वन कार्यालय कास्कीले व्यवस्थापन गरेको हो ।
कास्की जिल्लामा पछिल्लो समयमा चितुवा घाइते अवस्थामा भेटिने, बजारमा आहारा खोज्न आउने क्रम बढ्दो छ । बस्तीमा आहारा खोज्न आउने क्रममा मानव र चितुवा बिच द्धोन्द बढ्दो छ । यसैले बेला बेलामा पोखरामा घाइते अवस्थामा चितुवा भेटिन थालेका हुन् । कास्कीमा चितुवा बस्तीमा पस्ने क्रम बढे पनि चितुवालाई नियन्त्रणमा लिन आवश्यक प्रविधि र जनशक्ति नहुँदा जोखिमपूर्ण रूपमा वनका कर्मचारीले काम गर्नु परेको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए ।




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…