
मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङगालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले अझै तीन दिन मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो ।
उहाँँका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामन्यदेखि पूर्ण बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसोे देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी र सुदूपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव एक डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपालयको अधिकतम तापक्रम ३३ दशमलव शून्य डिग्री सेल्सियस रहने छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…