
पोखराका ऋषि बरालले खैरो भालु विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन्। जापानको होक्काइडो विश्वविद्यालय अन्तर्गतको पशु चिकित्सा संकायको वन्यजन्तु जीवविज्ञान तथा चिकित्सा प्रयोगशालाबाट उनले सफलतापूर्वक पीएचडी पूरा गरेका हुन्।
नेपालको हिमाली क्षेत्रमा पाइने खैरो भालु तथा अन्य मांसाहारी वन्यजन्तुको आनुवंशिक संरचना, वासस्थान, आहारा र शिकार व्यवहारसम्बन्धी बरालको अनुसन्धान वन्यजन्तु संरक्षणका लागि अत्यन्त महत्वपूर्ण रहेको यस क्षेत्रका विज्ञहरूले बताएका छन्। उनले मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङ क्षेत्रमा केन्द्रित रहेर खैरो भालुमा अनुसन्धान गरेका थिए। विद्यावारिधिको अन्तिम प्रस्तुति (डिफेन्स) सफलतापूर्वक सम्पन्न गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो खुशी व्यक्त गरेका छन् ।
बराल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा संरक्षण अधिकृतका रूपमा कार्यरत रहँदै खैरो भालुमा विद्यावारिधि अध्ययनका लागि जापानको होक्काइडो विश्वविद्यालय पुगेका थिए। उनि प्रकृतिका साथीहरु संस्थामा पनि आवद्ध छन् । जापान जानु अघि उनले अन्नपूर्ण संरक्षण क्षेत्रमा संरक्षण अधिकृतका रूपमा कार्य गर्नुका साथै विभिन्न वन्यजन्तु अनुसन्धान, संरक्षण अभियान तथा गाउँ र विद्यालयस्तरका जनचेतनामूलक कार्यक्रममा सक्रिय योगदान दिंदै आएका थिए। साथै, उनले अन्नपूर्ण क्षेत्रका चराहरू, स्तनधारी तथा सरीसृपहरूका बारेमा पुस्तकहरू समेत लेखिसकेका छन्।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…