फिचर पोष्ट

विवाहकालागि नेपाल र हिन्दु संस्कृति रोजेका विदेशी वरवधू (फोटो फिचर)

कोरोना संक्रमणको जोखिमलाई प्रवाह नगरी एक विदेशी जोडीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्न नेपाल र हिन्दु परम्परा रोजेका छन् ।  नेदरल्याण्डका वर र फिलिपिन्सकी वधूले विवाहकालागि  नेपाल र हिन्दु परम्परा रोजेका हुन् ।  नेदरल्याण्डका ३३ वर्षका विलियम जोन र फिलिपिन्सकी ३२ वर्षीया मारिना मेण्डोजाले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अस्ताम गाउँ रोजेका हुन् ।  माछापुच्छ्रे गाउँपालिकाको अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा स्थानीय गाउँलेलाई साची राखेर विलियम र मारिनाले सोमबार पञ्चेबाजा बजाएर हिन्दु परम्परा अनुसार… पुरा पढौ

के चितवनमा एक हजार गैँडा पुर्‍याउन सकिन्न ?

बूढापाकाहरूको उखानै छ ‘घोकन्ते विद्या–धावन्ती खेती’ अर्थात् जसले विद्या कण्ठस्थ गर्छ उसले जहिले पनि परीक्षामा सफलता हासिल गर्छ र जसले खेतमा ध्यान दिएर खेतीवाली लगाउँछ उसको अन्नबाली सप्रेर आउँछ । त्यसै गरी हामीले पनि गैँडाको वासस्थानका लागि ’धावन्ती खेती’ जस्तै गरेर ध्यान दिने गर्‍यौँ र चोरी सिकारलाई पूर्णरूपमा निस्तेज पार्‍यौँ भने चितवन राष्ट्रिय निकुञ्जमा हाल भएका ६ सय ९४ वटा गैंडाहरूको संख्या बढाएर न्यूनतम एक हजारको हाराहारीमा पुर्‍याउन सकिन्छ । आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जको क्षेत्रफल ४ सय ३० वर्ग किलोमिटर… पुरा पढौ

५० वर्षपछि अन्नपूर्ण क्षेत्रमा देखिन थालेका जङ्गली बँदेलहरूको अर्थ के हुन्छ ?

पृष्ठभूमि ‘त्यतिखेर निकै सिकार गरिन्थ्यो l कुकुरको सहायताले गाउँले सिकार खेल्न निस्कन्थे l बिसं २०२५ साल तिरको कुरा हो l कास्कीको तत्कालीन पार्चे गाविसमा हामीले एउटा अजङको भाले बँदेल मारेका थियौँ l त्यो एउटा वीर (जङ्गली बँदेलको ठूलो भाले) मरे पछि हामीले कहिले पनि बँदेल देखेनौँ l सायद त्यो नै अन्तिम थियो होला’ यो अनुभव कास्की जिल्लाका तत्कालीन पार्चे गाविसका झलक बहादुर गुरुङले केही वर्षअघि अनुभव बाँडेका थिए l सोही क्षेत्रका सोही समयका नामुद सिकारी तथा स्थानीय वन्यजन्तु विज्ञ मेजा… पुरा पढौ

हिन्दु धर्म र संस्कृतिसँग जोडिएको जातीय विभेदको अविलम्ब शल्यक्रियाको आवश्यकता

‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन ।… सबै प्रकारका छुवाछुत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’। यो नेपालको प्रचलित संविधानको धारा २४ मा उल्लेख गरिएको छुवाछुत तथा भेदभाव विरुद्धको कानुन हो । जातीय विभेद, छुवाछुत , लैङ्गिक असमानतालगायत विभिन्न सामाजिक कुरीतिसँग अल्झिएको राज्य यस्ता खाले… पुरा पढौ

सुनसान पोखराको पर्यटन क्षेत्र

पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा (कास्की) यतिखेर सुनसान प्रायः देखिन्छ।        राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ । पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक (खैरे) देखिन्छन् न त नेपाली नागरिकहरुको हूल भेटिन्छ।        कोभिड-१९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी… पुरा पढौ

जुका ! जुका ! जुका ! जताततै जुका!!

यसरी अत्यायो जुकाले हामीलाई ‘हामी त  यसलाई डाक्टर पो मान्छौं, जसरी डाक्टरले रोगीको जिउ हेरेर रोग पत्ता लगाउँछन् । जुकाले पनि हाम्रो शरीरमाथि हिँडेर रोग पत्ता लगाउँछ अनि जहाँनेर रोग हुन्छ त्यहीँनिर रगत चुस्न थाल्छl यसो नहुँदो हो त हाम्रो शरीरमा जहाँनिर पनि टोक्नुपर्ने हो, किन खोजी खोजिकन निश्चित ठाउँमा मात्र टोक्छ’l यो कुरा मैले आजभन्दा झन्डै ४० बर्षअघि हेलम्बु, तार्केघ्याँङको एउटा स्थानीय बासिन्दाको मुखबाट सुनेको थिएँ l  त्यसबेला हेलम्बु जान लागेकोमा मलाई बाटोमा पर्ने ककनी गाउँदेखि तार्केघ्याँङ पुगुन्जेल जुकाले… पुरा पढौ

अन्तर्राष्ट्रिय बाघ दिवस : चुनौतीका बीच सफलता, ढुक्क हुने स्थिति अझै छैन

नेपालमा पाटेबाघ संरक्षणमा चुनौती रहे पनि सफलता मिलेको छ । नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या २५० पुर्‍याउने लक्ष्य नजिक पुगेको हो । नेपालका तराईसँगै पहाडी क्षेत्रमा समेत पाटे बाघ देखिन थालेको छ  ।        राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खराल बाघ संरक्षणमा नेपाललाई सफलता मिलेको बताउनुहुन्छ। सफलतासँगै चुनौती रहेको भन्दै उहाँले रणनीतिक योजनामार्फत संरक्षणमा जुटेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी लक्ष्यको नजिक छौँ । यसै वर्ष बाघ गणना गर्छौं ।‘ सन् २०१८ को पछिल्लो गणनाअनुसार नेपालमा बाघको… पुरा पढौ

बाघ दिवसमा बाघको गुनासो-‘मानिस मार्नु मेरो बानी होइन, बाध्यता भएकाले मेरो हितमा बोल्नु पर्दैन?’

बाघको घरमा स्थानीयको अटेरपन बाघको आक्रमणमा परी मानिसको मृत्यु हुनु कुनै नौलो घटना हुन छोडिसकेको छ । ०७७ श्रावणदेखि ०७८ श्रावणको पहिलो सातासम्म बर्दिया राष्ट्रिय निकुञ्जमा १३ जना मान्छे बाघले मारिसकेको छ। चितवन राष्ट्रिय निकुञ्जमा भने यसै अवधिमा २ जनाको मृत्यु भएको छ । यस्ता घट्नाले भुसको आगोजस्तै सल्किएर जनआक्रोश बढ्दै गएको पछिल्लो उदाहरण हो सौराहामा घटेको घटना । घटना २०७८ असार ७ गतेको हो । सौराहाको जनकौली सामुदायिक वनमा निउँरो टिप्न गएकामध्ये एक महिलाको बाघको आक्रमणमा परी मृत्यु भयो… पुरा पढौ

डाईनासोर लोप हुँदा पनि लोप नभएको पुतलीले सबैको मन उडाउँछ

केही पुतलीहरु कछुवाको आँखामा पालोपालै बसिरहेका थिए l रसिला आँखाबाट निस्किएको आँसु चुस्दै उडिरहेका थिए l केही बर्षअघि पेरुमा भएको यो घटनालाई ‘फिल टोरेस’ नाम गरेका घुमन्ते तथा किट विज्ञले खिच्न सफल भए l उनको युट्युब च्यानलमा राम्रा प्रतिकृयाहरु छन् l केहि बर्षअघि पङ्क्तिकार नवलपरासी जिल्लाको अमलटारी  घरबास क्षेत्रमा वन्यजन्तु अनुसन्धानको तालिमको सहजीकरणको  लागि गएका थिए l सो बेला पसिनाले लतपत उनको हातमा करिब ५ मिनेटसम्म पुतली बस्यो l हिडिरहँदा पनि सो पुतली उडेको थिएन l कछुवाको आँखा वा मेरो… पुरा पढौ

बालुवाकै डसना, बालुवाकै सिरानीमा रमाउने हामी गोही गोठालाहरू

 गुँडको खोजी र अनुगमन २०७६ चैत्र ११ गतेदेखि मुलुकमा कोरोना रोग नियन्त्रणका लागि लकडाउन गरेपछि नेपाल सरकारले आफ्ना धेरै कर्मचारीलाई फुर्सदिलो बनायो। प्रकृति संरक्षणमा खटिएका कर्मचारीलाई भने त्यो छुट भएन। वन्यजन्तुको संरक्षणमा संलग्न राष्ट्रसेवकहरूले आ-आफ्नो क्षेत्रको संरक्षणको काम गर्नु  पर्दथ्यो । मैले पनि चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रको कार्यभार हेरेको थिएँ । निकुञ्जमा अरूले आ–आफ्नो शाखाहरूको काम सम्हालेजस्तै। चैत्रदेखि असारसम्म घडियाल गोहीको प्रजनन समय भएकोले सो काममा ध्यान दिनु पर्ने अवस्था रह्यो। विगत वर्षहरू जस्तै घडियालले नारायणी… पुरा पढौ