लाटोकोसेराकालागि १०० कृत्रिम गुँड
प्रकृतिका साथीहरु नामक र्सस्थाले लाटोकोसेराकालागि बनाउँदै गरेका कृत्रिम गुँड । कास्कीमा ९० र स्याङ्जामा १० वटा गरी सय वटा कृत्रिम गुँड बनाएर लाटोकोसेरोको गतिबिधि बढी भएका क्षेत्रमा राखिने बताइएको छ ।
पुरा पढौ
बर्दिया राष्ट्रिय निकुञ्जमा प्रिन्स ह्यारीलाई बाघ अनुगमन बारे जानकारी गराउँदाको स्मरणीय क्षण
तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज हो । यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा विश्वकै चर्चित व्यक्तिहरूलाई स्वागत गरेको छ । विशेष गरेर बाघ, गैँडा, गोही लगायत दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकनकालागि आकर्षक गन्तव्य मानिने बर्दियामा सामान्य पर्यटक देखि बेलायती राजकुमार प्रिन्स ह्यारी, टाइटानिकका हिरो लगायत सम्म पुगेका छन् । यहाँ मैले बेलायतका राजकुमार प्रिन्स ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज आउँदा उहाँ संग बिताएका केही क्षणका बारेमा आफ्नो अनुभव सेयर गर्दै छु । मानव जीवनमा अध्ययन, सिकाई, नयाँ नयाँ प्रविधिको ज्ञान महत्त्वपूर्ण…
पुरा पढौ
सहरबाट लखेटिँदै चमेरा
पोखराको छिनेडाँडाको बस्ती नजिकैका बाँस घारी, सिमलका रुखमा ठूलोबधुरा प्रजातिका चमेरा बाक्लै देखिन्थे । दिनभर बाँसघारी, रुखमा झुन्डिएर बस्ने साहकारी प्रजातिका चमेरा साँझपख आहारा (फलफूल) खोज्न उडान भर्थे । बिहानै फेरी त्यही आएर बस्थे । छिनेडाँडाको त्यस क्षेत्रमा दुई सय बढी संख्यामा चमेरा गणना गरिएको चमेराको अध्ययन गरिरहेका युवा सञ्जीव बानियाँ बताउँछन् । १० वर्ष अघि सम्म बाक्लै देखिने चमेरो अहिले भने त्यस क्षेत्रबाटै बसाइँ सराइ गरिसकेका छन् । चमेरा बस्ने रुख, बाँसघारी काटेर बस्ती बिस्तार भएपछि चमेरा अन्यत्र सर्न बाध्य भएको…
पुरा पढौ
असार १५ मा हिलाेमा रमाए पर्यटक
पाेखरा पर्यटन परिषद्काे अायाेजनामा असार १५ मा पाेखराकाे फेवा फाँटमा भएकाे राेपाइँ महाेत्सवमा पर्यटकहरु हिलाेमा रमाएका छन् । पर्यटकहरु हिलाेमा दाैडेर हिलाे खेलेर रमाएका हुन् । महाेत्सवमा सहभागी पर्यटकले हालाे पनि जाेतेर अाफ्नाे देशमा अहिले हराइ सकेकाे परानाे परम्परागत कृषिमा रमाएका बताएका छन् । यसरी पर्यटक असार १५ मा रमाए ।
पुरा पढौ
फेवाताल किनारमा योग अभ्यास
दशौं अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा अवसरमा पोखराको फेवाताल किनारमा योग अभ्यास गर्दै सहभागी । कार्यक्रम भारतीय राजदूतावास, भारतीय सांस्कृतिक सम्वन्ध परिषद् पोखरा महानगरपालिका लगायतको आयोजनामा भएको हो । तस्बिर : कृष्णमणि बराल
पुरा पढौ
फेवा किनारमा धान रोप्ने चटारो
पोखराको फेवाताल किनार फेवा फाँटमा धान रोप्ने चराटारोमा किसान । ताल किनारका सिमखेत, दलदल क्षेत्रमा जेठ महिनाको दोस्रो हप्ता देखि नै धान रोप्न सुरु हुन्छ ।तस्बिर : कृष्णमणि बराल
पुरा पढौ
जलवायु न्याय खोज्दै राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असरलाई सामाजिक न्याय संगा जोड्दै जलवायु न्याय खोजेका छन् । सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने राष्ट्रपति पौडेलले बताए । स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को आज उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्व समुदाय खास गरेर विगतदेखि हालसम्मका ठूला उत्सर्जनकर्ता यो जिम्मेवारीबाट विमुख हुनु नहुने बताए। ुहामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन। जलवायु…
पुरा पढौ
पर्वतमा ११ औं लाटोकोसेरो संरक्षण उत्सव (फोटो फिचर)
पर्वतको जलजला गाउँपालिकाको लकेफाँटमा लाटोकोसेरो संरक्षण उत्सव गरिएको छ । मुसा लगायत अन्नबालीमा क्षति पुर्याउने जीवहरूलाई आहारा बनाएर अन्नबाली जोगाउने र पर्यावरण सन्तुलन राख्न लाटोकोसेरोले योगदान दिने गर्दछन् । मानिसहरूले विभिन्नतवरले यसको अवैध चोरी सिकारी गरिरहेका छन् । लाटोकोसेरो तथा हुचीलको अवैध चोरी सिकारी गरेर विदेशमा समेत निर्यात हुने गरी व्यापार बढेपछि संरक्षणमा स्थानीय समुदायलाई लाग्न प्रेरणा दिन उद्देश्यले उत्सव हुँदै आएको आयोजक संस्थाका निर्देशक राजु आचार्यले बताए । माघ १९ र २० गते पर्वतको जलजला गाउँपालिका स्थित २३ सय…
पुरा पढौ
वनस्पति र नदीलाई पूजा गर्ने पर्व हरिबोधिनी एकादशी
हरिबोधिनी एकादशी औषधीय गुण भएको वनस्पति तुलसी र नदीलाई पूजा गर्ने पर्व हो । यो पर्वमा हिन्दू धर्मावलम्बीले घर घरमा तुलसीको मठ बनाएर तुलसी रोपेर पूजा गर्ने गर्दछन् । तुलसी औषधीय गुण भएको वनस्पति हो । तुलसीको पात, डाँठ, फूलको रस रुघाखोकी लगायत रोगका लागि औषधी हुने आयुर्वेदका चिकित्सक बताउँछन् । तुलसीको रस शरीरमा लगाएमा लामखुट्टेले टोक्दैन । तुलसीको हावाले विषालु कीटाणुलाई नष्ट गर्ने विज्ञ बताउँछन् । हरिबोधिनी एकादशीमा नदीलाई पूजा गरेर फूल तार्ने परम्परा रही आएको छ । हरिबोधिनी एकादशीमा…
पुरा पढौ
चरा नरहे मानिस रहन्छ कसरी ?
पृष्ठभूभि शुरु–शुरुमा अर्थात २०४४ देखि निकुञ्ज/आरक्षमा रेञ्जरको हैसियतमा काम गर्दा म शिकारू अवस्थामा थिएँ। त्यतिखेर पुराना कर्मचारीहरूबाट प्रशासनिक काम सिक्ने अवसर पाएको थिएँ तर वन, वन्यजन्तु र चराचुरुङ्गीको बारेमा जान्ने सिक्ने अवसर सोचेजस्तो पाउन सकिन। न त फिल्डमा यस बारेमा जानकार भएका र हौसला दिने नै कर्मचारी थिए। अहिलेको जस्तो मनोरञ्जनका साधन त्यसबेला केही नभएको हुँदा निकुञ्ज/आरक्षमा फुर्सदको समयमा तास खेलेर समय काट्ने चलन बढी थियो तर मैले तास कहिल्यै खेलिन । तास नखेलेर सधैं एकलकाटे भएर कसरी वस्ने होला…
पुरा पढौ