
तिहारको पहिलो दिन बुधबार कागपूजा गरी तिहार पर्व सुरु भएको छ । कागलाई खानेकुरा खुवाउने चलन छ । कागलाई यमराजको दूतको रुपमा नेपाली परम्परा र संस्कृतिमा हेरिन्छ ।
यसैले तिहारमा काग पूजा गरिन्छ । नेपाली समाजमा कागलाई सूचना दिने पन्छीको रुपमा पनि लिइन्छ । कोही पाहुना आउने भए, कोही अशुभ हुने भए काग कराएर सङ्केत दिन्छ भन्ने मान्यता नेपाली समाजमा छ । यसैले बिहान घर वरपर आएर काग कराएमा शुभ बोल शुभ बोल भन्ने चलन छ । हिन्दु धर्मको कथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत नै पहिलो पटक खबर पठाएकोले तिहारको पहिलो दिन कागपूजा गर्ने प्रचलन बसेको भनाइ छ ।
कागले केही नयाँ कुरा थाहा पाए कराएर सङ्केत गर्छ । कागहरू अप्ठ्यारो समयमा एक भएर सामना गर्ने गर्दछन् । कुनै कागलाई कसैले घाइते बनाए । घाइते बनाउने विरुद्ध खनिन्छन् । कागको हुल नै जम्मा भएर कराउने, ठुग्ने र लखेट्ने गर्दछन् । नेपालमा घरकाग, वन काग, टेमु, टुंगा र राजाकाग पाइन्छन् । बस्ती वरपर देखिने घाँटी फुस्रो भएको घर काग हो । काला काग वन काग हो । टेमु प्रजातिको कागको खुट्टा रातो र चुच्चो पहेँलो हुन्छ । टुंगाको चुच्चो र खुट्टा दुवै रातो हुन्छ ।

राजाकाग बस्ती वरपर पाइने घर काग भन्दा ठूलो हुन्छ । हिमाली क्षेत्रका बस्ती वरपर राजाकाग पाइन्छन् । तिहारमा चराको प्रतिनिधित्व गरेर कागको पूजा गरिन्छ भने साहाकारी जनावरमा गाईलाई पूजा गरिन्छ । यस्तै गरी मांसाहारी जनावरमा कुकुरलाई पूजा गरिन्छ ।

यसरी तिहारमा काग, कुकुर र गाईलाई पूजा गर्नुको अर्थ सबै प्राणीको अस्थित्व विना मानव अस्थित्व पनि जोगिन सक्दैन भन्ने सन्देश दिन खोजिएको संरक्षण कर्मी बताउँछन् । पारिस्थितिक प्रणाली खलबलिन दिनु हुँदैन र सबैको अस्थित्व जोगाएर राख्नु पर्छ भन्ने तिहारको सन्देश रहेको संरक्षणकर्मी राजु आचार्य बताउँछन् ।




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…