
पोखराको चारवटा वडाको सिमानामा पर्ने कैलाशेश्वर महादेव मन्दिर परिसर बासेको पधेरो नुवारथोकमा धेरै वर्ष पहिले बस्तीमा पानी लग्न गाडीएको अवस्थामा माटोको पाइप फेला परेको छ । स्थानीयहरूले पानी बस्तीमा लग्ने विस्तार गरिएकाे माटोको पाइप कहिले गाडीएको हो भन्ने नै थाहा नभएको बताएका छन् ।
बासेको पधेरो वर्षौ पुरानो मूलको स्रोत भएको पधेरो हो । यस पधेरोमा पोखरा ५, ६, ७ र १८ का बासिन्दा समेतले खानेपानीको प्रयोग गर्दै आएका छन् । यही पधेरोको पानी धेरै पहिले माटोको पाइप बनाएर बस्तीमा लगेको भेटिएको नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले बताए । पधेरो नजिकै क्रियापुत्री भवन पुन निर्माणको क्रममा माटोको पाइप भेटिएको पनि बरालले बताए । यस अघि २०५५ सालमा पनि बाटो बनाउन खन्ने क्रममा पधेरो भन्दा ५ सय मिटर पर यस्तै माटोको पाइप भेटिएको स्थानीयले बताएका छन् ।
पहिले माटोको पाइप फेला पर्दा पुरातात्त्विक विभागलाई भन्नु पर्छ भन्ने ज्ञान नभएकोले खबर नगरिएको स्थानीयले बताएका छन् । पहिले बासेको पधेरो भएको क्षेत्रबाट ५ सय मिटर माटोको पाइप भेटिनु र अहिले पधेरो नजिकै पुन माटोको पानी लग्न प्रयोग गरिएको पाइप भेटिनुले पधेराबाट धेरै पहिले बस्तीमा माटोको पाइपबाट पानी लग्ने गरिएको स्पस्ट हुने स्थानीय बताउँछन् । आफूले जान्दा सम्म पानी लग्न माटोको पाइप बिछ्याएको र पानी कहाँ लग्न यसो गरिएको हो भन्ने जानकारीमा नरहेको स्थानीय ८८ वर्षीय भुवानी प्रसाद बरालले बताए ।
क्रियापुत्री भवन पुन निर्माणका क्रममा पहिले जस्तै माटाेकाे पाइप भेटिएपछी स्थानीयले पुरातात्त्विक विभागलाई खबर गरेका थिए । स्थलगत अवलोकनकालागि आएका पुरातात्वविदले पानी बस्ती सम्म लग्न यस अघि यस्तो माटोको पाइप प्रयोग गरिएको नभेटेको बताएका छन् । पुरातत्त्वविद्ध तथा गण्डकी प्रदेश संग्राहालय प्रमुख करुणा राईले स्थलगत अवलोकन गरेर प्रतिवेदन पुरातात्त्विक विभाग काठमाडौंलाई पठाएको पनि बताइन् ।
खानेपानीकाे पाइप विस्तारको अवस्था हेर्दा माटोको पाइपमा बस्तीमा पानी लगिएको सहजै अनुमान गर्न सकिने पनि उनले बताइन् । यस विषयकाे अध्ययन गरी प्रतिवेदन बनाएर पुरातात्त्विक विभागमा पठाइसकिएकोले थप अध्ययन पुरातात्त्विक विभागले गर्ने पनि उनले बताइन् । माटोको पाइप कति वर्ष पुरानो हो भन्ने डेटिङ मेथडबाट पत्ता लाग्ने पनि राईले जानकारी दिइन् ।
अनुसन्धान गर्न अाएकाे टाेलीले माटोको पाइपका केही स्याम्पल लगेर गण्डकी प्रदेश संग्राहालयमा राखेकाे छ । पाइपको गोलाई २ इन्च र फेदतर्फ केही मोटो र टुप्पो तर्फ पाइप जोड्न मिल्ने पातलो गोलाकार स्वरूपमा रहेका माटाेका पाइप भेटिएका हुन् । बिच्छ्याइएको पाइपको दायाँबायाँ ढुङ्गा गाडेर छपनी राखेर पाइप माटाेका पाइप नफुट्ने गरी सुरक्षित गरिएकाे अवस्थामा छन् ।



भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
पोखरा : पशु उपचारमा प्रयोग गरिने भेटेरिनरी औषधीका कारण ९० को दशकमा दक्षिण एशिसामा ठूलो संख्यामा घटेका गिद्ध संरक्षण कार्यक्रम पछि स्थिर अवस्थामा आएको…