फिचर पोष्ट

एउटा जुनकिरी मार्‍यो भने एउटा गाई मारे बराबरको पाप लाग्छ!

‘ओहो जुनकिरी घरभित्र छिर्‍यो त, ठुलो हावाहुरी र पानी  पर्ने भयो’ उनले फेरि थपिन्’ तिमीहरू बाहिर नजाऊ है’ सानो हुँदा चितवनका संरक्षणकर्मी डीबी चौधरीले आमाले भनेको यो कुरा सुनेका थिए l आज भोलि जुनकिरी पहिलाजस्तो देखिन छाडेको छ l तर जहिले जुनकिरी देख्छन् आमालाई पनि सम्झी हाल्छन् l थारू भाषामा उनी जुनकिरीलाई भतजोगिनी भनेर बुझ्छन् l के जुनकिरी घटेका छन् त ? हामीले सानो हुँदा देख्ने गरेको यो किरा आजभोलि निकै कम देखिन थालेको छ l नेपालका सहरी क्षेत्रमा त हिजोआज… पुरा पढौ

स्मार्ट डाक्टरहरूको झुर लेखाइ

 हाम्रो समाजमा डाक्टरको लेखाई बारेको धारणा कसैको लेखाई राम्रो भएन भने हाम्रो समाजले एउटा उपमा दिने गर्छ ‘कस्तो गिद्धले छेरेजस्तो लेखेको भनेर’ l प्रकृतिको कुचीकार भए पनि गिद्धलाई हाम्रो समाजले फोहरी चराको रूपमा चित्रित गर्छ l त्यस्तो चराको बिस्टालाई झन् नराम्रो रूपमा हेरिन्छ l  हाम्रो समाजमा चिकित्सकहरूले लेख्ने कुरालाई लिएर तिनै गिद्धको बिस्टासँग तुलना गरिन्छl सम्भवतः गिद्धले ठोस र खास आकृतिमा बिस्टा नगरी छरपस्ट गर्ने भएको हुँदा यसो भनिएको होला। सन् २००६मा अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स इन्स्टिच्युट अफ मेडिसिनको… पुरा पढौ

वृक्षरोपणको नालीबेली : परिणाम र पुनर्स्थापनामुखी वृक्षरोपण आजको आवश्यकता

अङ्ग्रेजी क्यालेन्डरको  जून ५ तारिकको दिन विश्व वातावरण दिवस मनाउँदै गर्दा सामाजिक सञ्जालमा वृक्षरोपण गरेको फोटोहरू प्रशस्तै पोस्ट गरिए । यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू अघिल्लो  वर्ष रोपेको बिरुवा कस्तो भएछ त्यो देखाऊँ’। यो प्रत्युत्तरले हाम्रो वृक्षरोपण नतिजामुखी भन्दा वातावरणीय योगदानको मानक  बनेको  एक पवित्र  कर्मकाण्डको रूपमा मात्र  देखिएको छ भन्ने कुरा दर्साउँछ। यस्तै पोस्टलाई व्यङ्ग्य गर्दै एक जनाले फेसबुकमा  अर्को पोस्ट गरे ’आज नयाँ बिरुवाको फोटो नहालौँ बरू… पुरा पढौ

पशुधनको क्षतिले बढायो मानव-वन्यजन्तु द्वन्द्व, हिउँ चितुवा बचाउनै सकस

बैशाख महिनाको दोस्रो साता हिउँ चितुवाको अध्ययनको सिलसिलामा नार गाउँ जाने कार्यक्रम थियो। यो मनाङ जिल्लाको दुर्गम नार्पा भूमि गाउँपालिका अन्तर्गत पर्दछ। म फिल्ड जाने तयारी गर्दा गर्दै बैशाख ८ गते बिहान करिव ९ बजेतिर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय मनाङका साथीहरूले फोन गर्नु भयो। त्यसको केही बेरमा फु गाउँका स्थानीयको पनि फोन आयो। दुबै फोनको विषय थियो तेन्जिङ कुर्साङ लामाको गोठमा हिउँ चितुवा पसेर ४५ वटा च्याङ्ग्रा मारेको। उनको गोठमा रहेका जम्मा ४६ वटा च्याङ्ग्रामध्ये हिउँ चितुवाले… पुरा पढौ

नेपालले जोगाएका १५ सय ८५ घडियालहरू कता गए होलान् ?

एकपटक झन्नै सकिन लागेका थिए घडियाल सन १९७५ को सर्वेक्षणले नारायणीमा साठी भन्दा कमको सङ्ख्यामा घडियाल रहेको पाइयो। सबै चिन्तित बने । चिन्ताले उपाय निस्कियो। सोहीअनुसार सन १९७८ मा घडियाल संरक्षण प्रजनन केन्द्रको स्थापना, चितवन राष्ट्रिय निकुञ्जको कसरामा भयो। नारायणीको बगरमा घडियालले पारेका अण्डा निकालेर ल्याई प्रजनन केन्द्रमा बनाइएको बालुवाको ढिस्कोमा जस्ताको तस्तै (नारायणीमा भएको गुँडको साइज,गहिराई आदि) राखी बच्चा कोरल्ने कामको सुरूवात भएको थियो। कोरलिएको बच्चालाई यसको प्राकृतिक वासस्थानमा छाड्ने काम भयो। कोरलिएका बच्चालाई ५/६ वर्ष पालनपोषण गरी निकुञ्जले… पुरा पढौ

कर्मचारीले बरु प्लास्टिकको प्रयोग हुन्न भने, जनप्रतिनिधिलाई छैन वास्ता

दैनिक जीवनमा अत्यधिक मात्रामा प्लास्टिकजन्य पदार्थको प्रयोग विश्वव्यापी बढेको छ । यसको असर नेपालमा पनि छ। प्लास्टिक प्रयोगको सबैभन्दा चुनौती भनेको प्रयोगपछि जथाभाबी फ्याँक्ने, उचित विसर्जन नगरी आगोमा जलाउने जस्ता गतिविधिले मानव स्वास्थ्य मात्र होइन, पर्यावरण र जैविक विविधता संरक्षणमा पनि चुनौती थपिएको छ।   पछिल्लो समयमा हाम्रो घर भान्सामा अत्यधिक मात्रामा प्लास्टिकजन्य पदार्थको  प्रयोग भएका छन्। भोजभतेर मात्र होइन, चिया, खाजा पसलमा पनि अहिले प्लास्टिकका ग्लास, प्लास्टिककै चम्चा, प्लेट प्रयोग अधिक बढेको छ।  प्लास्टिकका भाँडामा तातो खाना खाँदा यसले मानव… पुरा पढौ

मानिसको स्वासप्रश्वासले निम्त्याएको जलवायु परिवर्तन

एउटा सामान्य मानिसले जलवायु परिवर्तनको बारेमा गरेको अनुभव   ‘नमस्ते हजुर, मैले त दाइलाई पहिलोपल्ट देखे जस्तो लाग्यो', व्यायमशालामा सधै नदेखिने अर्धबैसेलाई मैले सोधी हालेँ l उनी म जस्तै ट्रेडमिलमा दगुरी रहेका थिए l  म बिहान र बेलुकी घुम्नुका साथै यो व्यायमशालामा नियमित नै आउने गर्थेँ l तर उनलाई देखेको थिईन l मेरो प्रश्न भुँइमा खस्न नपाउँदै ठूला-ठूला आँखा पल्टाए l उनको बोलीले म छक्क परेँ l ‘दाइ ? को दाइ ? कति वर्ष  भयौ तिमी ? उनले फेरि थपे  ‘म… पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : ठूला चराबाट हुन सक्ने जोखिमका विषयमा पुगेन ध्यान

पोखराबाट जोमसोमका लागि सन २०१७ को अप्रिल १४ मा उडिरहेको तारा एयरको जहाज घोरेपानीको आकाशमा पुग्दा चरासँग ठोकिएको थियो। तत्कालै चरा ठोक्किएको आवाज आएपछि पाइलटले जहाजलाई पोखरा विमानस्थल नै फर्काएका थिए। त्यसै गरी सन् २०२० को अक्टोवर १८ मा काठमाडौबाट पोखरा आएको बुद्ध एयरको जहाज अवतरणको क्रममा रनवे मा पांग्रामा चराले छोएको थियो। पोखरा विमानस्थलको गत दश वर्षको तथ्याङ्कअनुसार जहाज अवतरण र उडानका क्रममा गरी २२ पटक ठूलासाना चरा ठोक्किएको तथ्याङ्क छ। यसरी जहाजमा ठोक्किने चराहरूमा ठूला मांशाहारी चरा गिद्ध,… पुरा पढौ

मुसा र बङ्गुरले आन्द्राबाट समेत सास फेर्छन, के यो विधि कोरोना संक्रमित मानिसको उपचारमा सहयोगी होला ?

जापानका वैज्ञानिक र्‍यो ओकाबे लगायतले गरेको एक अध्ययन अनुसार मुसा र सुँगुरहरूका प्रजातिले श्वासप्रश्वासका लागि आफ्ना आन्द्राहरूको प्रयोग गरेको पत्ता लागेको छ । यस्तो गुण जलचर प्राणीहरूमा हुने गर्थ्यो। यसै वर्षको मे १४ को जर्नल अफ मेडिसिनमा प्रकाशित लेखका अनुसार दुई भिन्न प्रकारका स्तनधारी जनावरहरूको श्वासप्रश्वास प्रणाली पूर्णरुपमा फेल भएका अवस्थामा मलद्वारबाट अक्सिजन वा अक्सिजन घुलित तरल पदार्थ पठाएर श्वासप्रश्वास प्रणालीलाई पुनर्स्थापित गर्न वैज्ञानिकहरू सफल छन्। निमोनिया र अन्य गम्भीर प्रकारका श्वासप्रश्वास सम्बन्धी रोगहरूको उपचार कृत्रिमा श्वासप्रश्वास प्रणाली निकै प्रभावकारी… पुरा पढौ

तपाई मांसाहारी हो भने शाकाहारी भैहाल्नुस, नत्र यो बानीले तपाई र वातावरणलाई बिगार्छ

मेरो घरमा आजकाल खानामा प्राय मासुको परिकार  भइरहन्छ। मलाई पुग्यो भन्दा पनि भान्सेले कर गरी गरी  हाली दिन्छे l पेट नै अटसमटस हुने गरी खानु पर्ने बाध्यताबाट छुटकारा पाउन गाह्रो हुन्छ । २५-३० वर्ष अगाडी यसै गरी कर लगाई लगाई खानु भन्दिने मान्छे पाएको भए कति खाइन्थ्यो होला। म सानो छँदा पेटभरि मासु खान दसैँ तिहार वा कुनै ठुलो चाडपर्व नै कुर्नुपर्थ्यो। बेलाबेलामा आकलझुकल हुने भोज भतेरमा तपाई हामी कतिले त अनुभव गरेको हुनुपर्छ चोक्टा कति नै भागमा पर्ने होर?… पुरा पढौ