
दैनिक जीवनमा अत्यधिक मात्रामा प्लास्टिकजन्य पदार्थको प्रयोग विश्वव्यापी बढेको छ । यसको असर नेपालमा पनि छ। प्लास्टिक प्रयोगको सबैभन्दा चुनौती भनेको प्रयोगपछि जथाभाबी फ्याँक्ने, उचित विसर्जन नगरी आगोमा जलाउने जस्ता गतिविधिले मानव स्वास्थ्य मात्र होइन, पर्यावरण र जैविक विविधता संरक्षणमा पनि चुनौती थपिएको छ।
पछिल्लो समयमा हाम्रो घर भान्सामा अत्यधिक मात्रामा प्लास्टिकजन्य पदार्थको प्रयोग भएका छन्। भोजभतेर मात्र होइन, चिया, खाजा पसलमा पनि अहिले प्लास्टिकका ग्लास, प्लास्टिककै चम्चा, प्लेट प्रयोग अधिक बढेको छ।
प्लास्टिकका भाँडामा तातो खाना खाँदा यसले मानव स्वास्थ्यमा असर गरिरहेको छ। प्लास्टिकका झोला, प्लास्टिकको प्लेट, चम्चालगायत प्लास्टिकजन्य पदार्थ जथाभाबी फ्याँकिँदा खोला, नदी, ताल, उर्वर भूमी सबै क्षेत्रमा असर गरेको छ । पर्यावरणीय चक्र नै बिगार्ने अवस्थामा पुगेको छ।
पोखरामा वर्षा मौसम सुरुसँगै दिनभर चर्को गर्मी र बेलुका दैनिक ठूलो वर्षा हुन थालेको छ। वर्षापछि यति बेला पोखराको मुख्य बजार भएर बग्दै फेवातालमा मिसिने फिर्के खोला, बुलौँदी खोला, नहर र ढलमा जथाभाबी फ्याँकिएका प्लास्टिकजन्य वस्तु र अन्य फोहोर सोझै तालमा मिसिँदै आएको छ। ताल क्षेत्र जति सफा गरे पनि माथि मुहानमा फोहोर फाल्न नरोकिँदा सरसफाइ अभियन्ता चिन्तामा छन्।

नदी, खोला र तालमा फोहोर नफालौँ भनेर बर्षौ देखि सरसफाइ अभियान चलाए पनि जथाभाबी फोहोर फाल्ने बानी नबदलिँदा प्राकृतिक स्रोत, वातावरण र मानव स्वास्थ्यमा असर बढ्दै गएको सरसफाइ अभियन्ता तथा नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेल बताउँछन्। तालमा फैलिएका प्लास्टिकजन्य फोहोर जति सफा गरे पनि पानी परेपछि ओइरिने भएकोले समस्या परेको सशस्त्र प्रहरी गण पार्दी कास्कीका प्रमुख एसपी दीपेन्द्र जिसी सुनाउँछन्।
पोखरा महानगरपालिकामा उपमहानगर हुँदै अहिलेका जनप्रतिनिधि आउनुअघि कर्मचारीले नगर चलाउँदा नै ४० माइक्रोन भन्दा कमका प्लास्टिकका झोला प्रतिबन्ध लगाएर नियन्त्रणको अभ्यास गरेका थिए। यसको प्रभाव सकारात्मक देखिएको थियो।
नेपाल सरकारले ४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाएको छ। आगामी साउन १ गतेदेखि प्लास्टिकजन्य पर्दाथबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लास्टिक उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाएको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले जनाएको छ।
पोखरा महानगरपालिकामा उपमहानगर हुँदै (अहिलेका जनप्रतिनिधि आउनुअघि कर्मचारीले नगर चलाउँदा नै ) २०७३ कात्तिक २४ गते बुधबार ४० माइक्रोन भन्दा कमका प्लास्टिकका झोला निषेधको घोषणा गरेर बिक्री वितरण र प्रयोगमा कडाइ गरिएको थियो । यसको प्रभाव सकारात्मक देखिएको थियो। उपमहानगर पालिकाले २९ वटै वडामा अभियान चलाएर प्लाष्टिकमुक्त घोषणा गरेकाे थियाे। यसपछि नागरिकले घरबाटै कपडाका झोला लिएर बजार जाने अभ्यास थालेका थिए । तर जनप्रतिनिधि निर्वाचित भएर आएपछि थप प्रभावकारी बनाउनु पर्नेमा बेवास्ता गर्दा समस्या झन् बल्झिएको सरसफाइ अभियान्ताले बताएका छन् । सरकारको पछिल्लो निर्णय कार्यान्वयन के कसरी हुन्छ यसमा नै भोलि हुन सक्ने थप जोखिमको आकलन हुनेछ।

नेपाल सरकारले २०७२ सालयता प्लास्टिकका झोला प्रतिबन्ध लगाएको थियाे। सरकारले ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला प्रयोग र जथाभाबी फ्याँकेमा वातावरण संरक्षण ऐन २०५३ र फोहोरमैला व्यवस्थापन ऐन २०६८ मा भएको व्यवस्थाअनुसार कारबाही हुनु पर्ने हो तर यो व्यवस्था लागु नै भएन।
पाेखरा सफा राख्न पोखरा उपत्यका बृहत सफाइ अभियान देखि पछिल्लाे समयमा युवाहरुकाे संस्था हिल हिमालयज लगायतले पनि सफाइ अभियान चलाइरहेका छन् । तर फोहोर फाल्न भने राेकीएकाे छैन् । यसकाे असर पर्यावरणमा मात्र नभएर मानव स्वास्थ्यमा पनि पर्दै गएकाे छ । प्लास्टिकमा तातो पदार्थ राखेर खाँदा मानिसलाई क्यान्सरजस्ता जटिल किसिमका रोग लाग्ने वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ।
प्लास्टिकको कारण पानीमा हुने जीव, वन्यजन्तुदेखि थलमा हुने जनावरलाई समेत असर गरिरहेको छ। प्लास्टिककै कारण जमिनको उर्वरा शक्ति नाश भइरहेको छ। मानव स्वास्थ्य, जैविक विविधता र पर्यावरणमा असर गर्ने प्लास्टिक जथाभाबी फ्याँकिँदा फेवातालमा रहेका माछालगायत जीव, वनस्पति र चरालाई समेत असर गरिरहेको छ।





फाइल तस्बिर : कृष्णमणि बराल




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…