फिचर पोष्ट

कोरोना कहर : अक्सिजन प्रयोग हुने निर्माणका काम निरन्तर

पोखरा : कोरोनाको दोस्रो लहरका कारण देशमा दैनिक ८/९ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण दैनिक करिव दुईसय जनाको मृत्यु भइरहेको छ । अक्सिजन सिलिण्डर अभावका कारण समयमै अक्सिजन नपाएर पनि कोरोना संक्रमितको मृत्यु भएको समाचार आइरहेका छन् । कोरोना संक्रमण बढेपछि पोखरामा पनि अक्सिजन सिलिण्डर अभाव छ । यस्तो जटिल स्वास्थ्य अवस्थामा पनि पोखरामा अक्सिजन प्रयोग हुने विकास निर्माणका काम निरन्तर भइरहेका छन् । पोखराको सृजनाचोकमा आकाशे पुल निर्माणकाे काममा व्यस्त मजदुर । तस्बिर : कृष्णमणि बराल… पुरा पढौ

अझै धेरै महामारीसँग जुध्न बाँकी छ

चराहरू स्वतन्त्र रूपमा आकाशमा कावा खाइरहेका छन् । जनावरहरु निस्फिक्री सडक, वन, गाउँमा हिँडिरहेका छन् । हामी सानो छँदा २०४२/०४३ सालतिर पोखराका गल्ली, खुला चौर र अहिले कङ्क्रिट जङ्गलमा परिणत भएका पहिलेका खेतमा जसरी चौपायाहरू रमाउँथे उसै गरी यतिबेला पोखराका चिल्ला सडकमा गाई, भैँसी निस्फिक्री हिँडिरहेका छन्। रमाइरहेका छन्। तर यति बेला मान्छे भने काेराेनाबाट बच्न घरमै सिमीत भएका छन् । अदृश्य एउटा भाइरसलाई मान्छेले कोभिड–१९ नाम दिएको छ। यही भाइरसले मान्छेलाई लखेटिरहेको छ। यही भाइरसबाट बच्न मान्छे घरमै कैद… पुरा पढौ

‘यति’ नेपालमा हुने सम्भावना कति?

सन् २०१९  अप्रिल ९ मा भारतीय सेनाको एक समूहले मकालु आधार शिविरमा यति (हिममानव) को पाइला भेटिएको फोटो ट्विटरमा राख्ने बित्तिकै भाइरल बन्यो। विश्वका चर्चित बीबीसी, एबीसी, न्युयोर्क टाइम्स, नेसनल जिओग्राफिक लगायतले प्राथमिकताका साथ समाचार बनाए। नेपालमा समाचार नबन्ने कुरै थिएन। तर, तत्कालै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले कान्तिपुर दैनिकलाई भारतीय सेनाले आधार बिना नै यतिको पाइला भनेर होहल्ला गरेको बताए। सोही विषयमा हाकाहाकीले लेख्यो ‘तीन वर्षअघि फ्रान्सेली टोलीले पनि उक्त क्षेत्रमा यस्तै पाइला देखेर ‘यति’को… पुरा पढौ

सरकारको एउटा निर्णयले ढल्दैछन् गिद्धका घरहरु

पोखरा l  ठुला शरीर, ठुलै पखेटा भएको मांसाहारी तर हिंसा नगर्ने पन्छी हो गिद्ध । यही ठुलो शरीरका कारण उडान भर्न र बस्न अग्ला रूख मन पराउँछन्। बस्न र उड्न मात्र होइन गुँड बनाउन पनि सहज हुने भएकाले सिमल गिद्धको मन पर्ने रूख (घर) हो। अग्ला भएर पनि कम पात हुने भएकोले सिमलका रूख गिद्ध बस्न र उडान भर्न सहज हुन्छन्। गिद्धका धेरै प्रजातिले यिनै अग्ला र ठुला सिमलका रूखमा गुँड लगाउँछन्। गिद्धका कुनै प्रजातिले भिरको चट्टानमा पनि गुँड बनाउने… पुरा पढौ

वातावरणका काम सुरु नहुँदै बन्ने भयो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

पाेखरा । गएको महिना एक जना साथी विदेशबाट पोखरा आइपुगे l उनै साथी र म पोखरा नजिकै काहुँडाँडाबाट सूर्योदय हेर्न बिहानै पुग्यौं ।  उनी बन्दै गरेको विमानस्थल हेरेर टोलाए l मैले कारण जान्न खोजें l उनले भने, ‘अर्को पटकको छुट्टीमा त डाईरेक्ट पोखरा झरिन्छ । आखिर गरे त हुने रहेछ नि l’ हामीले सरकारले गरेका नयाँ र पुराना ठूला आयोजनाबारे निकैबेर कुरा गर्‍यौँ l जब मैले यस्ता ठूला आयोजनाहरूले वातावरण बिगारेको विषयमा कुरा गरे, उनी फेरि टोलाए । 'यी वातावरणविदले… पुरा पढौ

संकटमा पर्यटन उद्योग

पोखरा: कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले अघिल्लो वर्ष चैत ११ मा लकडाउन लगाउनुभन्दा १ महिनादेखि नै पदयात्रामा रहेका पर्यटक समेत यात्रा छोट्याएर घर फर्किन थालेका थिए । नेपाल घुम्न आउन होटेल बुक गरेका पर्यटक पनि कोरोना संक्रमणको कारण देखाउँदै बुकिङ रद्द गरे।  त्यसयता विदेशी पर्यटक आगमन शून्य जस्तै छ । पोखरामा पाँचतारे होटेल, रिसोर्ट सहित ७ सय होटलहरु छन् । सबै होटेलमा गरी २५ हजार बढी कोठा छन् । तिनमा व्यवसायीको लगानी ५० अर्ब र बैङ्कको लगानी ७५ अर्ब… पुरा पढौ

नेपालको प्राकृतिक वनमा पहिलो पटक गरिएको रुखको अल्ट्रासाउन्ड

मामाघरको त्यो सम्झना ‘यो रुख कति बेला ढल्ने हो, घर गोठ र मान्छे कतिखेर च्याप्ने हो भरै भएन l हावाहुरी आएको बेलामा त सुत्नै नसकिने भो । लौ न भान्जा, वन कार्यालयमा भनेर काट्ने व्यवस्था मिलाउन पर्‍यो।‘ करिब २५ वर्ष अघि  मामाले आफ्नो घर नजिकैको ठूलो रुख देखाउँदै भन्नु भएको अहिलेजस्तै लाग्छ l तर मैले गर्न सक्ने केही पनि थिएन l त्यो रुख साँच्चै धोद्रो थियो कि थिएन ? बूढो थियो कि थिएन ? हावाको चापलाई थेग्न सक्थ्यो कि सक्थेन… पुरा पढौ

सरसफाइमा युवा : अरुलाई दोष नदिऊ, आफैंबाट सुरु गरौं

पोखरा देशकै सबैभन्दा धेरै पानी पर्ने सहर हो । पोखरामा ठुलो वर्षा भएसँगै पानी सडकमा जम्मा भएर खोलाझैँ बग्छ । त्यही सडकको पानी बुलौदी खोला, फिर्के खोला  हुँदै कि त फेवामा मिसिन्छ कि त सेती नदीमा गएर टुङ्गिन्छ। सडक किनार, ढल, नहर, खोलामा जथाभाबी रूपमा फ्याँकिएका प्लास्टिकजन्य फोहोर, सिसा, मरेका कुकुर, बिरालाे समेत बगेर फिर्के खोला लगायत तालमा मिसिने खोला, ढल हुँदै तालमा सोझिन्छ । उसै गरी सेती नदी तर्फ पनि फोहोर मिसिन्छ । पोखराको विन्ध्यवासिनी, बागलुङ बसपार्क, सिद्धार्थ चोक, पर्स्याङ  ,… पुरा पढौ

वन डढेलोका फाइदा पनि छन् !

यतिखेर तराईदेखि हिमालसम्मका डढेलोका  तस्बिरहरूले विरक्त बनाएको छ l त्योभन्दा बढी सामाजिक सञ्जाल डढेको छ l आगो लाग्दै गरेका, धुवा निस्किरहेको, बस्तीमै आगो छिरेको तस्बिरहरू छ्यापछ्याप्ती छन् l मानिस मरेका छन्, प्रदूषणले हायलकायल भएका छन्, गाईवस्तु मरेका छन्, वन मासिएको छ l वन्यजन्तु मरेको त अभिलेख नै छैन l कति घाइते भए होलान्, कतिका बचेरा मरे होलान्, ओथारो बस्दै गरेको फुल निक्कै नोक्सान भयो होला l बर्सेनि जाने डढेलोको नियन्त्रणका  लागि कति सरोकारवालाहरू असर न्यून गर्न लागिरहेका पनि छन् l… पुरा पढौ

भालुको आक्रमणबाट बाँचेकाहरु संरक्षणमै क्रियाशील

कास्की : माछापुच्छ्रे गाउँपालिकाका टेकबहादुर लामिछाने  जंगलमा एक्लै घाँस काट्न जाँदा आक्रमणमा परे। वनको बीचमा एक्कासि गरिएको आक्रमणले उनको घाँटीमा मुटु आएजस्तो भयो । घाँस काट्दै गर्दा  झाडीबाट निस्किएको भालुले टोकेपछि बल्ल भालु भन्ने भेउ पाए । अब के गर्ने भन्ने निर्णय गर्न नपाउँदै ५० मिटर गहिरो खोल्सामा खसे  । उनीसँगै भालु पनि खोल्सामै पुग्यो। फेरि  भालुले देब्रे हातको औलामा टोक्यो । टेकबहादुरले अर्को हातले ढुंगा समात्न पुगेछन् र त्यही भालुको नाकमा हान्न भ्याए । भालु नाकमा लागेपछि करायो र… पुरा पढौ