
पोखरा : कोरोनाको दोस्रो लहरका कारण देशमा दैनिक ८/९ हजार कोरोना संक्रमित थपिएका छन् । कोरोनाका कारण दैनिक करिव दुईसय जनाको मृत्यु भइरहेको छ ।
अक्सिजन सिलिण्डर अभावका कारण समयमै अक्सिजन नपाएर पनि कोरोना संक्रमितको मृत्यु भएको समाचार आइरहेका छन् । कोरोना संक्रमण बढेपछि पोखरामा पनि अक्सिजन सिलिण्डर अभाव छ । यस्तो जटिल स्वास्थ्य अवस्थामा पनि पोखरामा अक्सिजन प्रयोग हुने विकास निर्माणका काम निरन्तर भइरहेका छन् ।

पोखराको सृजनाचोकमा यति बेला आकाशेपुल निर्माण भइरहेको छ । आकाशे पुल निर्माण गर्ने क्रममा अक्सिजन ग्यासको प्रयोग गर्न अक्सिजन सिलिण्डर प्रयोग गरेर काम भइरहेको छ । पोखराको व्यस्त सृजनाचोकमा निर्माण हुँदै गरेको आकाशे पुलमुनि एउटा अक्सिजन सिलिण्डर देखिन्छ ।
आकाशे पुल निर्माणमा खटिएका मजदुरले पुल निर्माणका लागि पहिले ८/९ वटा अक्सिजनको सिलिण्डर प्रयोग भएकोमा कोरोनाको कारण उपचारमा चाहिने भएकोले अरू सबै लगेर कामलाई निरन्तरता दिन एउटा अक्सिजन सिलिण्डर मात्र राखिएको सुनाए ।
अक्सिजन सिलिण्डरको अभावमा कसैको ज्यान नजाओस् भनेर खाडीमा काम गर्ने नेपाली दाजुभाइले आफ्नो छाक काटेर रकम उठाएर सिलिण्डर पठाइरहेका छन् । चीनलगायत विभिन्न देशबाट अक्सिजन सिलिण्डर ल्याइएको छ । कोरोना कहरमा कसैको ज्यान नजाओस् भनेर सरकारले अक्सिजन सिलिण्डर प्रयोग हुने उद्योगमा प्रयोग भएका सबै अक्सिजन सिलिण्डर यो जटिल समयमा फिर्ता गर्न र स्वास्थ्य उपचारमा प्रयोग गर्न भनेको छ ।

पोखरामै पनि नेपाल प्रहरीले अक्सिजन प्रयोग हुने विभिन्न उद्योगमा पुगेर अक्सिजन सिलिण्डर जम्मा गरेर अक्सिजन उत्पादन गर्ने कम्पनीलाई हस्तान्तरण गरेका थिए । निर्माण भइरहेको आकाशे पुलमुनी रहेका अक्सिजन सिलिण्डर मध्ये एउटा मात्र कामलाई निरन्तरता दिन छाडेर अरू सुरक्षाकर्मीले अक्सिजन उत्पादन गर्ने कम्पनीलाई स्वास्थ्य उपचारमा प्रयोग गर्न भन्दै हस्तान्तरण गरेका थिए ।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले धेरै अक्सिजन सिलिण्डर प्रयोग भएका विकास निर्माणका काममा एक दुईवटा अक्सिजन सिलिण्डर मात्र कामलाई निरन्तरता दिन पुग्ने छाडेर अरू उपचारमै प्रयोग हुने गरी उठाइएको बताए । बढी जसो पुल निर्माणमा अक्सिजन प्रयोग भएको उनले सुनाए । पोखरामा अक्सिजन सिलिण्डरको अन्यत्र जस्तो अभाव नभएकोले आवश्यक परेको बेलामा बाँकी एक दुईवटा पनि स्वास्थ्य उपचारमै प्रयोगमा ल्याइने उनले सुनाए । पोखरामा ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’को र ‘पोखरा खानेपानी सुधार आयोजना’को काम पनि लकडाउनमा निरन्तर भइरहेको छ ।

गण्डकी प्रदेशमा पछिल्लो चौवीस घण्टामा कोरोना संक्रमणबाट पोखरा महानगरपालिकाका एघार जना सहित एक्काइस जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शनिवार जारी विज्ञप्तिमा उल्लेख गरेको थियो । यसै गरी आइतबार कास्कीमा दुईसहित गण्डकी प्रदेशमा सत्र जनाको कोरोनाको कारण मृत्यु भएको छ । चौवीस घण्टामा कास्कीका २ सय ९५ जनासहित गण्डकी प्रदेशमा ९ सय ४६ नयाँ संक्रमित थपिएका छन् । यी मध्ये ५ सय ३ जना पुरुष र ४ सय ४३ महिला छन् । कोरोना संक्रमण दर अझै घटेको छैन ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…