
धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीकामा बाहा्रै सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँदै छ । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक संस्था र मिथीला वाइल्डलाइफ ट्रष्टको आयोजनामा हुन लागेको हो ।
उत्सव शूरु हुनु अघि विभिन्न स्थानिय विद्यालयहरुमा लाटोकोसेरो संरक्षण चेतना शिवीरहरु सञ्चालन भएको आयोजक प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले बताए । उत्सवको दिनमा चरा तथा प्रकृतिको अवलोकन, स्थानीय लोपोन्मुख खेलहरु तथा सांस्कृतिक गित तथा नाँचको प्रर्दशनी र वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरुको लाटोकोसेरो संरक्षण सम्बन्धि नाँच तथा नाटकको प्रदर्शन गरीनेछ । उत्सवमा स्वागत गीत, स्थानीय विधालयहरुको नाँच, झिझिया नाँच, झरि झरि नाँच , स्थानिय बाद्यबाद्यन, सामा चखेवा, रामसिता गित, तमाङ्ग सेलो, डम्फु नाँच, महराई आदिको प्रर्दशनी अयाोजकले जनाएका छन् । उत्सवमा स्थानीय परम्परागत खेलहरु कुस्ती, कबड्डी, टालपुली, तिती आदि समेतको प्रदर्शनी हुनेछ ।
उत्सव अघि नगरपालीका स्तरिय स्थानिय विधालयहरुमा संरक्षण चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता समेतको आयोजना गरिएको आयोजकले बताएका छन् । उत्सवमा लाटोकोसेरो तथा हुचीलको अस्थाई सग्रहालयको निर्माण तथा प्रदर्शनीको तयारी गरिएको छ । सोही प्रदर्शनीमा लाटोकोसेरो सम्बन्धी जानकारी र फोटोहरुको प्रदर्शनी गरिने छ । गहँुको छ्वालीबाट, चुराबाट, ढुङगाबाट, स्टीलको पाताबाट, लप्सीको दानाबाट, काठबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने छन् ।
उत्सवको अर्को आकर्षण आठ प्रजातिको लाटोकोसेरोहरुको आवाज सुन्ने र भिडीयो हेर्न पाइने छ । उत्सवमा अनुहारमा निशुल्क रुपमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको आयोजकले बताएका छन् । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ। त्रिभुवन विश्वविद्यालय,प्राकृतिक विज्ञान संग्रहालयबाट ल्याइएका लाटोकोसेरोको नमुनाहरुपनि प्रदर्शनीमा राखिने पनि आचार्यले बताए । सो अवसरमा वन्यजन्तु अनुसन्धानकर्मीहरुको आफ्नो अनुसन्धानको बारेमा पोष्टरहरुको प्रस्तुती गर्नेछन् । वातावरण क्षेत्रका विभिन्न संघ सस्थाहरुको जानकारीमुलक स्टलहरु र स्थानिय रुपमा उत्पादन भएका सामाग्रीहरुको पनि प्रदर्शनी समेत हुने छ । उत्सव स्थलमा रैथाने खाना र खाजाका परीकार पनि पस्कने आयोजकले बताएका छन् ।
लाटोकोसेरो संरक्षण उत्सव किन ?

लाटोकोसेरो तथा हुचिल ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको आचार्य बताउँछन् । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरुमा लाटोकोसेरोको अवैध कारोबार हुने भएकोले पनि पछिल्लो समयमा लाटोकोसेरो संकटमा पर्न थालेका छन् ।
औषधी र झारफुकको अन्धविश्वास तथा भ्रम श्रृजना गरेर तस्करहरुले लाटोकोसेरोहरुको अवैध व्यापार गर्ने गर्छन । तर लाटोकोसेराको कुनै पनि अंगको औषधीय उपयोग र अदृष्य तान्त्रीक शक्तिबारे वैज्ञानिक आधारहरु नरहेको आचार्यले बताए । प्रकृतिका साथीहरु नामक संस्थाले ४६ वटा जिल्लामा १६ वर्ष अघि गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २००० वटासम्म लाटोकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरुमा अवैध रूपमा पठाइने गरेको भेटिएको थियो । अहिलेपनि यो सँख्या १५०० रहेको अनुमान गरीएको छ ।
हालसम्म नेपालमा २३ प्रजातिका लाटोकोसेरोको अभिलेख गरिसकिएको छ । जसमध्ये ८ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । यसमध्ये एकवटा प्रजातीहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन् । विश्वमा करिब २६० प्रजातीका लाटोकोेसेराहरु पाइन्छन् ।
मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा २ देखि ३ हजार वटासम्म मुसाहरु खाने गर्छन् । मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । पर्यावरणलाई सन्तुिलत राख्न पनि यिनको मुख्य भूमिका रहन्छ । यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्दछ । लाटोकोसेरोसहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकासमार्फत जिविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरुको आवाजले साँझ परेको तथा बिहान भएको संकेत समेत गर्दछन । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ ।
पोखराका हेमन्त ढकाल सहित ४ जनालाई संरक्षण पुरस्कार

उत्सवमा पोखराका संरक्षणकर्मी ढकाल सहित ४ जनालाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिदै छ । उत्सवको अन्तिम दिन अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप ‘प्रकृति संरक्षण पुरस्कार’ दिइने आयोजकले बताएका छन् ।
संरक्षण पुरस्कार पाउनेहरुमा पोखरामा रहेर वन्यजन्तु संरक्षणमा क्रियाशिल संरक्षणकर्मी हेमन्त ढकाल, डा हरि प्रसाद शर्मा, संञ्चारकर्मी अभय राज जोशी र भुमिरमण नेपाल रहेका छन् । संरक्षणकर्मीहरुलाई जनही २५ हजार सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । यसै गरी संस्थागत सम्मान तर्फ लामो समय देखि रेडपाण्डाको वासस्थान सुधार गर्दै चरा तथा वन्यजन्तु संरक्षणमा योगदान गरेको इलाम जिल्लाका महिलाहरुको समुह, जाँैबारी रेस्टोरेशन समीतीलाइ सम्मान गरिने बताइएको छ ।
स्थानिय तहमा रहेर प्रकृति, वन्यजन्तु फोटोग्राफी ,पर्यापर्यटन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका जनकपुरधामका चिकीत्सक डा. एसके सिँह, जलेरश्वर निवासी पत्रकार रन्जण भण्डारी माली र ढल्केबार ६ का पत्रकार विजयकुमार शाहलाई पनि ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरिने आयोजकले बताएका छन् ।