जलवायु-परिवर्तन

पृथ्वी दिवस : पानीका स्रोत संरक्षण गरौंं इकोसिस्टम पुनस्थापना गरौं

माता पृथ्वीको संरक्षणकालागि विश्वभर २२ अप्रिलमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरण संरक्षणकालागि छलफल, योजना र संरक्षण सचेतना लगायतका कार्यक्रम गरेर विश्वभर पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन्… पुरा पढौ

वायु प्रदूषणकाे सकस

अन्नपूर्ण, माछापुच्छ्रे, धाैलागिरी लगायतका हिमाल मुस्कुराएको देखिने पोखरा एक साता भयाे बिहानै देखि दिनभर धुम्म देखिएको छ । वायु प्रदूषणको कारण आँखा पोल्ने, धुवाको गन्ध सहितको हावा चल्ने समस्या पनि देखिएको छ ।  यता राजधानी सहरमा पनि उस्तै समस्या छ । गत २२ गते शुक्रबार र शनिबार विश्वकै प्रदूषित सहरहरुको शीर्ष स्थानमा राजधानी सहर काठमाडौं देखिएको थियो । यो साता भारतको दिल्ली र पाकिस्तान जस्ता विश्वकै प्रदूषित सहरलाई उछिन्दै काठमाडौं, पोखरा लगायत नेपाली सहर दूषित हावाले भरिएको अधिकारीले बताएका छन्… पुरा पढौ

जैविक विविधता संरक्षणकालागि दिएको रकम ठगी भएकोले सहयोग रोकियाे : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिदै आएको रकम रोकिनुकाे कारण खुलाएका छन् । राष्ट्रपति ट्रम्पले जैविक विविधता संरक्षण र वित्तीय संघीयताकालागि दिँदै आएको रकम रोकिनु ठगी भएको बताएका छन् । दोस्रो पटक अमेरिकाको सत्ता सम्हालेका राष्ट्रपति ट्रम्पले वैदेशिक सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यहीक्रममा वित्तीय संघीयताकालागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणकालागि प्रदान गरिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिव ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले प्रेस… पुरा पढौ

हिउँद सकिन लाग्दा हिमाली क्षेत्रमा हिमपात

हिउँद सकिन लाग्दा बल्ल हिमाली क्षेत्रमा हिमपात भएको छ । मंगलबार पोखरा र आसपास क्षेत्रमा पानी परेको थियो । तल्लो भागमा पानी परेपछि हिमाली क्षेत्रमा हिमपात भएको छ । अन्नपवूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल लगायतका क्षेत्रमा हिमपात भएको हो ।हिउँदको अन्तिम समयमा हिउँ परेपछि हिमाली क्षेत्रका स्थानीय खुशी भएका छन् । लामो खडेरीपछि परेको हिउँले अन्नपात उत्पादनमा पनि राम्रो हुने भन्दै हिमाली क्षेत्रका स्थानीय खुशी भएका हुन् । सोमबार हल्का वर्षा भएकोमा मंगलबार केही ठूलो पानी परेको थियो… पुरा पढौ

कालीगण्डकी बचाउन प्रदर्शन

पोखरा ः कालीगण्डकीको एकोहोरो दोहनका कारण नदीको दुई तिहाइ भाग क्षय भएपछि संरक्षणकालागि दवाव दिन संरक्षणकर्मीले प्रदर्शन गरेका छन् । पर्वतको मोदीवेणी धाममा कालीगण्डकी बचाऔं अभियानले मंगलबार नदी किनारमा प्रदर्शन गरेका हुन् । ‘नदीको प्राकृतिक स्रोत, विशेष गरी ढुंगा, शिला, गिटी, बालुवाको अन्धाधुन्ध दोहनले कालीगण्डकीको दिगोपनलाई गम्भीर असर पारेको छ,’ कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीले बताए । उनका अनुसार, ‘नदीमाथि भइरहेका अनियमित उत्खनन र पर्यावरणीय विनाशलाई पूर्णतः रोक्न अब सबैले जोड दिनुपर्छ ।’ प्राकृतिक स्रोतको दोहन र संकट… पुरा पढौ

सोमबारदेखि पुसे वर्षा र हिमपातको पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले सोमबार देखि पुसे वर्षा र हिमपातको पूर्वानुमान गरेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको… पुरा पढौ

फेवाताल पुरिँर्दै : संकटमा जैविक विविधता

पोखरा : कुनै बेला जलारीले फेवातालबाट दैनिक २ हजार ३ सय किलोसम्म माछा मार्थे। त्यसबाटै करिब १ सय परिवारको रोजीरोटी चल्थ्यो। दुई चार हजारको खांँचो नै पर्दैनथ्यो। अहिले भने फेवामा माछा पाउनै मुस्किल छ। हिउँदका दिनमा पनि मुस्किलले २ सय किलोसम्म मात्रै माछा हात पर्ने गरेको उनीहरूको गुनासो छ। फेवा पुरिँदै जानु, प्रदूषण बढ्दै जानु र माछाका चरिचरन मासिँदै जाँदा माछा कम हुँदै गएको जलारीहरू बताउँछन्। ताल पुरिँदै जाँदा र प्रदूषणको चपेटामा पर्दा जैविक विविधतामा असर गरेको छ । जैविक विविधता महासन्धि… पुरा पढौ

हिमालमा हिउँ पग्लँदै जाँदा जीवनका आधारहरू गुम्ने चिन्ता

 पोखरा : प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सेताम्मे हिमाल कालापथ्थरमा परिणत हुँदै जाँदा पानीका स्रोतहरू सुक्ने र जैविक विविधतामा असर पर्नगई जीवनका आधारहरू गुमाउँदै गएको बताएका छन् । जीवनका आधारहरू वातावरण प्रकृति, वन्यजन्तु संरक्षणको विषयमा एक भएर जानु पर्नेमा प्रधान न्यायाधीश राउतले जोड दिएका छन् । पोखरामा शनिबार देखि सुरु भएको वातावरण तथा वन्यजन्तु संरक्षण सम्बन्धी सवालहरूमा न्यायिक दृष्टिकोण विषयक कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रधान न्यायाधीश राउतले जीवनका आधारहरू जैविक विविधता, प्रकृति संरक्षणकालागि भएका फैसला कार्यान्वयनमा जोड दिए । हिमाल, नदी,… पुरा पढौ

पोखरा एभेन्जर्सको मुख्य प्राथामिकता जलवायु परिवर्तनको चेतनालाई

जलवायु परिवर्तनको चेतनालाई मुख्य प्राथमिकतामा राख्दै पोखरा एभेन्जर्सले स्पोनसरको लोगो नराखेको बताएको छ । ग्लासियर्स म्याटर लेखेको पोखरा एभेन्जर्सको मुख्य प्राथामिकता जलवायु परिवर्तनको चेतनालाई दिएको बताएको छ । ‘जर्सीमा आफ्नो लोगो राख्न दर्जनौं स्पोन्सरहरु सम्पर्कमा आइरहँदा पनि हामीले जलवायु परिवर्तनको चेतनालाई नै प्राथमिकतामा राख्यौं । त्यसैले जर्सीको अगाडी अरुको विज्ञापन राखेनौं, बरु लेख्यौँ, ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपुर्ण छन् ।’ पोखरा एभेन्जर्सले भनेको छ । पोखरा एभेन्जर्सको विज्ञप्ती: यसकारण हामीले हाम्रो जर्सीमा अरुको विज्ञापन राखेनौं… नेपाल प्रिमियर लिगमा मंगलबार हामीले… पुरा पढौ

जलवायु समस्याको असर नेपालमा ह्दयविदारक-राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले भागेको जलवायु समस्याका चुनौती निकै ह्दयविदारकरहेको बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन ९कोप–२९० अन्तर्गत बुधबार नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु समस्या चुनौती ह्दयविदारक भएको बताएका हुन् । जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रहरूलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याका बारेमा बुझ्न र समाधान गर्न सहज हुने पनि उनले बताए । राष्ट्रपति पौडेलले नेपालका तर्फबाट आयोजना गरिएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा भने, ‘जलवायु… पुरा पढौ