जलवायु-परिवर्तन

जलविद्युत आयोजनाले नदीमा १० प्रतिशत पानी छाडेनन् : गर्मी बढ्याे पानीमा आस्रीत जलचर देखिन छाडे

जलविद्युत आयोजनाले नदीको पानी प्रयोग गर्दा कम्तिमा दश प्रतिशत पानी जलचर र वातावरणकालागि नदीमै बग्न दिनुपर्ने कानुनी प्रावधान छ। तर जलविद्युत आयोजनाले यो प्रावधान मान्ने गरेका छैनन् । हिउँदयाममा जलविद्युत अयाोजनाले नदीमा छाड्नु पर्ने पानीको मात्रा नछाड्दा नदी सुख्खा बढेकाे छ । हिउँदमा सुख्खा बढ्ने र वर्षायाममा बाढी आउँदा बस्ती नै जोखिममा पर्ने गरेको नदी आसपासमा बस्ने स्थानीयको गुनासो छ। यसरी नदी नै सुख्खा हुने गरी पानी टनेलमा पठाउँदा नदीका माछा हराउँदै गएको, जलचर र पानीमा आस्रीत वन्यजन्तु पनि देखिन… पुरा पढौ

न्यानो हुँदै गरेको हिउँद र सगरमाथा क्षेत्रका हिमनदीहरू

सन् २०२०को हिउँदमा काठमाडौँबाट १४४ किलोमिटर पूर्वमा रहेको कालिन्चोकको भ्रमण गर्दा हिमनदीविज्ञ सुदीप ठकुरीले अचम्म मानेका थिए। हिउँले ढाकिएका पहाड हेर्न खोज्ने काठमाडौँवासी माझ लोकप्रिय यो गन्तव्य विगतका वर्षहरूमा जस्तो सेताम्य थिएन। त्यस हिउँदमा उनले सगरमाथा क्षेत्रको दक्षिण पश्‍चिममा रहेको मकालु-वरुण क्षेत्रको भ्रमण पनि गरेका थिए । मध्यपश्‍चिमाञ्चल विश्‍वविद्यालयमा विज्ञान तथा प्रविधि संकायका डीन रहेका ठकुरीले त्यहाँ पनि यस्तै हिउँको अभाव देखे । ‘रिमोट सेन्सिङ’ नामक अन्तर्राष्ट्रिय जर्नलमा हालै प्रकाशित एक लेखका अनुसार नेपालको सगरमाथा आधार सिविर क्षेत्रमा विगत ७२… पुरा पढौ

अफ्रिकामा खडेरी : वन्यजन्तु र मानिसले पालेका बस्तुभाउ मर्न थाले

अफ्रिका महादेशको पूर्वी भेगमा पर्याप्त पानी नपर्दा परेको खडेरीले साढे दुई करोड जनाभन्दा बढी मानिस प्रभावित भएको छ । वर्षायाममा पानी नपरेपछि उत्तरी केन्या, सोमालियाका अधिकांश भाग र दक्षिण इथियोपियामा नराम्रो खडेरी परेको छ । धेरै ठाउँमा वन्यजीव र किसानले पालेका बस्तुभाउँ मर्न थालेको बीबीसीले समाचारमा लेखिएको छ । आगामी वर्षको मध्यसम्म सुख्खा कायम रहने अनुमान गरिएको छ ।केन्याको साबुली वन्यजन्तु आरक्षण केन्द्रमा वन्यजन्तु मृत भेटिएका तस्बिर र भिडियो सार्वजनिक भएका छन् । यस आरक्षण केन्द्रमा कम्तीमा ११ वटा जिराफ… पुरा पढौ

कोप २६: चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तीव्रता दिने सहमति

चीन र अमेरिकाले ग्लास्गोमा आयोजित कोप२६ जलवायु सम्मेलनमा एउटा आश्चर्यजनक घोषणा गर्दै आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन्। विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने उल्लेख गरिएको एउटा दुर्लभ संयुक्त वक्तव्य जारी गरेका छन्। सो वक्तव्यले प्यारिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न 'उनीहरूको सहकार्यको दृढ बाचालाई स्मरण' गरेको जनाएको छ। उनीहरूले उक्त लक्ष्य भेट्नका लागि रहेका 'उल्लेख्य खाडलहरू' पुर्ने प्रयासहरू बढाउने बताएका छन्। चीन र अमेरिकाले के भने?… पुरा पढौ

नेपालको जलवायु कार्ययोजना : कागजमा मात्र प्रगतिशील

सेप्टेम्बर २०२० मा नेपालले डिजेलबाट चल्ने दुईवटा रेल ल्यायो । त्यसको तीन महिनापछि सरकारले संयुक्त राष्ट्रसंघमा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेस गर्‍यो जसमा हरितगृह ग्यास उत्सर्जनलाई घटाउने र बदलिँदो जलवायुसँग अनुकूलन गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तो प्रतिबद्धता पेरिस सम्झौताअनुसार सबै देशले गर्नुपर्छ । एनडीसीमा नेपालले विभिन्न लक्ष्य प्रस्तुत गरेको थियो जसमध्ये एउटा थियो– सन् २०३० सम्ममा २०० किलोमिटर लामो विद्युतीय रेलवे सञ्जाल (नेटवर्क) बनाउने । तर मुलुकभर अहिले जम्मा १०० किलोमिटरभन्दा कम दूरीको रेलमार्ग छ र त्यही ट्र्याकमा… पुरा पढौ

संयुक्त राष्ट्रिय जलवायु सम्मेलन र नेपालकाे प्रतिबद्धता

संयुक्त राष्ट्रिय जलवायु सम्मेलन कोपा—२६ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालका हिमाल, हिमनदी पग्लिदा हुने जोखिमका विषय उठाए । पर्वतीय भेगमा हिमनदी पग्लिनु नेपाललाई मात्र जोखिममा पार्ने कुरा नभएर तटीय क्षेत्रमा रहेका देशहरुले पनि समस्या भाेग्नु पर्ने विषय पनि उठाए । नेपालका हिमनदी पग्लँदा समुन्द्रको सतह बढ्ने र टापु देशहरुको अस्तित्व नै संकटमा पर्न सक्ने उनकाे भनाइ थियाे । यसरी प्रधानमन्त्री देउवाले हिमनदी पग्नु साझा समस्याको रुपमा व्याख्या गर्दै यसै अनुसार सम्बोधन गर्नु पर्ने बताए ।… पुरा पढौ

राष्ट्रसंघमा डायनासोर : हाम्रो विनाशको कारण उल्कापिण्ड, तपाईहरुको बहाना चाहिँ के ?

राष्ट्रसंघको महासभा बैठकमा डायनासोर सरासर भित्र पस्छ । जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा मान्छेले आप्नो प्रस्तुति दिँदै गरेको सभामा डायनासोर माइकसामु उभिन पुग्छ र पृथ्वीबाट कोही पनि लोप हुनु राम्रो नभएको डायनासोर बताउँछ । ‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने ?' मानिस अप्नै व्यवहारको कारण लोप हुन सक्ने प्रति चिन्ता व्यक्त गर्छ । डायननासोर भन्छ, हाम्रो विनासको कारण उल्कापिण्ड… पुरा पढौ

जलवायु विश्व सम्मेलन : ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर सम्झौता अनुमोदन

जलवायु विश्व सम्मेलनमा विश्वका प्रमुख २० अर्थतन्त्र भएका नेताहरुले ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । रोममा भइरहेको विश्वका प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरुले उक्च सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । बहुराष्ट्रिय कम्पनीहरुले कम कर प्रावधानहरुको फाइदा उठाउँदै आप्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेको भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रुपमा आइतबार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने समाचार… पुरा पढौ

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन : नेपाललाई क्षतिपूर्ति देउ

जलवायु परिवर्तनले नेपालका हिमालहरू पग्लँदै कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी, हिमतालहरू पग्लनुको साथै बेमौसमी वर्षा, खडेरी, पहिरोले देशको अर्थतन्त्रमै ठूलो असर देखिन थालेको छ ।  मनसुन सकिएपछि भएको  बेमौसमी वर्षाको कारण आएको बाढी, पहिरोको कारण नेपालमा यसै वर्ष एक सय भन्दा धेरैको मृत्यु भएको छ । धेरै नागरिकको घरबार उठेको छ । धनजनको क्षति पुगेको छ । कात्तिक महिनाको पहिलो हप्ता सम्म पानी पर्दा किसानले भित्र्याउन ठिक्क परेको धान डुबानमा पर्दा ठूलो क्षति पुगेको छ । मनसुन सकिएपछि… पुरा पढौ

रोकिएन मनसुन सकिएपछिको वर्षा : बिहीबार सम्म १ सय १ जनाको मृत्यु

मनसुन  सकिएपछि भइरहेको भारी वर्षा बिहीबार पनि रोकिएको छैन । बेमौसमी वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बिहीबार साँझ पनि पोखरा लगायत देशका विभिन्न स्थान वर्षा भइरहेको छ । बाढी पहिरोमा परी प्रदेश नम्बर १ मा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी १ सय १ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा… पुरा पढौ