
जलविद्युत आयोजनाले नदीको पानी प्रयोग गर्दा कम्तिमा दश प्रतिशत पानी जलचर र वातावरणकालागि नदीमै बग्न दिनुपर्ने कानुनी प्रावधान छ। तर जलविद्युत आयोजनाले यो प्रावधान मान्ने गरेका छैनन् ।
हिउँदयाममा जलविद्युत अयाोजनाले नदीमा छाड्नु पर्ने पानीको मात्रा नछाड्दा नदी सुख्खा बढेकाे छ । हिउँदमा सुख्खा बढ्ने र वर्षायाममा बाढी आउँदा बस्ती नै जोखिममा पर्ने गरेको नदी आसपासमा बस्ने स्थानीयको गुनासो छ। यसरी नदी नै सुख्खा हुने गरी पानी टनेलमा पठाउँदा नदीका माछा हराउँदै गएको, जलचर र पानीमा आस्रीत वन्यजन्तु पनि देखिन छाडेको कास्कीको मादी गाउँपालिका ७ सवीका स्थानीय पुस्पा गुरुङले बताइन् ।
पहिले नदीमा पानी बग्दा गर्मीमा सितल हावा आउथ्यो। नदी सुक्नथालेपछि गर्मी मौसममा सितल हावा बग्नै छाडेको र गर्मी बढेको स्थानीय भुपाल गुरुङले सुनाए। हाइड्रो निर्माण हुनुअघि नदीमा पानी हुँदा विभिन्न थरीका हाँस आउथे अहिले त्यस्ता हाँस आउन छोडेको उनले बताए। पानीमा पाइने माछा खाने ओत पनि प्रसस्त हुन्थे। पानी नै बग्न छाडेपछि अहिले ओत पनि देखिन छाडेको स्थानीयले बताएका छन्। वर्षा याममा ठूलो बाढी आउँदा ज्यान जोगाउन मुस्कील हुने र हिउँदमा पानी सुक्का गरिदा गर्मि बढेर सास्ती भोग्नु परेको गुरुङले बताए।
गत वर्ष असार १ मा खोलामा बाढी आउँदा गाउँले भागाभाग भएको पनि उनले सम्झीए। अहिले हिउँदमा जलविद्युत आयोजनाले पानी सुरुङतिर लगेकोले सुक्का भएको उनले सुनाए। हाइड्रोमा युवाहरुले आपm्नो क्षमता अनुसार रोजगार भने पाएको गुरुङले बताए।गाउँमा हाइड्रो आउँदा वर्षा याममा बस्ती जोगीएला गाउँलाई राम्रो होला भन्ने सोचेका थियौ तर उल्टो हिउँदमा नदी नै सुक्का हुने र वर्षा याममा बाढीको त्रास झनै बढेको उनले स्थानीय गुरुङले बताए।
५ वर्ष अघि बनेको २५ मेघावार्डको अपरमादी हाइड्रोले पानी नै सुक्ने गरी सबै पानी सुरुङमा राख्दा गर्मी बढेको उनकाे पनि अनुभव छ। गाउँ नजिकैको सानो ठाडो खोलाबाट पानी आउने बाहेक माथीबाट आउने पानी पुरै सुक्का हुने गरी सुरुङमा लगेको उनले सुनाए ।

पहिले पहिले मादी नदीमा गुदुनो, कत्ले, फगेटा, असला र सहर माछा पनि पाइने भए पनि पछिल्लो समयमा नदी नै सुक्का हुँदा कताकति असला बाहेक अन्य जातका माछा पाइने छाडेको स्थानीय ८१ वर्षीय दिबबहादुर गुरुङले बताए। अहिले नदीमा ठाउँ ठाउँमा बाँधबाध्दा र पानी नै सुक्दा माछा आउने बाटो नै बन्द भएको उनले सुनाए। नदी सुक्दा माछा नै हराएपछि माछा खान आउने ओत पनि देखिन छाडेको उनले बताए।
नदीमा छाड्नु पर्ने पानीको मात्रा बग्न दिन बेलाबेलामा आयोजनालाई अनुरोध गर्दा पनि सुनुवाई नभएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले सुनाए। हामीले पटक पटक नियम अनुसार कम्तीमा १० प्रतिशत पानी नदीमा बग्न दिन अनुरोध ग¥यौ तर आयोजनाले सुनुवाई नगरेको उनले बताए।
पछिल्लो समयमा गाउँपालिकाको कार्यक्षेत्र भित्र नयाँ जलविद्युत आयोजना बन्दा गाउँपालिकाको स्विकृत चाहिने प्रावधान हटाएर सोझै केन्द्रबाट अनुमति ल्याएर निर्माण हुने गरेको पनि उनले सुनाए। आयोजना संञ्चालन गर्नु अघि औपचारिकता पूरा गर्न वातावरणीय प्रभाव मुल्याङ्कन गर्दा बोलाउने बाहेक आयोजनालाई कसरी वातावरण मैत्री बनाउने भन्ने विषयमा ध्यान नपुगेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए। वातावरणीय, पर्यावरणीय मैत्री हुने गरी आयोजनाले काम गरे नगरेको अनुगमन गर्नुपर्ने निकायले अनुगमन नगर्दा पनि यस्तो समस्या आएको उनले सुनाए।

अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने मादी गाउँपालिकाको मादी र मादी नदीसंग जोडिने खोलाहरुमा निर्मार्णाधिन र निर्माणका क्रममा रहेका समेत गरी ७ वटा हाइड्रोपावर रहेका छन्। २५ मेगावाटको अपरमादी र १० मेगावार्टको मत्क्यु खोला निर्माण सम्पन्न भएका हाइड्रोपावर हुन भने ५ वटा आयोजना निर्माणाधिन अवस्थामा रहेका छन्।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…