जलवायु-परिवर्तन

नेपालको जलवायु कार्ययोजना : कागजमा मात्र प्रगतिशील

सेप्टेम्बर २०२० मा नेपालले डिजेलबाट चल्ने दुईवटा रेल ल्यायो । त्यसको तीन महिनापछि सरकारले संयुक्त राष्ट्रसंघमा दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेस गर्‍यो जसमा हरितगृह ग्यास उत्सर्जनलाई घटाउने र बदलिँदो जलवायुसँग अनुकूलन गर्ने प्रतिबद्धता जनाइएको छ । यस्तो प्रतिबद्धता पेरिस सम्झौताअनुसार सबै देशले गर्नुपर्छ । एनडीसीमा नेपालले विभिन्न लक्ष्य प्रस्तुत गरेको थियो जसमध्ये एउटा थियो– सन् २०३० सम्ममा २०० किलोमिटर लामो विद्युतीय रेलवे सञ्जाल (नेटवर्क) बनाउने । तर मुलुकभर अहिले जम्मा १०० किलोमिटरभन्दा कम दूरीको रेलमार्ग छ र त्यही ट्र्याकमा… पुरा पढौ

संयुक्त राष्ट्रिय जलवायु सम्मेलन र नेपालकाे प्रतिबद्धता

संयुक्त राष्ट्रिय जलवायु सम्मेलन कोपा—२६ मा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालका हिमाल, हिमनदी पग्लिदा हुने जोखिमका विषय उठाए । पर्वतीय भेगमा हिमनदी पग्लिनु नेपाललाई मात्र जोखिममा पार्ने कुरा नभएर तटीय क्षेत्रमा रहेका देशहरुले पनि समस्या भाेग्नु पर्ने विषय पनि उठाए । नेपालका हिमनदी पग्लँदा समुन्द्रको सतह बढ्ने र टापु देशहरुको अस्तित्व नै संकटमा पर्न सक्ने उनकाे भनाइ थियाे । यसरी प्रधानमन्त्री देउवाले हिमनदी पग्नु साझा समस्याको रुपमा व्याख्या गर्दै यसै अनुसार सम्बोधन गर्नु पर्ने बताए ।… पुरा पढौ

राष्ट्रसंघमा डायनासोर : हाम्रो विनाशको कारण उल्कापिण्ड, तपाईहरुको बहाना चाहिँ के ?

राष्ट्रसंघको महासभा बैठकमा डायनासोर सरासर भित्र पस्छ । जलवायु परिवर्तन लगायत विश्वका जल्दाबल्दा विषयमा मान्छेले आप्नो प्रस्तुति दिँदै गरेको सभामा डायनासोर माइकसामु उभिन पुग्छ र पृथ्वीबाट कोही पनि लोप हुनु राम्रो नभएको डायनासोर बताउँछ । ‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने ?' मानिस अप्नै व्यवहारको कारण लोप हुन सक्ने प्रति चिन्ता व्यक्त गर्छ । डायननासोर भन्छ, हाम्रो विनासको कारण उल्कापिण्ड… पुरा पढौ

जलवायु विश्व सम्मेलन : ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर सम्झौता अनुमोदन

जलवायु विश्व सम्मेलनमा विश्वका प्रमुख २० अर्थतन्त्र भएका नेताहरुले ठूला व्यवसायहरुको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । रोममा भइरहेको विश्वका प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरुले उक्च सम्झौतामा सहमति जनाएको बीबीसीले जनाएको छ । बहुराष्ट्रिय कम्पनीहरुले कम कर प्रावधानहरुको फाइदा उठाउँदै आप्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेको भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता आधिकारिक रुपमा आइतबार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने समाचार… पुरा पढौ

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन : नेपाललाई क्षतिपूर्ति देउ

जलवायु परिवर्तनले नेपालका हिमालहरू पग्लँदै कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी, हिमतालहरू पग्लनुको साथै बेमौसमी वर्षा, खडेरी, पहिरोले देशको अर्थतन्त्रमै ठूलो असर देखिन थालेको छ ।  मनसुन सकिएपछि भएको  बेमौसमी वर्षाको कारण आएको बाढी, पहिरोको कारण नेपालमा यसै वर्ष एक सय भन्दा धेरैको मृत्यु भएको छ । धेरै नागरिकको घरबार उठेको छ । धनजनको क्षति पुगेको छ । कात्तिक महिनाको पहिलो हप्ता सम्म पानी पर्दा किसानले भित्र्याउन ठिक्क परेको धान डुबानमा पर्दा ठूलो क्षति पुगेको छ । मनसुन सकिएपछि… पुरा पढौ

रोकिएन मनसुन सकिएपछिको वर्षा : बिहीबार सम्म १ सय १ जनाको मृत्यु

मनसुन  सकिएपछि भइरहेको भारी वर्षा बिहीबार पनि रोकिएको छैन । बेमौसमी वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बिहीबार साँझ पनि पोखरा लगायत देशका विभिन्न स्थान वर्षा भइरहेको छ । बाढी पहिरोमा परी प्रदेश नम्बर १ मा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी १ सय १ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोमा… पुरा पढौ

बेमौसमी वर्षा : बाढी पहिरोबाट ३१ जनाको मृत्यु

बेमौसमी वर्षापछिको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार बिहान सम्म ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । बेमौसमी वर्षाले देशका विभिन्न स्थानका नागरिक बाढी पहिरोबाट विस्थापित भएका छन् । लगातारको वर्षासँगै आएको बाढी पहिरोको कारण प्रदेश १ मा २२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मनसुन बाहिरिनु अगाडी यस वर्ष मनसुन्जन्य घटनाबाट मुलुकभर १३६ जनाको मृत्यु भएको छ । ४५ जना बेपत्ता छन भने १४४… पुरा पढौ

नेपालबाट बारिरिन थाल्यो मनसुन : विशेष मनसुन बुलेटिन सहित

यस वर्षको मनुसन नेपालबाट बाहिरिन थालेको छ । मनसुन बाहिरिन लागे संगै ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागबाट नेपालको मनसुन बाहिरिन थालेको हो । औसत समय भन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मनसुनको वहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनुसन केही पछाडी सरेको हो । पुरा पढौ

हराउँदै चरा, माछा र जीवहरु

अमेरिकाको माछा र वन्यजन्तु संरक्षण निकायले हालै २३ प्रजातिका चरा, माछा र अन्य प्रजातिहरु लोप भएको घोषण गरेको छ । अब कहिल्यौ नदेखिने चरा, माछा र अन्य जीवहरु भन्दै बीबीसीले प्रसारण गरेको भिडियो समाचारमा लोप भएकामध्ये ११ प्रजातिका चरा, दुई प्रजातिका माछा, एउटा प्रजातिकाे चमेरो र एउटा प्रजातिकाे बिरुवा रहेको छ । हामी जीवहरुलाई लोपहुनबाट बचाउन आप्नो जीवन समर्पण गछौं । त्यसैले कुनै प्रजाति लोप भएको घोषण गर्नु पर्दा हामीले हार स्विकार गरेको जस्तै असहज हुने यूएस फीस एन्ड वाईल्ड… पुरा पढौ

जलवायु परिवर्तनको असर अध्ययन गर्न विश्वकै सबैभन्दा उच्च सगरमाथा क्षेत्रमा मौसम स्टेसन

पृथ्वी तात्ने क्रम बढे सँगै हिमालय क्षेत्रमा यसको असर तिब्रगतिमा पर्दै गएको छ । हिमालयमा हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी सुक्ने क्रम पनि उस्तै छ । विश्वले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको छ । अति वर्षाबाट भोग्नु पर्ने समस्या देखि सुक्खा, डढेलोका कारण विश्व समुदायले बेहोर्नु परेका दुःख पनि पछिल्ला वर्षहरूमा बढ्दो छ । यसै क्रममा नेशनल जियोग्राफी र रोलेक्सले हालै गरेको सगरमाथा अभियानमा नयाँ कीर्तिमानहरु कायम गरेको छ । सगरमाथा अभियानमा तीन नयाँ कीर्तिमान… पुरा पढौ