जलवायु-परिवर्तन

बेमौसमी वर्षा : बाढी पहिरोबाट ३१ जनाको मृत्यु

बेमौसमी वर्षापछिको बाढी पहिरोबाट ३१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार बिहान सम्म ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । बेमौसमी वर्षाले देशका विभिन्न स्थानका नागरिक बाढी पहिरोबाट विस्थापित भएका छन् । लगातारको वर्षासँगै आएको बाढी पहिरोको कारण प्रदेश १ मा २२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मनसुन बाहिरिनु अगाडी यस वर्ष मनसुन्जन्य घटनाबाट मुलुकभर १३६ जनाको मृत्यु भएको छ । ४५ जना बेपत्ता छन भने १४४… पुरा पढौ

नेपालबाट बारिरिन थाल्यो मनसुन : विशेष मनसुन बुलेटिन सहित

यस वर्षको मनुसन नेपालबाट बाहिरिन थालेको छ । मनसुन बाहिरिन लागे संगै ठूलो पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागबाट नेपालको मनसुन बाहिरिन थालेको हो । औसत समय भन्दा एक साता ढिलो गरी शुक्रबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मनसुनको वहिर्गमनको औसत २ अक्टोबर भए पनि यस वर्षको मनुसन केही पछाडी सरेको हो । पुरा पढौ

हराउँदै चरा, माछा र जीवहरु

अमेरिकाको माछा र वन्यजन्तु संरक्षण निकायले हालै २३ प्रजातिका चरा, माछा र अन्य प्रजातिहरु लोप भएको घोषण गरेको छ । अब कहिल्यौ नदेखिने चरा, माछा र अन्य जीवहरु भन्दै बीबीसीले प्रसारण गरेको भिडियो समाचारमा लोप भएकामध्ये ११ प्रजातिका चरा, दुई प्रजातिका माछा, एउटा प्रजातिकाे चमेरो र एउटा प्रजातिकाे बिरुवा रहेको छ । हामी जीवहरुलाई लोपहुनबाट बचाउन आप्नो जीवन समर्पण गछौं । त्यसैले कुनै प्रजाति लोप भएको घोषण गर्नु पर्दा हामीले हार स्विकार गरेको जस्तै असहज हुने यूएस फीस एन्ड वाईल्ड… पुरा पढौ

जलवायु परिवर्तनको असर अध्ययन गर्न विश्वकै सबैभन्दा उच्च सगरमाथा क्षेत्रमा मौसम स्टेसन

पृथ्वी तात्ने क्रम बढे सँगै हिमालय क्षेत्रमा यसको असर तिब्रगतिमा पर्दै गएको छ । हिमालयमा हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएका छन् । हिमनदी सुक्ने क्रम पनि उस्तै छ । विश्वले नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको छ । अति वर्षाबाट भोग्नु पर्ने समस्या देखि सुक्खा, डढेलोका कारण विश्व समुदायले बेहोर्नु परेका दुःख पनि पछिल्ला वर्षहरूमा बढ्दो छ । यसै क्रममा नेशनल जियोग्राफी र रोलेक्सले हालै गरेको सगरमाथा अभियानमा नयाँ कीर्तिमानहरु कायम गरेको छ । सगरमाथा अभियानमा तीन नयाँ कीर्तिमान… पुरा पढौ

राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री : जलवायु संकट समाधानको दिशामा ब्रेक थुरु हुनु पर्छ

परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रसंघको महासभामा बोल्दै आगामी नोभेम्बर महिनामा हुने जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी सम्मेलनमा कोपा—२६ सम्मेलन जलवायु संकट समाधानको दिशामा ब्रेक थुरु हुनु पर्ने बताएका छन् । संंयुक्त राष्ट्र संघको ७६ औं महासभालाई उनले सम्बोधन गर्दै यसो भनेका हुन् । सम्मेलनमा विश्व तापमानलाई १।५ मा सीमित गर्ने विषयमा छलफल हुने छ । महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले विकोसोन्मुख मुलुकलाई अनुकूलन कार्यक्रम सञ्चालन गर्नका लागि आर्थिक र प्राविधिक सहयोग हुनुपर्ने बताए । सो सम्मेनमा नेपादबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी… पुरा पढौ

बिस्तारै उठ्दै छ बाढीले क्षतविक्षत बनाएको मनाङ

हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको छ । मस्र्याङ्दी नदीमा आएको बाढी र पहिराले मनाङको मेरुदण्ड मानिने डुम्रे–बँेसीशहर–चामे सडकखण्ड पूर्णरुपमा क्षति पुगेको छ । बाढीपहिराले क्षति पु¥याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन् । केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ… पुरा पढौ

जलवायु परिवर्तनको जोखिमलाई कम गर्न पुनरूत्थान कार्यक्रम

सरकारले जलवायु परिवर्तनबाट जनजीवनमा परेको जोखिमलाई न्यूनीकरण गर्न जलवायु अनुकूलन, न्यूनीकरण र पुनरूत्थान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि संशोधित बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा सङ्घीय संसद्मा वक्तव्य दिँदै जलवायुमैत्री, दिगो, दरिलो र समावेशी हुनेगरी विकास आयोजना र कार्यक्रमहरू कार्यान्वयन गरिने जानकारी गराउनुभयो । यसगरी काठमाडाँ उपत्यकालगायतका शहरी क्षेत्रमा जनस्वास्थ्य तथा स्वच्छ वातावरण कायम गर्न खुला स्थानको प्रबन्ध गरिने बजेट बक्तव्यमा उल्लेख छ… पुरा पढौ

जलवायु परिवर्तनको असर सामना गर्न कठिन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उहाँले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ ।” औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नुपरेको… पुरा पढौ

कोप–२६ : हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर नेपालको प्राथमिक मुद्दा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले तुलनात्मक रुपमा बढी असर पारेकोलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र सो क्षेत्रको पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव नेपालको प्राथमिकताको विषय हुनेछ । नेपालको संवेदनशील भूवनोटका कारण जलवायु परिवर्तनको जोखिम पनि बढ्दो छ । विश्व तापमानमा एक डिग्री सेल्सियस वृद्धि हुँदा नेपालको हिमाली क्षेत्रमा… पुरा पढौ

हिमालय क्षेत्रहरु जलवायु संकटको उच्च जोखिममा

बेइजिङ: तिब्र रुप फैलिइरहेको जलवायु परिवर्तनका कारण चीनको छिङहाई क्षेत्रमा अवस्थित तिब्बतीयन प्लेटो क्षेत्र जलवायु संकटको उच्च जोखिममा रहेको वैज्ञानिकहरुले बताएका छन् । उक्त क्षेत्रको अध्ययनपछि फर्किएको चिनियाँ वैज्ञानिकको टोलीले तिब्बतीयन प्लेटो क्षेत्रमा जलवायु संकटको जोखिम उच्च रहेको बताएका हुन् । तिब्बतीयन प्लेटो चीनको दुर्गम उत्तरपश्चिम क्षेत्र (तिब्बतको छिङहाइ-गान्सु), नेपालको उत्तरी (हिमाली) क्षेत्र, भारतको लद्धाखदेखि पश्चिमी क्षेत्र, भुटान, पश्चिम ताजकिस्तान र दक्षिण किर्गिस्तानसम्म फैलिएको छ । वैज्ञानिकहरुले तिब्बतीयन प्लेट फैलिएको पूर्वी, मध्य र दक्षिण एसिया क्षेत्र जलवायु संकटको उच्च जोखिममा… पुरा पढौ