जलवायु-परिवर्तन

अधिकारमा आधारित संरक्षणको माग

पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण र समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा लो— घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङका अध्यक्ष लोप्साङ छोम्पेल बिस्टले आदिवासी जनजातिले परापूर्वकालदेखि नै प्रकृति, वन्यजन्तु, वनस्पति र वातावरण संरक्षणमा योगदान दिएको बताउँदै यसैमा आधारित भएर संरक्षणको नीति नियम र कानुन बन्नु पर्ने जोड दिए ।  मुस्ताङको लोमान्थाङ क्षेत्रका आदिवासी ३५ सय वर्ष अघि देखि बस्दै आएको आफ्नै परम्परागत संस्कृति अनुसार नै… पुरा पढौ

यसरी बन्यो विश्वकै कम उचाईमा कफुचे हिमताल ताल

सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा विस्तारै हिउँ पग्लिँदै गएर हिउँ ताल बनेको छ । नेपालमा ४ हजार ५ सय मिटरमाथि मात्रै हिमताल भेटिए पनि यो ताल भने २४ सय ५० मिटरको उचाइमा रहेको छ ।   विश्वमा कम उचाइँमा हिमताल धेरै छन् । कफुचे हिमताल ७ हजार मिटर माथीको हिमाली क्षेत्रबाट खसेर बनेको विश्वकै कम उचाइँमा बनेको हिमताल रहेको दावी गरिएको छ । स्थानीय गुरुङ भाषामा ‘क’… पुरा पढौ

नेपालका संरक्षणकर्मी आचार्य भारतमा पुरस्कृत

भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा एला फाउन्डेसनले नेपालको लाटोकोसेरो संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै लाटोकोसेरो उत्सवमा पुरस्कृत तथा सम्मान गरेको हो । संरक्षण उत्सवमा आचार्य सहित अन्य तीन जना अनुसन्धानकर्ता, संरक्षणकर्ता र संस्था पनि पुरस्कृत भएका छन् ।   तीन दर्शक देखि वन्यजन्तु संरक्षण र अनुसन्धानमा क्रियाशील संरक्षणकर्मी आचार्य यस अघि एसियाका सय उत्कृष्ट साइँटिष्टमा परेका थिए । एसियन साइँटिष्ट नामक पत्रिकाले प्रकाशित गरेको एसियाका उत्कृष्ट सय… पुरा पढौ

जेन जी आन्दोलनमा देशभर फैलिएको कालो बादल

पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय सबै सरकारी कार्यालय जलाए ।  राष्ट्रपति कार्यालय, सिंहदरवार , संसद भवन, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत लगायत अधिकांश सरकारी कार्यालय प्रदर्शनकारीले जलाए । निजी व्यवसायीका व्यापारिक केन्द्र, पर्यटक बसिरहेका होटेल समेत प्रदर्शनकारीले जलाए । काठमाडौंमा सल्किएको आगोको झिल्को पोखरा, भरतपुर लगायत देशभर फैलियो । पोखराका पर्यटकीय होटलमा प्रदर्शनकारीले आगजनी गर्दा पर्यटकहरुले भागेर ज्यान जोगाउनु पर्ने अवस्था आइलाग्यो । भदौ २३ गतेको जेन… पुरा पढौ

हिन्दूकुश हिमालय संसदीय बैठक काठमाडौंमा

हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि हुन लागेको ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ सुरु भएको हो । हिन्दूकुश क्षेत्रका मुुलुकका संसद्बीच नीति तथा कानुन निर्माण र दिगो विकासमा ज्ञान, सीप तथा नविन धारणालाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित सो बैठकको संयोजक सङ्घीय संसद्, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको छ । अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा हुने बैठकमा हिन्दूकुश हिमालय क्षेत्रका… पुरा पढौ

रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगार

 पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु भएको छ । पोखरा महानगरपालिका संगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपी को प्राविधिक सहयोगमा हरित रोजगार सिर्जना परियोजना अन्तर्गत दुई दिने आरयु फेष्ट सुरु भएको हो । फोहोरलाई खजना बनाउने मुलमन्त्र सहित गरिएको फेस्टिभलले पोखरा र देशकै हरित विकासकालागि एक नवीनतम प्रयासको रुपमा रहने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।… पुरा पढौ

बाँदरले मकै खाँदा हैरान किसानलाई कागुनोले दियो खुशी

पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले जसरी पनि मकै खाइदिने भएकाले केही किसानले त मकै नै लगाउन छाडेका थिए। तर अहिले भने काफलघारीका किसानमा कागुनाेले खुसी दिएकाे छ। कागुनाे बाँदरले नखाने भएकाेले मकैकाे विकल्पमा किसानले कागुनाे खेती गरेका थिए । कागुनाे उत्पादन राम्रो हुनुकाे साथै बाँदरले पनि नखनाएपछि किसानमा खुशी छाएकाे हाे । स्थानीय अम्बिका भण्डारीले आफ्नी आमाबाट सल्लाह पाएपछि २०७४ सालमा माइती गाउँबाट २ माना कागुनोको… पुरा पढौ

रसुवामा भोटेकोशीको कहर : पूर्व सूचना पाउँदा पनि ठूलाे क्षति

रसुवाको नेपाल चीन नाका क्षेत्रमा मंगलबार बिहान आएको भोटेकाशीको बाढीले ठूलो धनजनको क्षति पु¥याएको छ । रातको समयमा आएको बाढीले अकल्पनीय क्षति पु¥याएको हो । हालसम्म ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । २० जना अझै सम्पर्कविहीन रहेको पनि प्रहरीले जनाएको छ । हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेको जनाइएको छ । अहिले सम्म ५५ जनाका सकुशल उद्धार गरिएको पनि जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार रसुवा क्षेत्रमा भारी… पुरा पढौ

अत्याधिक गर्मीले स्वास्थ्यमा यस्तो पर्न सक्छ असर ?

यति बेलो गर्मी माैसम हो । बिहानै देखि चर्को घाम लाग्ने र खलखली पसिना आउने समस्या यति बेला सबैले झेल्दै आएका छाै । नेपालको हिमाली र पहाडी क्षेत्र भन्दा धेरै गर्मीको असर तराई क्षेत्रमा छ । अत्यधिक गर्मीले दिमागमा पार्ने असरबारे एक नयाँ रिपोर्टमा चासो देखाइएको छ। तातो मौसममा मानिसहरूले सोच्ने क्षमतामा कमी, एकाग्रता गुमाउने, वा मिजास परिवर्तन हुने स्वास्थ्य विज्ञले बताएका छन् । डाक्टर तारा पहरीका अनुसार  शरीरको तापक्रम नियन्त्रण गर्न कठिन हुँदा दिमागले ठीकसँग काम गर्न सक्दैन, जसले… पुरा पढौ

पानी खोज्दै भौतारिन्छन गाँबी भालु

गॉबी भालु—एशियाको एक दुर्लभ र संकटग्रस्त वन्यजन्तु हो । यो विश्वकै सबैभन्दा कठोर मरुभूमिहरूमध्ये एक, गॉबी मरुभूमिमा सकस पूर्ण रुपमा बाँचेका छन् । पछिल्लो तथ्यांकअनुसार, केवल ४० भन्दा कम गॉबी भालुहरू मात्र बाँकी रहेको बताइएका छ । पानीको अभावमा यी भालुहरू पानीको खोजीमा १६० किलोमिटर सम्म यात्रा गर्न बाध्य छन्। गॉबी मरुभूमि वर्षौंदेखि अत्यन्त सुक्खा तथा जलविहीन क्षेत्रको रूपमा चिनिन्छ। यसले गॉबी भालुहरूको जीवनलाई झनै कठोर बनाएको छ । यसले गर्दा उनीहरू जीवित रहनका लागि पानी, झाडीहरूमा उम्रिने जरा, बेरी,… पुरा पढौ