
पोखरा ः वर्षा मौसम सुरु संगै देशभर प्राकृतिक विपद्का घटना घटेका छन् । प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा नागरिकले ज्यान गुमाएका छन् । बस्ती, घर, पुलपुलेसाको क्षति भएको छ ।
बागलुङको बडिगाड गाउँमा मात्रै पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । एक जना अझै सम्पर्कविहीन छन् । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका ९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्नेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका छन् ।
पहिरोको कारण खानेपानी, विद्युत आफूति हुनसकेको छैन । स्थानीयले वर्षा अझै पनि नारोकीएको र गाउँका धेरै घर पहिरोको जोखिममा रहेकोले बस्ती छाड्नु परेको बताएका छन् । बस्ती नै जोखमिमा परेपछि स्थानीय आफ्नो घर छाड्न बाध्य छन् । विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिकस्थलमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले बताएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…