पोखराको छिनेडाँडाको बस्ती नजिकैका बाँस घारी, सिमलका रुखमा ठूलोबधुरा प्रजातिका चमेरा बाक्लै देखिन्थे । दिनभर बाँसघारी, रुखमा झुन्डिएर बस्ने साहकारी प्रजातिका चमेरा साँझपख आहारा (फलफूल) खोज्न उडान भर्थे । बिहानै फेरी त्यही आएर बस्थे । छिनेडाँडाको त्यस क्षेत्रमा दुई सय बढी संख्यामा चमेरा गणना गरिएको चमेराको अध्ययन गरिरहेका युवा सञ्जीव बानियाँ बताउँछन् । १० वर्ष अघि सम्म बाक्लै देखिने चमेरो अहिले भने त्यस क्षेत्रबाटै बसाइँ सराइ गरिसकेका छन् । चमेरा बस्ने रुख, बाँसघारी काटेर बस्ती बिस्तार भएपछि चमेरा अन्यत्र सर्न बाध्य भएको…
पुरा पढौ