फोटो

दाइँ राख्दै किसान

पोखराको बिरौटा फाँटमा बुधबार दाइँ राख्दै किसान । पछिल्लो समयमा गोरुको सट्टा ट्याक्टर र थ्रेसरको प्रयोग बढे पनि केही किसानले अझै पनि गोरुको प्रयोग गर्दै आएका छन् । तस्बिर : कृष्णमणि बराल पुरा पढौ

धान थन्क्याउने चटाराे

पोखराको बिरौटा फाँटमा धान थन्क्याउने क्रममा कुनियो लगाउँदै । पोखराको बिरौटा फाँटमा पोखरेली जेठोबुढो धान झुल्छ । पछिल्लो समयमा यहाँ कुनिया टुहुरा हुँदै गएका छन् । कुनियोको ठाउँ घरले लिदै जाँदा यो अवस्था आएको हो ।तस्बिर : कृष्णमणि बराल पुरा पढौ

पहिले ताल अहिले खेत

पहिले ताल अहिले खेत : पोखराको फेलातालको मुहान क्षेत्र पुरिएर बनेको जमिनमा रोपीएको धान । दश वर्ष अघि सम्म ताल रहेको यस क्षेत्र अहिले धान खेतमा परिणत भएको हो । फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रयान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। यसरी पुरिदै गएको ताल संरक्षणमा तीनै तहका सरकारको ध्यान गएको पाइदैन ।तस्बिर : कृष्णमणि बराल पुरा पढौ

लेकसाइड जोड्ने फेवा मार्गको रात्रीकालीन दृश्य

पोखराको लेकसाइड जोड्ने फेवा मार्गको नुवारथोक - जरेवर सडक खण्डको रात्रीकालीन दृश्य । कोरोनाको कारण लामो समय देखि सुनसान रहेको पर्यटकीय क्षेत्र लेकसाइड लकडाउन हटे संगै चलायमान हुन थालेको छ ।तस्बिर : कृष्णमणि बराल पुरा पढौ

पोखरामा सप्तरंगी टिका लगाएर पर्यटकले मनाएर तिहार

पोखरामा भाइटिका महोत्सव भएको छ । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा प्रत्येक वर्ष हुँदै आएको भाइटिका महोत्सव कोरोना संक्रमणका कारण दुई वर्ष पछि भएको हो । १४ औं भाइटिका महोत्सवमा ५ देशका २० विदेशी नागरिकले टिका ग्रहण गरेका छन् । पोखराको लेकसाइड स्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राहरुले विदेशी पर्यटकलाई टिका लगाइदिएका थिए । तिहारको अन्तिम दिन भाइटिकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । नेपाली संस्कृतिको… पुरा पढौ

कुमारी माछापुच्छ्रे : हिमाल एक रूप अनेक

पोखराको ब्राण्डको रूपमा परिचित माछापुच्छ्रे हिमाल विश्वकै सबैभन्दा सुन्दर हिमाल मध्ये एक हो। पोखरा हवाईदुरीबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमाल २५ किलोमिटर भित्रै पर्छन्। यसमा पनि माछापुच्छ्रे अझै नजिकको हिमाल हो। समुन्द्री सतह देखि ६,९९३ मिटर अग्लो माछापुच्छ्रेसँग सम्बन्धित थुप्रै गीतहरु पनि बनेका छन्l   माछाको पुच्छर जस्तो आकृतिको हिमाल भएकोले यो हिमालको नाम माछापुच्छ्रे रहन गएको हो। यहि हिमालमा कसैले बसिरहेको बाघ र कसैले पृथ्वीनारायण शाहको छायाँ देखेको पनि बताउछन्। ठ्याक्कै माछापुच्छ्रेको आकृतिको माछापुच्छ्रे हिमालको सुन्दरता तपाईँ पुम्दीकोट, पञ्चासे क्षेत्रबाट देख्न सक्नु… पुरा पढौ

मृतसागर मासिदै : संरक्षण र पर्यावरणबारे जनचेतना फैलाउन इन्स्टलेशन कला

मृतसागरको समुन्द्रीतट हराउँदै गएको छ । मृतसागरको समुन्द्री तटमा ठूला ठूला भ्वाङहरु पर्दै गएको छ । यसैले पछिल्लो समयमा समुन्द्र तट नै बन्द गरिएको छ । यसरी मृतसागर नै लोप हुने अवस्था आएपछि कलाकार स्पेन्सर टयुनिकले संरक्षण र पर्यावरणबारे जनचेतना फैलाउन लाइभ इन्स्टलेशन कलाको कार्यक्रम गरेका छन् । उनको कला कार्यक्रममा इजरेलमा सयौ मानिसले निर्वस्त्र भएर तस्बिर खिचाएका छन् । मृतसागरको तट मासिइरहेकोले बचाउन उनले गरेकाे इन्स्टलेशन कलाको कार्यक्रम विश्वका प्रमुख मिडियाले प्रथामिक्तामा राखेर उनको कला र मृतसागर संरक्षण बारे… पुरा पढौ

बेमौसमी वर्षाले तनावमा किसान (फाेटाे फिचर)

बेमौसमी वर्षाको कारण देशभर मानवीय, भौतिककाे साथै पशु चौपायामा पनि क्षति पुगेको छ । बाढी, पहिरो र डुबानका कारण देशभर यस्तो क्षति पुगेको हो । पहिरोको कारण सडक र हवाई यातायातसमेत प्रभावित भएका छन् । वर्षाको कारण विराटनगरको विमानस्थल डुबानमा परेपछि उडानहरू हुन सकेको छैन ।  बेमौसमी वर्षाको कारण धान खेतमा क्षति पुगेकाे छ । यसैले देशभरका किसान तनावमा परेका छन् । तराईमा काटेको, भित्रयाउन ठिक्क परेको धान डुबानमा परेपछि अन्नको भण्डारकाे रुपमा परिचिच क्षेत्रका किसान चिन्तामा छन् । देशभरका… पुरा पढौ

पोखरामा हिमाली बाख्रा (च्याङ्ग्रा) किन्नेको मेला (फोटो फिचर)

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरी दसैं सुरु हुन्छ । दसैंमा घर, घर वरपर सफा गरिन्छ । अरू बेलामा फुर्सद नभए पनि दसैंमा घरमा रङ् रोगन गरेर चिटिक्क पारिन्छ । पहिले पहिले पुराना नेपाली परम्परागत घरमा रातो माटोले लिपेर चिटिक्क पारिन्थ्यो । अहिले नयाँ कंक्रिट भवनले सहर बजारमा मात्र होइन गाउँमा समेत त्यो स्थान लिए छन् । दसैंमा मिठो, स्वादिलो खाने चलन पहिले देखिकै हो । यति बेला देशभरका बजारमा घुइँचो लागेका छन् । बजारमा मान्छेको घुइँचो… पुरा पढौ

विश्व अक्टोपस दिवस: अक्टोपसबारे रोचक तथ्य

मस्तिष्कका कोषहरू शरीरभरि फैलिएको अक्टोपस रमाइलो, जिज्ञासु र उपद्रवी जीव हो। जसका विशेषताले हामीलाई आश्चर्यमा पार्न सक्छ।दार्शनिक तथा स्कुबा डाइभर पिटर गडफ्रे स्मिफले आफ्नो अडियो पुस्तक अदर माइन्डस: द अक्टोपस एन्ड द इभोलुसन अफ इन्टेलिजेन्ट लाइफमा यसबारे रोचक विवरणहरू समेटेका छन्। यी अस्थिपञ्जरविहीन प्रजातिको जन्तुबारे केही रमाइला विवरण: १. मस्तिष्कको कोष 'हात'मा हुन्छ अक्टोपसको स्नायु प्रणाली ठूलो हुन्छ। औसत अक्टोपसमा ५० करोड मस्तिष्कका कोषहरू हुन्छन्। त्यसले उनीहरूको मस्तिष्कको शक्ति कुकुरजस्ता साना स्तनधारी जन्तु जत्तिकै हुन्छ। कुकुर, मानव र अरूभन्दा फरक… पुरा पढौ