मार्चे खर्कमा प्रत्येक श्रावण महिनाको पहिलो हप्ता चौँरीको रगत खाने मेला लाग्छ। यस समयमा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतलगायत थुप्रै जिल्लाका मानिसहरूको घुइँचो लाग्ने गर्छ। चौँरीको रगत खायो भने ग्यास्टिकलगायतका अन्य रोगहरू सन्चो हुन्छ भन्ने जनविश्वास छ। चौँरी (याक)ले विषादी भएको खानेकुरा खाँदैनन् र लेकको जडीबुटी खाएर स्वस्थ भएकोले यिनको रगत राम्रो हुन्छ भन्ने विश्वास गरिन्छ। थकाली भाषामा चौँरीको रगत खाने परम्परालाई ‘प्रियकाथुङब’ भनिन्छ, ‘प्रिय’ अर्थात् चौँरी, ‘का’ अर्थ रगत र ‘थुङब’ अर्थ पिउने हो । एउटा वयस्क भाले चौँरीबाट ३०…
पुरा पढौ