फोटो

सोलुखुम्बुमा सगरमाथा मात्रै छैन, यी सुन्दर तस्बिरहरूले त्यसै भन्छन्

सन् १९५३ मा पहिलोपल्ट  सगरमाथाको सफल आरोहण भएपछि यो क्षेत्र विश्वमा चर्चित बन्यो। सोलुखुम्बु जिल्ला भन्ने बित्तिकै धेरैको मानसपटलमा आउने नाम हो सगरमाथा हिमालl तर के यो जिल्लामा सगरमाथा हिमाल मात्रै छ त ? होइन पटक्कै होइन।  तर अरू सबै हिमाल ओझेलमा परेका मात्र हुन्। वर्षेनी हजारौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने यस क्षेत्रमा सन् १९७६ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज देशकै पहिलो विश्व सम्पदा सूचिमा सूचीकृत राष्ट्रिय निकुञ्ज हो। प्रदेश नं. १ को यो निकुञ्ज २ हजार… पुरा पढौ

स्वर्गकी अप्सरा पाताल झरेपछि !

नेपालको  सबै भन्दा ठुलो ताल l रारा ताल l मुगु जिल्लामा रहेको यो तालको सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले विस २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेका थिए। रारा तालको कुल क्षेत्रफल १०.८ वर्ग किलोमिटर छ। सुन्दर हुँदा  हुँदै पनि टाढा भएकोले सोचेजति पर्यटकहरू तान्न सकेको छैनl हवाईजहाजबाट ताल्चा विमानस्थल हुँदै  वा मोटर बाटोबाट रारा तालको मुख्य प्रवेश द्वार सल्लेरी पुगे पश्चात  हिँडेर करिब ३० मिनेटमा रारा पुग्न सकिन्छl  कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड हेर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन।… पुरा पढौ

लकडाउनमा पोखरा : सुनसान सडकमा चराचुरुङ्गी र चौपाया

पोखरा : कोरोना नियन्त्रण गर्न पोखरा बैशाख १५ गतेदेखि लकडाउनमा छ । दोस्रो लहरको कोरोना संक्रमण दर तीब्र रुपमा बढिरहेको छ। मृत्यु त्रासमा मानिसका दैनिकी घरभित्रै सीमित भएका छन्। सडकमा अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन्। सामान्य अवस्थामा धुवाँ, धुलो उडाउँदै ध्वनी प्रदूषण गर्दै गुड्ने सवारी साधन यतिबेला ग्यारेजमा थन्किएका छन्। यसैले व्यस्त रहने पोखराका मुख्य सडक न्युरोड, पृथ्वीचोक, लेकसाइड र भित्री सडक र गल्ली सबै क्षेत्र सुनसान छ। सुनसान सडकमा चराचुरुङ्गी र चौपाया… पुरा पढौ

सुन्दर हिमाल, सुनसान पाेखरा

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि पोखरा दोस्रो लकडाउनमा छ । पोखरेली होम क्वारेन्टाइनमा छन् । बिहीबार राति पानी परेपछि धेरै जसो समय बादलले ढाकिने कुमारी माछापुच्छ्रे, अन्नपूर्ण हिमाल शुक्रबार बिहानै देखि हिमाल खुलेको छ । हिमाल खुलेपछि हिमालकाे सुन्दरता फेलातालमा पाेखिन्छ । पोखराबाट ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल अन्नपूर्ण प्रथम, धौलागिरी, मनास्लु देखिन्छन् । सुन्दर हिमालले विश्वभरका पर्यटकलाई पोखरा आउन वर्षेनी प्रेरित गर्छन् ।  सामान्य अवस्थामा यतिबेला पोखरा र पदयात्रा क्षेत्रमा पर्यटकको चहलपहल हुन्थ्यो। कोभिड–१९ का कारण… पुरा पढौ

चेरीले मनमोहक बन्यो बोन

जर्मन । बोन सहरमा अहिले वसन्त मौसम छाएको छ। वसन्तसँगै यहाँको पुरानो सहर आल्डस्टाडको भित्री बाटोहरूमा मन लोभ्याउने तरिकाले चेरीका बोटहरूमा ढकमक्क फूलहरू फुलेका छन्। मे महिनाको पहिलो/दोस्रो साता मान्छेहरूको घुइँचो हुन्छ। चेरीका बोटहरू जर्मनीको रैथाने बिरुवा होइनन्। जिल्लाको नवनिर्माणको क्रममा बोनको पुरानो सहरमा सन १९८० को दशकमा जापानी चेरीका बोटहरू रोपिएका थिए। रोपिएका चेरीले सहरलाई अर्को परिचय दिएका छन् l यहाँ हुने ‘चेरी फुल्ने महोत्सव’ले अन्तर्राष्ट्रिय ख्याति कमाई सकेको छl अरू बेला भन्दा चेरी फुल्ने समयमा बोनमा अन्तर्राष्ट्रिय आगन्तुकहरूको वृद्धि… पुरा पढौ

सन्तान हुर्काउन चराको मेहनत

यति बेला चराले गुँड बनाउने, अण्डा पार्ने समय हो । अलि ढिलो गुँड बनाउने प्रजातिका चराले आफ्नो सन्तान वृद्धि गर्न दाउरा, झिंजा खोजेर गुँड बनाउन मेहनत गरिरहेका छन् । कुनै प्रजातिका चराले गुँड बनाइसकेर अण्डा पारी सकेका छन् । कुनै प्रजातिका चरा बच्चा कोरलीसकेर चारा खुवाउन व्यस्त छन् । आफ्नो सन्तान हुर्काउनका लागि मान्छेले जस्तै चराले पनि उत्तिकै दुःख गर्दछन्। उनीहरूमा पनि आफ्ना सन्तानप्रति उत्तिकै माया, ममता हुन्छ । यस्ता दृश्य हामीले देख्दै पनि आएका छौँ । तर सिकारीले बच्चालाई चारा खोज्न… पुरा पढौ

जाऊँ है स्याङ्जाको रमाइलो गाउँ राङभाङ- भैंसेगौंडा

स्याङ्जा । गुरुङ र मगर समुदायको बाहुल्यता रहेको यो क्षेत्र प्राकृतिक रूपले पनि धनी छ । धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल  लगायतका हिमशृंखला आँखैमा ठोकिएला जस्तो गर्छन् ।  रतुवा, कालिज र लुइँचेको आवाज बिहान सहजै सुन्न सकिन्छ । यो भेगमा करिब ४२ प्रजातिका स्तनधारी, १४७ प्रजातिका चराहरू, ११३ प्रजातिका पुतलीहरू अभिलेख छन् । सो क्षेत्रमा नेपालमा मात्र पाइने काँडे भ्याकुर सहजै देख सकिन्छ ।  गाउँ आसपास   घाटु, सोरठी, कृष्ण चरित्र, भजन, झोरा  लगायतका संस्कृति अझै जीवित रहेको छ । करिब ८० फिट  गहिरो… पुरा पढौ

गिद्ध मर्दा सबै चिन्तित !

नवलपरासी, ८ वैशाख । पश्चिम नवलपरासीमाको  रामग्राम नगरपालिका ४, जितपुरमा गिद्धहरु मरेको अवस्थामा फेला परेका हुन्।पंक्षी संरक्षण संघको गिद्ध संरक्षण परियोजनाका अधिकृत देउबहादुर रानाका अनुसार ६७ वटा  गिद्धहरु मरेका अवस्थामा फेला परेका छन् । स्थानीय सुरेश यादवका अनुसार विष खुवाएर मरेको कुकुरको सिनो खाएका कारण यति ठूलो संख्यामा गिद्ध मरेको बताए । प्रकृतिको कुचिकार मानिने गिद्ध संरक्षणमा लागेका संरक्षणकर्मीलाई यो घटनाले ठूलो नोक्सान पुर्‍याएको छ। संरक्षणकर्मिहरुले उक्त घटनाको छिटो भन्दा छिटो छानबिन गरी कारबाही गर्न माग गरेका छन् l  पुरा पढौ

वायु प्रदूषण हटे पछिको पोखरा

वायु प्रदूषणको कारण करिब एक महिनादेखि लागेको तुवाँलो शनिबार पोखरामा ठूलाे वर्षा र हावाहुरी चलेपछि हटेको छ । पोखराको वायु शुक्रबार सम्म स्वास्थकालागि हानिकारक देखिएकोमा पानी परेपछि शनिबार साँझ सामान्यमा झरेको छ । शनिबार साँझ जल तथा मौसम विज्ञान कार्यालय पोखराको वायु गुणस्तर सूचकांकमा वायु गुणस्तर २९ देखिएको छ । यो सामान्य अवस्था हो । पानी परेर वायु प्रदूषण हटेपछि शनिबार साँझ पाेखराबाट देखिएकाे माछापुच्छ्रे हिमाल । यसै गरी पोखरा विश्वविद्यालयको वायु गुणस्तर सूचकांकमा शनिबार साँझ ६२ देखिएको छ ।… पुरा पढौ

काेराेना त्रासमा नयाँ वर्ष २०७८ लाई यसरी गरियाे स्वागत

पाेखरा: कोरोना भाइरसको त्रासमा नेपालीहरूले विक्रम संवत् २०७७ लाई बिदाई गर्दै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका छन्। नयाँ वर्ष मनाउन पाेखराका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । सङ्क्रमण बढ्दै गएकाले सरकारले २५ जनाभन्दा बढी सहभागी नहुन हालै निर्देशन दिए पनि पाेखराकाे तालबाराही मन्दिरमा दर्शन गर्नेकाे भिड लाग्याे । पाेखराकाे अन्य पर्यटकीय स्थलमा विश्वशान्ति स्तूपा , पाताले छाँगाे, विन्ध्यवासिनि मन्दिर लगायतमा पनि उस्तै भिड लागेकाे थियाे । नयाँ वर्ष २०७८ काे पहिलो दिन बुधबार पोखराको फेवातालको मध्यभागमा… पुरा पढौ