
जर्मन । बोन सहरमा अहिले वसन्त मौसम छाएको छ। वसन्तसँगै यहाँको पुरानो सहर आल्डस्टाडको भित्री बाटोहरूमा मन लोभ्याउने तरिकाले चेरीका बोटहरूमा ढकमक्क फूलहरू फुलेका छन्। मे महिनाको पहिलो/दोस्रो साता मान्छेहरूको घुइँचो हुन्छ।
चेरीका बोटहरू जर्मनीको रैथाने बिरुवा होइनन्। जिल्लाको नवनिर्माणको क्रममा बोनको पुरानो सहरमा सन १९८० को दशकमा जापानी चेरीका बोटहरू रोपिएका थिए। रोपिएका चेरीले सहरलाई अर्को परिचय दिएका छन् l यहाँ हुने ‘चेरी फुल्ने महोत्सव’ले अन्तर्राष्ट्रिय ख्याति कमाई सकेको छl
अरू बेला भन्दा चेरी फुल्ने समयमा बोनमा अन्तर्राष्ट्रिय आगन्तुकहरूको वृद्धि भएको पाइएको छ। विश्वभरका मानिसहरू, मुख्यतया चिनियाँ र जापानी पर्यटकहरू बोनको यो चेरी फुल्ने महोत्सवमा सहभागी हुन आउँछन्। यस महोत्सवले स्पेन, इटाली र नेदरल्याण्डस् बाट पनि धेरै आगन्तुकहरूलाई आकर्षित गरेको पाइएको छ।
सहरको स्वस्थ र सुन्दरता यस्तै चेरी जस्तै फूल फुल्ने बिरुवा रोपेर बढाउन सकिन्छ l यसको ज्वलन्त उदाहरण बोन सहरले प्रस्तुत गरेको छ । नेपालमा अव्यवस्थित सहरीकरण बढिरहेको अवस्थामा यसरी नयाँ सहरहरूमा यस्तै बिरुवाले भरिएको हरिया सहर बनाउन सकिन्छ ।
पुराना सहरहरूमा (जस्तै काठमाडौ उपत्यका) पनि यदि राम्रो योजना बनाउने हो भने प्राचीन सहर बोनको जस्तै सजिलै बाटाहरू हरिया र फूलले ढकमक्क पार्न सकिन्छ। यसले पर्यावरणलाई राम्रो बनाउने मात्र नभई आन्तरिक र बाह्य पर्यटनको सृजना पनि गर्न सकिन्छ। विदेशीको नक्कलमा मौलिकता विहीन छाता झुन्ड्याउनु भन्दा यस्ता वातावरण मैत्री सहर विकास तिर लाग्ने हो कि ?





( अमितकुमार बासुकला हेम्बर्ग विश्वविद्यालयमा विद्यावारिधि गर्दै छन् l उनी जलवायु परिवर्तन र समाज भन्ने प्रोजेक्टमा वातावरण मैत्री कृषि सबन्धमा शोध गर्दै छन् l )




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…