
नेपालमा गरिएको फोटो गोष्ठीमा उत्कृष्ट भएका फोटोहरूको घोषणा भएको छ l उक्त गोष्ठीमा ऋषि बरालको घाइते राज गोमन प्रथम, टियचसी फोटोग्राफीको मलाहा हुचील दोस्रो र प्रमोद न्यौपानेको बाटोमा हिँड्दै गरेको कछुवा तेस्रो भएको थियो l उनीहरूले क्रमशः २०, १५ र १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् l
उक्त फोटोहरूको मूल्याङ्कन समूहमा सोभाना उपाध्याय, सागर गिरि, डा. तुलसी सुबेदी र डा. उत्तम बाबु श्रेष्ठ रहेका थिएl यो कार्यक्रमको आयोजना सोसाईटी फर कन्जरभेसन् बायोलोजी नेपाल शाखाले गरेको थियो l ११९ जना सहभागीहरूको २१५ वटा फोटोहरू प्रतिस्पर्धामा थिएl जैविक विविधतामा चुनौती, मानव, संरक्षण र सह-अस्तित्व र प्रजाति,पर्यावरण र वातावरणिय सेवाहरु गरी समग्र कार्यक्रम तीनवटा थिममा आधारित थियोl
पब्लिक भोट, फोटोको गुणस्तर र त्यसले प्रवाह गर्ने सन्देशलाई मुख्य रूपमा मूल्याङ्कनको आधार बनाइएको थियो l सो अवधिमा डिजिटल फोटो सम्मेलनमा फोटोग्राफरहरुले फोटोको बारेमा चर्चा समेत गरेका थिएl सम्मेलनमा अमेरिका स्थित स्मिथसोनियन कन्जरभेशन वायोलोजी ईन्टिच्युटमा कार्यरत बाघ संरक्षणमा ख्याति प्राप्त नेपाली वैज्ञानिक डा. महेन्द्र श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्जका पुर्व संरक्षण अधिकृत तथा घडियाल गोही विज्ञ बेद बहादुर खड्काले मुख्य वक्ताको रुपमा प्रस्तुतिकरण दिएका थिए।
उक्त आयोजक संस्थाका अध्यक्ष डा. प्रकाश कुमार पौडेलले यो कार्यक्रमले संरक्षणको सन्देश प्रवाह गर्न सफल भएको र यो कार्यक्रमलाई नियमित गरिने बताए l हेर्नुहोस उत्कृष्ट तीन फोटोहरु

प्रमोद न्यौपाने








अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…