फोटो

ओशन फोटोग्राफर अफ द यीअर २०२१: माछाहरूले घेरिएको हरियो समुद्री कछुवा

ग्लास फिश भनिने साना माछाहरूले घेरिएको एउटा हरियो समुद्री कछुवाको तस्बिरका लागि एमी ज्यानलाई यस वर्षको ओशन फोटोग्राफर अफ यीअर घोषित गरिएको छ। उनले यो तस्बिर पश्चिम अस्ट्रेलियाको निङ्गलू रीफमा खिचेकी हुन्। ओशनोग्राफिक म्यागजीनले आयोजना गरेको उक्त प्रतियोगिताको उद्देश्य समुद्रको सौन्दर्य तथा समुद्रले खेप्नुपरेको जोखिम देखाउनु रहेको छ। हेन्ली स्पीअर्सले स्कटल्यान्डमा शेटल्यान्ड द्वीपनजिकै खिचेको पानीमा गोता हान्दै गरेको ग्यानट चराको तस्बिरले प्रतियोगितामा द्वितीय स्थान पायो । म्याटी स्मिथले खिचेको समुद्रबाट पहिलो पटक बाहिर जान लागेको हक्सबिल जातको कछुवाको बच्चा तस्बिर… पुरा पढौ

विवाहकालागि नेपाल र हिन्दु संस्कृति रोजेका विदेशी वरवधू (फोटो फिचर)

कोरोना संक्रमणको जोखिमलाई प्रवाह नगरी एक विदेशी जोडीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्न नेपाल र हिन्दु परम्परा रोजेका छन् ।  नेदरल्याण्डका वर र फिलिपिन्सकी वधूले विवाहकालागि  नेपाल र हिन्दु परम्परा रोजेका हुन् ।  नेदरल्याण्डका ३३ वर्षका विलियम जोन र फिलिपिन्सकी ३२ वर्षीया मारिना मेण्डोजाले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अस्ताम गाउँ रोजेका हुन् ।  माछापुच्छ्रे गाउँपालिकाको अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा स्थानीय गाउँलेलाई साची राखेर विलियम र मारिनाले सोमबार पञ्चेबाजा बजाएर हिन्दु परम्परा अनुसार… पुरा पढौ

पोखरामा यसरी मनाइयो तीज

तीजको दोस्रो दिन पोखरामा नेपालली हिन्दू महिलाहरुले व्रत वसी मन्दिरमा पुजा आजा गरी मनाएका छन् । कोभिड महामारी बावजुद पोखराका विभिन्न मन्दिरमा भगवान शिवको पूजा गर्न महिलाहरुको भिड लागेको छ । पोखराको फेवाताल किनार केदारेश्वर मन्दिरमा पूजा गर्ने र नाचगानमा पोखरेली दिदी बहिनी रमाएका छन् । पूजा आराधानाको साथै मन्दिर परिसरमा तिर्थालुहरुले नाचगान गरेर रमाएका हुन् । स्वास्थ्य मापदण्ड पालना गरी यसरी पोखरामा तीज मनाइयो । पाेखराकाे केदारेश्वर मन्दिरमा पूजा गरेर फर्कदै भक्तजन । पाेखराकाे केदारेश्वर मन्दिरमा पूजा गर्दै भक्तजन… पुरा पढौ

पहिरोले घर भत्कदा पोखरामा ५ जनाको ज्यान गयो, भलामको बस्ती जोखिममा

पोखरामा बुधबार रातिको अविरल वर्षापछि विभिन्न ठाउँमा गएको पहिरोले घर भत्कदा एकै परिवारकाे दुइ जना सहित ५ जनाको ज्यान गएकाे छ । मृत्यु हुनेमा ८ वर्षका बालक पनि छन् भने तीन वर्षका एक बालक बेपत्ता छन् । पोखरा २० भलामको महेन्द्र मावि माथीको वन क्षेत्रबाट आएको पहिरोले ४५ वर्षका कृष्ण श्रेष्ठको घर नै सोरेर लग्दा कृष्ण र उनकी ३५ वर्षीय श्रीमती सुनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पहिरोमा परी उनको तीन वर्षीय… पुरा पढौ

लन्डनमा नेपाली मेला

तमु धिं युके र नेपाली दूतावास लन्डनले संयुक्त आयोजनामा लन्डनमा नेपाली मेला भएकाे छ । आइतबार मध्यान्ह केम्पटन पार्कमा मेला भएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका थिए । गत महिना गोरखा कप २०२१ भव्य सम्पन्न गरे लगत्तै छोटो समयको अवधिमै दुईवटा ठूला कार्यक्रम गरेर तमु धिं युकेले अर्काे इतिहास बनाउन सफल भएको छ । उद्घाटन… पुरा पढौ

यसरी गरिएको थियो दाङमा चितुवाको उद्धार

आइतबार दिउँसो डिभिजन वन कार्यालय देउखुरी र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा डार्ट गरी चितुवा नियन्त्रणमा लिइएको छ। उक्त चितुवाले केही दिन पहिले मात्रै त्यहाँ एउटा बाख्राको खोरमा पसेर एकै रात नौं वटा बाख्राहरू मारेको थियो। चितुवाले निरन्तर रूपमा पशु चौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका थिए। उद्धार गरिएको  चितुवा घाइते समेत देखिएको हुँदा बाँके राष्ट्रिय निकुञ्जमा केही दिन राखेर उपचार पछि जङ्गलमा छोडिने भएको छ । तस्बिरमा हेर्नुहोस्, यसरी गरिएको थियो उद्धार l (चिरञ्जीवी खनाल अन्तर्राष्ट्रिय संरक्षण सङ्घअन्तर्गत… पुरा पढौ

भियतनाम युद्ध, बाँसको भाडाको भात अनि मेरो यात्रा

भियतनाम र अमेरिकाको युद्धको बारेमा धेरै सुनेको र पढेको थिएँ l त्यो देशमा जाने हुटहुटी पहिला देखि नै थियो l झन् ४ वर्षसम्म बस्ने मौका मिल्यो l राष्ट्रको जामा भौतिकवादी साम्यवादको, तर समाज र परिवारको आदर्शहरू र सिद्धान्तहरूमा 'पूर्वीय' पक्ष रहेको अनुभव रह्यो l मलाई असाध्यै सहज र प्रिय लाग्ने देश र समाज बन्यो l  ‘वाक हो’ (हो चि मिन्ह ) को देश भियतनामप्रति मेरो विशेष अनुराग पनि छ । जर्मनीको सङ्घीय खाद्य तथा कृषि मन्त्रालय/जोहान हेनरिक भोन थ्युनेन इन्स्टिच्युटको… पुरा पढौ

हर्पन खोलाको कटानले यसरी भत्कियाे चंखपुरकाे पुल र टहरा (फाेटाे फिचर)

फेवातालको मुख्य स्रोत हर्पन खोलाको कटानले पोखरा १८ चंखपुरको पुल र चारवटा व्यवसायिक टहरा भत्किएकाे छ । खाेलाकाे कटानले बस्ती जोखिममा परेको छ । भारी वर्षाकाे कारण खोलाको बहाव बढेपछि चंखपुरको पुल भत्काउनुकाे साथै खाेला बस्तीतर्फ सोझिएको हो।  पुल भत्किएपछि फेवा सिमसार नजिकैका वडा नम्बर १८,२२ र २३ जान स्थानीयकालागी समस्या परेकाे छ । पुल भत्केका कारण ताल किनारकाे पुम्दी तर्फ जान डेढ घण्टा बढी समय लाग्ने गरेकाे पाेखरा २२ की सरस्वती परियारले बताइन् । यसरी मुहानबाट हर्पन खाेलाले कमेराे,… पुरा पढौ

किन बनाउँछन् किरा फट्याङ्ग्राले पानीको फोका ? (फोटो फिचर)

किरा-फट्याङ्ग्राको तस्बिर खिच्न लागेको धेरै भएको छैन l यी साना संसारमा रमाउनेको तस्बिर खिच्दा पहिला-पहिला खासै चासो जागेन तर अहिले भने निकै रोचक लाग्न  थालेको छ l एक पटक तस्बिर खिच्दा यिनले मुखबाट सेतो रङ्गको बेलुनजस्तो आकार निकालेको देखेँ l मैले रोगी किरा हो कि भनिठानेँ l अरूले पनि त्यस्तै गरेको देख्न थालेपछि, पानीको फोका फुलाउनुको कारण खोज्न थालेँ। गुगल गरेर एकपटक हेर्ने विचार गरेँ l केही किराहरूले (जस्तै झिँगा, बारुला आदि) एउटा अचम्मको बानी थाहा पाइयो । उनीहरूले समय… पुरा पढौ

१५ फोटोमा लमजुङको भुजुङ गाउँ हेरौँ

लमजुङ जिल्लाको भुजुङ गाउँ गुरुङ समुदायको बाहुल्यता रहेको गाउँ हो l सदरमुकाम बेसीसहरबाट ३-४ घण्टामा जिपमा पुग्न सकिन्छ l बाटोमा पर्ने पर्यटकीय घले गाउँ देखि केही पर मात्र रहेको यो गाउँ गुरुङ संस्कृतिमा धनी मानिन्छ l यो ठुलो गुरुङ बस्ती पनि हो l यो गाउँमा होमस्टेको व्यवस्था पनि गरिएको छ l स्थानीय संस्कृति र प्रकृतिमा रमाउनेका लागि यो राम्रो गन्तव्य हो l लक डाउनपछिको लागि अहिले नै तयारी गर्नुहोस्  l अहिलेलाई भने भुजुङ गाउँ र वरपरका यी दृश्यहरू हेरौँl  पुरा पढौ