
कोरोना संक्रमणको जोखिमलाई प्रवाह नगरी एक विदेशी जोडीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्न नेपाल र हिन्दु परम्परा रोजेका छन् ।
नेदरल्याण्डका वर र फिलिपिन्सकी वधूले विवाहकालागि नेपाल र हिन्दु परम्परा रोजेका हुन् । नेदरल्याण्डका ३३ वर्षका विलियम जोन र फिलिपिन्सकी ३२ वर्षीया मारिना मेण्डोजाले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अस्ताम गाउँ रोजेका हुन् ।
माछापुच्छ्रे गाउँपालिकाको अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा स्थानीय गाउँलेलाई साची राखेर विलियम र मारिनाले सोमबार पञ्चेबाजा बजाएर हिन्दु परम्परा अनुसार विवाह गरे । विवाहकै लागि ५ महिना अघि नेपाल आएका यो जोडी भदौ ९ गते कास्की जिल्ला अदालतमा कोट म्यारिज गरेका थिए । दर्ताद्वारा विवाह(कोर्ट म्यारिज) पछि उनीहरूले हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । यस अघि उनिहरुले कास्की जिल्ला अदालतमा काेट म्यारीज गरेका थिए ।

विवाहकालागि अन्नपूर्ण इको भिलेजका सञ्चालकहरु र मारिनाकी नेपाली दिदी कमला घलेले सहयोगी भूमिका खेलका थिए । अन्नपूर्ण इको भिलेजमा स्थानीय गाउँलेलाई साची राखेर विलियम र मारिनाले पञ्चेबाजा बजाएर विवाह गरेका हुन् ।
विलियमले मारिनाको सिउँदोमा सिन्दूर लगाए । पण्डितले अब दुवै जना एक अर्काको सुख दुःखमा सहयात्री बनेर जीवन जिउने कसम खुवाए । विलियम र मारिनाले पनि अग्नीलाई साक्षी राखेर पालैपालो जीवन सँगै जिउने कसम खाए । बेहुलीले परम्परागत गुरुङ पोसाक चोली, घलेक, फरिया लगाएर घुम्टो ओढेकी थिइन् ।








हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…