फोटो

कोरोनाको दोस्रो लहर ! एकै दिन ८ को मृत्यु

कोरोनाको दोस्रो लहर सुर भएसंगै देश भर एकै दिन ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण दर पनि बढेको छ । कोरोना सक्रमण फैलने क्रम बेढेकोले सरकारले स्वास्थय मापदण्डमा रहन अनुरोध गरेको छ । गण्डकी प्रदेशमा  २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्की र तनहुँका १/१ संक्रमितको मृत्यु भएको सोमबार पुष्टि गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरुसहित ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा मृत्यु भएर सोमबार रिपोर्ट… पुरा पढौ

सहर झर्न थाले घाेरल र थार

पोखरा । हिमाली क्षेत्र आसपासका वनमा पाइने हिमाली घोरल र थार सहर पस्न थालेका छन् । वन्यजन्तु सहर पस्न थालेपछि डिभिजन वन कार्यालय कास्कीले उद्धार गरेर वनमा छाड्ने गरेकाे छ । पोखरा ३२ राजाको चौतारामा शनिबार स्थानीयले नयाँ प्रजातिका जनावर देखेपछि उद्धार गरेर डिभिजन वन कार्यालय कास्कीमा खवर गरेका थिए । डिभिजन वन कार्यालय कास्कीले सञ्चालनमा ल्याएको वाइल्ड एम्बुलेन्समा घोरललाई उद्धार गरेर ल्याइएको थियो । समुन्द्र सतहदेखि ३ सय मिटर उचाई देखि ३५ सय मिटर उचाई सम्म पाइने घोरल कास्की… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजनलाई

पोखरा अन्र्तराष्ट्रिय म्याराथनको उपाधि नेपाली सेनाका राजन रोकायाले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि आर्मीका रोकायाले जितेका हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पार गर्दै उपाधि जिते । बिजेता रोकायाले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । पोखरामा सम्पन्न १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जितेका नेपाल आर्मीका रोकाया लगायत पहिलाे दोश्रो र तेश्रो भएका… पुरा पढौ

यसरी हुन्छ मह सिकार

जङ्गली मौरी (भीर मौरी) चट्टानी भीरमा बस्ने गर्दछन् । आफूलाई सुरक्षित राख्न पहाडका भीरपाखा जङ्गली मौरीको रोजाइँ हुने गर्दछ । बाँदर लड्ने भीरमा महुरीले जम्मा गरेकाे मह पनि सिकारीले छाड्दैनन् ।   कास्कीको मादी गाउँपालिका ७ थाकको जंगलमा मह सिकार गर्दै । तस्बिरहरु : कृष्णमणि बराल त्यस्ता डरलाग्दो भीरमा मह सिकारी डोरीको भर्‍याङ्को सहायतामा मह सिकार गर्न मौरीसँग पौठेजोरी खेल्छन् । कास्कीको मादी गाउँपालिका ७ थाकको जंगलमा मसिरकाे तेस्रो साता मह सिकार गर्नेको मेला नै लाग्यो । थाक गाउँबाट २… पुरा पढौ

घाइते कालो चीललाई यसरी गरियो उद्धार (फोटो फिचर)

पोखरा ः घाइते भएर राम्रो संग उड्न नसक्ने अवस्थाको एउटा कालो चीललाई पोखरामा उद्धार गरिएको छ । पोखराको बैदाम स्थित बसन्त बैठकका गणेश पहारीले उड्न नसक्ने अवस्थाको चीललाई कागहरुले ठुगेको देखेपछि संरक्षणकर्मी कृष्णमणि बराललाई खवर गरेका थिए । बरालले चीलको उद्धार गरि जिल्ला वन कार्यालय कास्कीलाई खवर गरेका थिए । जिल्ला वन कार्यलयका कर्मचारी वन्यजन्तु उद्धार गर्न हालसालै संचालनमा आएको वाइल्डलाईफ एम्बुलेन्स सहित आएका थिए । उद्धार गरिएको चीललाई वन्यजन्तु उपचार केन्द लेखनाथमा राखिएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी… पुरा पढौ

सिमसार दिवस औपचारिकतामा सिमित

पाेखरा : २४ औं विश्व सिमसार दिवस पोखरामा औपचारिक कार्यक्रम गरि सिमसार क्षेत्रलाई सम्झना गरिएको छ । पोखराको फेवाताल किनार डेमसाइडमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्रालयको आयोजनामा मगलबार सिमसारको अवस्था र संरक्षणका विषयमा प्यानल बहस र वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले प्राधिकरण नै बनाएर सिमसार क्षेत्र संरक्षणकाे काम गरिरहेको सुनाए । ताल, पोखरी, कुवा, कुण्ड संरक्षणका काम भइरहेको उनले बताए । सिमसार संरक्षणमा नागरिकको पनि उतिकै दायित्व… पुरा पढौ

स्वदेशी पर्यटकले धानिएकाे प्याराग्लाइडिङ व्यवसाय

पाेखरा : कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन नै लगायो । लकडाउनको समयमा सबैभन्दा मारमा पर्यटन उद्योग पर्ने नै भयो । स्वदेशी र विदेशी पर्यटक आएर होटलमा बस्ने र खाने गरेमात्र चल्ने पर्यटन उद्योग संकटमा पर्ने नै भयो ।लकडाउन हटे लगतै पनि कोरोना कहरमा पर्यटक आउने कुरा भएन् । हवाई यात्रा सुचारु भए संगै पोखरामा प्याराग्लाइडिङको व्यवसायिक उडान सुरु भयो । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ गर्न आन्तरिक पर्यटकलाई आकर्षण गर्न छुट दिने निर्णय गर्‍याे ।… पुरा पढौ

बेगनासका किसानकाे दैनिकी

धान थन्क्याउने चटाराेमा बेगनासका किसान : पाेखरा ३१ बेगनासका किसान दाइँ राखिसकेपछि धान बाेकेर घरमा लग्दै । पृष्ठभूमीमा बेगनास ताल । पुरा पढौ

कालाे माछापुच्छ्रे हिमाल र सेताे गिद्ध

माछापुच्छ्रे हिमाल यति बेला कालापथ्थर जस्तै कालाे देखिएकाे छ । लामाे समय पानी नपरेकाेले पुस महिनाकाे दाेस्राे साता सम्म पनि हिमाली क्षेत्रमा हिउँ परेकाे छैन् । हाेचाे हिमाल माछापुच्छ्रे यति बेला अरु हिमाल भन्दा कालाे चट्टान जस्तै देखिएकाे हाे । ग्लोबल वार्मिंङकाे कारण ( विश्वमा तापक्रम बड्दै जाँदा) हिमालमा हिउँ पग्लदै गएकाे बिभिन्न अध्यन अनुसन्धानका रिपाेटहरु सार्वजनिक हुँदै अाएका छन् । पाेखराबाट कालाे चट्टान जस्तै देखिएकाे माछापुच्छ्रे हिमाल नजिकै भएर उडान भर्दै गरेकाे सेताे गिद्ध । तस्बिर : कृष्णमणि बराल… पुरा पढौ