
वायु प्रदूषणको कारण करिब एक महिनादेखि लागेको तुवाँलो शनिबार पोखरामा ठूलाे वर्षा र हावाहुरी चलेपछि हटेको छ । पोखराको वायु शुक्रबार सम्म स्वास्थकालागि हानिकारक देखिएकोमा पानी परेपछि शनिबार साँझ सामान्यमा झरेको छ । शनिबार साँझ जल तथा मौसम विज्ञान कार्यालय पोखराको वायु गुणस्तर सूचकांकमा वायु गुणस्तर २९ देखिएको छ । यो सामान्य अवस्था हो ।

यसै गरी पोखरा विश्वविद्यालयको वायु गुणस्तर सूचकांकमा शनिबार साँझ ६२ देखिएको छ । गण्डकी बोर्डिङ स्कूलको वायु गुणस्तर सूचकांकमा वायु गुणस्तर ८७ देखिएको छ । यो अवस्था पनि सामान्य मानिन्छ । वायुको गुणस्तर ५१ देखि १०० सम्म सामान्य मानिन्छ । १०१ देखि १५० सम्म संवेदनशील समूह मानिन्छ । यसै गरी १५१ देखि २०० सम्म अस्वस्थकर मानिन्छ । २०१ देखि ३०० सम्म धेरै अस्वस्थकर, ३०१ देखि ४०० सम्म खतरनाक मानिन्छ भने ४०१ देखि ५०० सम्म धेरै खतरनाक मानिन्छ ।

नयाँ वर्ष २०७८ को पहिलो दिन बैशाख १ गते पोखरा विश्वविद्यालयको वायु गुणस्तर सूचकांकमा वायु गुणस्तर २४ घण्टामा १८०, गण्डकी बोर्डिङ पोखराको वायु गुणस्तर सूचकांकमा वायु गुणस्तर १८२ देखिएको थियाे । बैशाख २ गते पनि वायुको गुणस्तर उस्तै अवस्थामा रहेको नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको अनलाइन एयर क्वालिटी मनिटरिङको रिपोटमा देखिएको थियाे ।
खराब वायुका कारण मानव स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिएकाे थियाे । पोखराको स्थानीले आँखा पोल्ने टाउको दुख्ने, टाउको झुम्म बनाउने समस्या देखिएको बताएका थिए । पोखरा ५ कि कमला गुरुङले वायु प्रदूषणको कारण आँखा पोल्ने र आँसु आइरहने गरेको सुनाएकी थिइन्। वायु प्रदूषणको कारण घाँटी दुख्ने, खकार जमेको जस्तो लाग्ने, नाक पोल्ने, चिलाउने जस्ता समस्या हुने विज्ञहरू बताउँछन् ।

प्रदूषित हावामा विभिन्न खालका हानिकारक ग्यास हुन्छन् । हाइड्रोजन क्लोराइड, कार्बन मोनो अक्साइड, ओजन, लिड, नाइट्रोजन डाइअक्साइड, सल्फर आइअक्साइड । यसले श्वासप्रश्वासमा कठिनाइ हुनुको साथै स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । फोक्सो, एलर्जी र मुटुका रोगका समस्या भएका व्यक्तिहरू बढी सजग रहनु पर्छ । लामो समय हिउँदे खडेरी परेकोले चैतमा देशैभर एकै दिन ५ सय बढी स्थानमा डढेलो लागेको थियो । अझै पनि डढेलो लाग्ने क्रम रोकिएको छैन ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…